मिना बुढाथोकी सल्यान । सल्यानमा दाईले आप्mनै भाईको हत्या गरेका छन् । जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरमा बस्ने २१ वर्षीय केशरसिंह बुढाथोकीले आफ्नै भाइ १४ वर्षीय प्रकाश बुढाथोकीको हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भदौ १८ गते भाई प्रकाशले दाइ केशरसँग ५ सय रुपैयाँ मागेको तर दाईले सय रुपैयाँ मात्रै दिन खोज्दा दुबै भाई बिच विवाद भएपछि कुटपिटबाट हत्या भएको अनुसन्धान बाट खुल्न आएको ईन्सपेक्टर भानु शर्माले बताए ।
गएको भदौ १८ गते कोठामा प्रकाश मृत अवस्थामा फेला परेका थिए । शकास्पद अवस्थामा मृत भेटिएपछि प्रहरीले अनुसन्धान कार्यलाई अगाडि बढाएको थियो । प्रहरीको अनुसन्धानमा दाइ केशरले भाईको हत्या गरेको स्वीकार गरको खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले २२ दिन पछि आज घटनाको रहस्य खुलेको भन्दै पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
‘अभियुक्तले बयानमा भनेका छन् भाईले मसँग पाँचसय रुपैया मागेको थियोे, मैले सधै कति सताउछस् सय रुपैयाँ लैजा भन्दा विवाद भएको हो ।’ दुवैको विवाद हुँदा भाईले सुरुमा दाईको छातीमा हानेको त्यसपछि दाईले भाईको घाँटीमा दुईपटक हातले हानेर विस्तारमा लडाएको बयानमा उल्लेख गरिएको छ । ‘विस्तारमा भाई लडेपछि अब उसको ज्यान गयो, म फस्छु भनी टाइको पासो बनाई मारेर आत्महत्या गरे जस्तो बनाएको हुँ, उनले स्वीकार गरेका छन् ।
दुई दाजु भाईको झगडा हुँदा केशरकी श्रीमती दिपा वस्नेत (बुढाथोकी)ले छुटाउने प्रयास गरेको तर झगडा सामान्य होला भनी ध्यान नदिए भान्सा कोठामा खाना पकाउन गएकी थिइन् । सुत्ने कोठा भन्दा भान्सा कोठा अलिकती टाढा भएको र दिपाको देवरको हत्या प्रकरणमा अहिलेसम्म कुनै सलग्नता नदेखिएकोले उनलाई हाजिरी जमानीमा छोडिएको प्रहरीले जनायो ।
उनको पनि अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । अभियुक्त दाईलाई अहिले प्रहरी हिरासतमा राखिएको र अबको १÷२ दिनमा सबै फाइल सहित जिल्ला अदालत सल्यानमा पठाईने जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।