काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या घटनाले मुलुक स्तब्ध बन्यो । देशैभर तरङ्ग पैदा ग¥यो की निर्मला पन्तजस्ता बालिकालाई किन सुरक्षा छैन ? सधैँ बलात्कार, हत्या, हिंसाको डरले कतिन्जेलसम्म महिला बाँच्ने यावत् प्रश्नले उत्तर खोजिरह्यो ।
निर्मला हत्याले अशान्त बन्यो कञ्चनपुर
निर्मलाको बलात्कारपछि हत्याको घटनाले सिङ्गो मुलुकको ध्यान कञ्चनपुरतिर तान्यो । पन्त परिवारलाई न्याय र मजबुत सुरक्षाको मागसहित भीमदत्त नगरवासीबाट शुरु भएको दबाबमूलक आन्दोलन मुलुकभर सल्कियो । एउटी बालिकामाथिको जघन्य अपराधपछि हत्या गरिएको शव उखुबारीमा फेला पर्दा अहिले पुरै राज्य संयन्त्रले सबै शक्ति लगाएको देखिन्छ । तर परिणाम भने शुन्य रहेको छ । हत्यामा संलग्नको आशंकाका कञ्चनपुर प्रहरीले १ सय २० जनालाई लिखित कागज गरेर छोड्यो भने ५० बढीलाई केरकारसमेत ग¥यो । कति निर्दोषले प्रहरीको हप्काई–दप्काई खानुप¥यो भने कत्तिले सामाजिक र मानसिक रुपमा तनाव झेल्नुप¥यो । कञ्चनपुरमा घटेको घटनाले प्रहरीलाई समेत सत्यतथ्य अनुसन्धान गर्न निरिह बनायो कारण के थियो र किन यस्तो भयो भन्ने बिषय अहिलेसम्म पनि बाहिर आएको छैन ।
बलात्कारका घटना दोहोरिरहे
निर्मला हत्याका वास्तविक अपराधीहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने माग सडक र सदनमा उठिरहे पनि वास्तविक अपराधिको नजिक प्रहरी प्रशासन पुग्न सकेको छैन । यतिमात्र होईन बलात्कारका घटनामा समेत कमि आएको देखिदैन । गत असार ३२ गते कञ्चनपुरको कृष्णपुर नगरपालिकाकी कविता विष्टलाई बलात्कारपछि हत्या गरी लालझाँडी जङ्गलमा शव फालिएको अवस्थामा भेटिएयता कञ्चनपुरमा मात्रै झण्डै एक दर्जन बलात्कारका घटनाहरु भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विष्ट हत्यामा संलग्न कष्णपुर नगरपालिकाकै मदन गिरी र भरत बोहरालाई पक्राउ गरी काबार्ही अघि बढायो । दुवै अभियुक्त हाल पुर्पक्षका लागि कञ्चनपुर कारागारमा रहेका छन् । विष्ट हत्याको एक सातापछि साउन ६ गते पुनर्वास नगरपालिकाकी १७ वर्षीया युवतीलाई सोही नगरपालिकाका २६ वर्षीय विकास बुढाले दोदा नदी छेउको उखुबारीसम्म पु¥याएर बलात्कार प्रयास गरेका थिए । ती युवती कराउँदै उखुबारीबाट भाग्न सफल भइन् । त्यसैगरी, साउन १० गते शुक्लाफाँटा नगरपालिका–८ का बिन्तरामी चौधरीले स्थानीय वृद्धालाई मध्यरातमा बलात्कार गरे । आफन्तबाटै बलात्कारको शिकार बनेकी वृद्धाले जाहेरी दिएको आधारमा अभियुक्त चौधरी पनि हाल पुर्पक्षका लागि कारागारमा छन् । सोही दिन दिउँसो भीमदत्त नगरपालिका उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या गरियो ।
बालिकाको चित्कार रहिरह्यो
हालसम्म पनि निर्मला प्रकरणले कञ्चनपुर अशान्त भइरहँदा बलात्कारका घटनाहरु दोहोरिरहेका छन् । निषेधाज्ञा जारी गरिएकै बेला साउन १९ गते भीमदत्तनगरपालिका–१० का ४० वर्षीय लक्ष्मीराम कोलीले पाँच वर्षीया बालिकालाई घरमा एक्लै भएको मौका छोपेर बलात्कारको प्रयास गरे । त्यसैगरी, कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–१ की १४ वर्षीया किशोरीलाई गाउँकै केही युवकले सामूहिक बलात्कारको प्रयास गरे । गाउँको नहर छेउमा मध्यरात स्थानीयवासी जनक खड्का र भानसिंह विष्टसहितको उक्त समूहले किशोरीलाई जबरजस्ती बलात्कार प्रयास गरेको थियो । उक्त घटनामा खड्का र विष्ट पक्राउ परेका छन् भने अन्य फरार रहेका छन् ।
गत भदौं २६ गते महाकाली नगरपालिकाका–४ का ४० वर्षीय आइते सुनारले सोही नगरपालिकाका १० वर्षीया बालिकालाई धानबारीमा लगेर जबरजस्ती करणी गर्न खोजेको प्रहरीको अभिलेख छ । वेदकोट नगरपालिका–१० मा पनि साउन महिनामै ५३ वर्षीय ध्वजराम कामीले झारफुक गर्ने बहानामा ५१ वर्षीया महिलाई बलात्कार प्रयास गरेका थिए । जिप्रका कञ्चनपुरका अनुसार पुनर्वास नगरपालिका–७ परासनका ३० वर्षीय नरेश राना पनि बलात्कार आरोपमा पक्राउ परेका छन् । भैंसी चराउन गएकी ३९ वर्षीया महिलालाई उखुबारीमा लगेर रानाले बलात्कार गर्न खोजेको प्रहरीको भनाइ छ । त्यसैगरी, गत भदौको तेस्रो साता बेल्डाँडी गाउँपालिका–२ का ५७ वर्षीय राजेन्द्र विष्ट पनि ६ वर्षीया बालिकामाथि बलात्कारको आरोपमा पक्राउ परेका छन् । बलात्कार, जबरजस्ती करणीका घटनाहरु बढिरहेकै बेला गत बिहीबार कृष्णपुर नगरपालिकामा विद्यालयमै ७ वर्षीया बालिकालाई १० वर्षीय बालकले बलात्कार प्रयास गरे । कञ्चनपुरमा निर्मला पन्त हत्याले उग्ररुप लिएकै बेलापनि बलात्कारका घटना घटेका छैनन् ।
यो पनि पढ्नुहोस्ः–