-मिना श्रेष्ठ ‘सविना’
साँझपख क्षितिजपारी घाम डुब्नैलाग्दा नीलो गगनले आफ्नो रंगपरिवर्तन गरिरहेको थियो
वर्षामासको त्यो अद्भूत दृश्यम आफैँ नियाल्दै थिएँनजिकैको मेरो फूलबारीकाअनगिन्ति फूलहरू कुनै मस्तजवानी भर्दै थिए कुनै फक्रेरझर्दै थिए
जीवनमरण जन्मसिद्ध छतर किन मर्छन् यी फूलहरूकुनै कोपिलामा समय नपुग्दैत कुनै चुँडिदिन्छन् दैत्य समानमान्छेहरूका हातले
प्रकृतिको अनौठो अनुपम यात्राऋतु परिवर्तनको दोमासेचक्रब्यूहहरूमा कहिले वर्षात्कहिले प्रचण्ड खडेरी,उराठ लाग्दो हावाहुँदै मुटु काम्ने माघका जाडोहरू कल्पनाकागहिराईमा एक्कासी पर्न थाले
मेरो कल्पना अझै गहिरिएर गयोमानव जिन्दगी अनि त्यो बगैँचाकोसुन्दर वैँश फुल्ने हलक्क हरियोबाह्रमासे फूल किन पहेँलो हुदैसुकेर ठिङ्ग उभिएको छ ?
आखिर वैँश सबैको उस्तै त होतर गहिरो चोट मेरो मन भित्रकोअझै शान्त हुन्न किन ?म कल्पनाको महासागरमा तैरिदैसोच्न बाध्य छु किन त्यो फूलकोकोपिला चुडे झैँ चुडी दिन्छन् तीनिर्मला लाई झैँ मान्छेहरू रु
साँझपख खेल्दै गर्दा निर्दयीलेनिर्मलालाई कसरी चुडे होलान्कहिल्यै नफर्किने गरि राक्षसहरुले ?
ए ! दानवहरू होएकचोटि सोच आफ्नै बैनीलाईत्यसैगरी लुट्दै आफ्नो उन्मादलाईपोखी हेर त जो निर्मला जस्तै फक्रीन नपाईतिमीहरूको शिकार बनोस् सक्छौ ?
प्रश्न माथि प्रश्न अनि जवाफ बिनाकालाखौं कल्पनाले मेरो मुटु छिया छियाहुँदै जान्छक्रुर आत्माका पुराना कथामैले धेरै पढेँ तर आजसम्मयति क्रूर आत्मा मानिसकाहुन्छन् त्यो पढ्न होइन देख्नपाएँ आफ्नै आँखा अगाडि
ए ! सरकार किन आमाकाकोखको सम्मान गर्न कानुनविधानमा लेखिदैन खुलेआमहिड्दै छन् हत्याराहरू ?बरू दया राखी अझै दुस्ख दे
हरेक आमा बन्ने नारी कोखमाप्रजनन होइन अब सिर्जना गर्ननसक्ने पाठेघरको प्रत्यारोपणगर्न बजेट विनियोजन गरी जहाँनारी जन्म नहुने मात्र पुरुषकोबस्ती बसाउन कोसिस गर
यदि पुरुषको साम्राज्य हो भनेकिन प्रजननको खाँचो होला यहाँयदि नारी खेलौना हो भने किनखेलकुदमा लाखौं लगानी गर्नेनारी नै प्रयोग गर सरकार
जनताका मौलिक हक अधिकारकेवल कागजमा सिमित हुन्छन् भनेती मिथ्या विधानको कुनै अर्थ छैनकहाँ लेखियो अपराधी लाई सजायत्यहीँ सिमित हुन्छ भने प्रशासन कानुनको कुनै औचित्य छैन
लाखौँ नारी आवाज आज निर्मलाकोहत्यारा फाँसी दे भन्दै किन सडकमा छन्जहाँ अबोध बालिकाको देह झुम्रो च्यातेझैँ च्यातियको छ खोइ लोकतन्त्र ?
सर्वनाश नै यदि लोकतन्त्र हो भनेलेख ती विधानमा होइन भने कानुनलेकिन खोज्दैन पत्ता लाग्दैन दोषी जो खुलेआमहिडिरहेका छन्
प्रश्नै प्रश्नको अगाडि म उभिनखोज्दै थिएँ
–विराटनगर