हुमाकान्त पोखरेलगुल्मी । एक विद्यालयले संचालन गरेको महायज्ञमा दलितले मुलकर्ता भई पुजा गरेका छन् । तम्घास माध्यमिक विद्यालय रेसुङ्गा नगरपालिका ८ गुल्मीले संचालन गरेको महायज्ञमा स्थानीय नारायण सुनारले मुलकर्ता छन् । महायज्ञको सातौँ दिन दलितहरुले मुख्य मण्डपमै गैरदलितसंग संगै बसेर पुजा गरे । सुनार आफूले पुजा मात्रै गरेनन्, समग्र जातिय भेदभादविद्ध समाजलाई चुनौति पनि दिए । महायज्ञ मुल समारोह समितिका संयोजक समेत रहेका सुनारले यो सहजताको अनुमान पहिले गरेका थिएनन् । तर सफल भएकोमा खुसी छन् । ‘समुदायमा अग्रगामी काम सफल पारेर देखाएका छौ’ सुनारले भने, ‘चुनौति थिए, बिस्तारै निकास आयो ।’ यहाँको दृश्यले केहि ब्राह्मण तथा अन्य जातिका मानिसलाई मनमनै पोलेको भएपनि धेरैलाई परिवर्तकारी भावना जागृत गराएको दलित नेता समेत रहेका सुनारको दाबी छ ।
देशमै उदाहरणीय काममहायज्ञको उद्घाटन गर्न पुगेका ५ नं प्रदेशका सांसद तथा बिशेषाधिकार समितिका संयोजक कमलराज श्रेष्ठले यज्ञमण्डपमा दलित र गैरदलितबिचमा देखिएको सम्बन्ध र समानता देशमै उदाहरणीय भएको बताए । महायज्ञको समापन गर्दै कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले छुवाछुत अन्त्यका लागि विद्यालय र महायज्ञमा देखिएको परिवर्तनको भावनाले आफु पनि प्रभावित भएको बताए । कार्यक्रममा बोल्दै रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले विद्यालयले महायज्ञ मार्फत जातिय छुवाछुतका बिरुद्धको यो कदम धेरैको सिकाईको बिषय भएको उल्लेख गरे । साथै नगरपालिकाले पनि आगामी दिनमा यस्ता कार्यक्रममा जोड दिने मेयर भुषालको प्रतिवद्धता छ ।
दलित भित्र ठूलो विभेदजातिय छुवाछुतको एउटा समस्या दलित भित्रै पनि छ । जहाँ विक, परियार वा त्यो समुदायले गन्दर्भ समुदायलाई अझै विभेद गरेका उदाहरण हाम्रो समाजमा छन् । त्यहि मानसिकता र प्रवृतिको अन्त्यका लागि महायज्ञमा विक अर्थात सुनार र परियारलाई संगै राखेर चौरासी पुजा गराइएको छ । ८१ बर्ष काटेका रेसुंगा नगरपालिका ९ की इन्द्रकला सुनार र सिता परियारको चौरासी पुजा गराइएको महायज्ञ मुल समारोह समितिका महासचिव तथा विद्यालयका प्रध्यानाध्यापक राममणी पन्थीले बताए । राम्रो परिवारमा चौरासी गर्दा तीन÷चार लाख लाग्छ । तर विद्यालयले महायज्ञमा पाँच हजारको रसिद काटेर वृद्धा दलित आमाहरुको चौरासी गराइएको उनले बताए ।
२० दलितद्धारा ग्रहशान्तिसमितिले एक जनाको चौरासी गरेको १५ हजार मुल्य कायम गरेको थियो । तर उनीहरुको आर्थिक अवस्था हेरेर १० हजार छुटमा चौरासी पनि क्रान्तिकारी नै गरिदिएको प्रध्यानाध्यापक पन्थीले बताए । महायज्ञ अवधिभर २० जना दलितले ग्रहशान्ति, बास्तु, रुद्री तथा लक्ष्यवर्ति पूजा गराएको विद्यालयले जनाएको छ ।
इन्जिनियर समुहको सर्वोउत्कृष्ट सहयोगकृषी प्राविधिक शिक्षा संचालनसंगै स्मार्ट विद्यालय बनाउन ३० भदौबाट संचालन भएको महायज्ञमा भागवत मधुकर पण्डित पुरुषोतम शरण शास्त्रीले कथा प्रवचन गरेका थिए । महायज्ञमा सवैभन्दा बढि उपल्लो तम्घास इन्जिनियर समुहले तीन लाख एक हजार १५ रुपैयाँ सहयोग गरेका छन् । व्यक्तिमा सवैभन्दा बढि यमकान्त पाण्डेले एक लाख ३३ हजार रुपैयाँ बिद्यालयलाई प्रदान गरेको महायज्ञ प्रचार प्रसार समिति संयोजक मोहन प्रसाद पाण्डेले बताए ।उनका अनुसार रेसुंगा नगरपालिका ९ का वडाध्यक्ष तथा महायज्ञ मुल समारोह समिति संयोजक नारायण सुनारले एक लाख ११ हजार एक सय ११, सोहि स्थानका टोप बहादुर सुनारले एक लाख एक हजार एक सय ११ रुपैयाँ विद्यालयलाई प्रदान गरेको विद्यालयका लेखापाल हिमालय केशीले जानकारी दिए ।
फरक क्षमता भएका बिद्यार्थी पढाउने एकमात्र विद्यालयउपल्लो तम्घास मावि फरक क्षमता भएका विद्यार्थीहरुलाई अध्ययन गराउने जिल्लाकै पहिलो र एकमात्र विद्यालय हो । विद्यालयले २०५९ सालबाट बहिरा तथा सुस्त मनस्थिती भएका विद्यार्थीहरुलाई आवासीय व्यवस्था सहित अध्ययन गराईरहेको विद्यालयले जनाएको छ । अहिले ३२ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । २०५९ सालको पहिलो फरक क्षमता भएका पहिलो विद्यार्थी जिल्लाको बाँझकटेरीका गोविन्द अर्यालले कक्षा सोहि बिद्यालयमा आफु जस्ता विद्यार्थीलाई अध्यापन गराउँदै आएको विद्यालयका प्रध्यानाध्यापक राममणी पन्थीले बताए ।
विद्यार्थीहरुको व्यवस्थापनको लागि तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट प्रति महिना प्रति विद्यार्थी चार हजारका दरले वार्षिक रुपमा रकम आउने गरेको पन्थीले बताए । बच्चाहरुको अवस्था र उनीहरुको व्यवस्थापनमा सहयोग पुराउने उदेश्यले महायज्ञमा धान्याञ्चलमा संकलन भएको करिव सात मुरी धान भागवत मधुकर पण्डित पुरुषोतम शरण शास्त्रीले विद्यालयलाई नै हस्तान्तरण गरेका छन् ।
धार्मिक महायज्ञको लहर: स्कूलदेखी सरकारसम्मअहिले गुल्मीमा विभिन्न उदेश्य राखेर महायज्ञ गर्नेको लहर नै चलेको छ । यो महिनामा मात्रै जिल्लाका दुई विद्यालयले धार्मिक महोत्सव तथा महायज्ञको आयोजना गरेका छन् । त्यस्तै गत बर्षको फागुन महिनामा जिल्लाको धुर्कोट गाउँपालिकाले नै महायज्ञ सम्पन्न गरेको थियो । ऐतिहासिक धुर्कोट कोटको संरक्षणका लागि गरिएको महायज्ञमा एक करोड संकलन भएको थियो । उपल्लो तम्घास माध्यमिक विद्यालयले भर्खरै मात्र महायज्ञ सम्पन्न गरेको छ । धेरै दलित विद्यार्थीले अध्ययन गर्ने यो विद्यालय २०३१ सालमा स्थापना भएको हो । कृषी शिक्षा सहित स्मार्ट विद्यालय बनाउने लक्ष्यका साथ उपल्लो तम्घास माविले महायज्ञ संचालन ग¥यो । महायज्ञबाट ७८ लाख १५ हजार ७२ रुपैयाँ सहयोग पनि संकलन गरेको छ । त्यो संगै जातिय छुवाछुतले आक्रान्त नेपाली समाजमा उपल्लो तम्घास माविले नयाँ सन्देश समेत दिन सकेको छ ।