आनन्द गुरुङ
मनाङ । विभिन्न स्थानमा गएरको पहिरोबाट अवरुद्ध बेसिशहर–चामे सडक अझै सञ्चालनमा आउन सकेको छैन ।दुईहप्ता पहिले अबिरल वर्षासंगै आएको पहिरोका कारण अवरुद्ध बेसिशहर–चामे सडक अझै सञ्चालनमा आउन सकेकोे छैन । बेसिशहर–चामे सडक अन्र्तगत पर्ने लमजुङको अर्खलेबेसि, रामबजार र घोप्टेभिरमा पहिरोले सडक समेत बगाएको छ ।
सडक अवरुद्ध भएका कारण यात्रुहरुले ठूलो सास्ती भोग्नु परेको छ । अन्नपूर्ण पदमार्ग भएर मुस्ताङ हिंडेका पर्यटकहरुले समेत ठूलो समस्या भोग्नु परेको छ । बाटो अवरुद्ध भएपछि मनाङ जिल्लामा खाद्यन्नलगायत दैनिक उपभोग्य बस्तुको अभाव शुरु भएको नसो‘ङ गाउ‘पालिका प्रमुख चन्द्र घलेले बताउनुभयो । यातायात अवरुद्ध भएका कारण विकास निमार्णलगायत स्वास्थ्य उपचारमा समेत समस्या भएको गाउ‘पालिका प्रमुख घलेको भनाई छ ।
असोज र कार्तीक दुई महिना टुरिष्ट्र सिजन हो । अन्नपूर्ण पदमार्ग भएर थोरङलाघॉटी हुर्दै मुस्ताङको मुक्तीनाथ जाने, लार्के पास हुंदै गोरखाको सामा, साम्दो जाने र मनाङकै अन्य स्थानको अवलोकनका लागि दैनिक सयौंका संख्यामा पर्यटक आउन थालेका छन् । तर लामो समयदेखि यातायात अवरुद्ध भएका कारण खाद्यन्न लगायत दैनिक उपभोग्य बस्तु ढुवानी हुन सकेको छैन ।
बजारमा सामान अभाव हुन थालेको छ । घोडा वा मान्छैले बोकेर केही समान आयात भएपनि बजारभाउ आकाशिएको छ । पर्यटकको माग पूरागर्न समस्या उत्पन्न भएको मनाङ सदरमुकाम चामेका होटल व्यवसायी खरीमाया गुरुङको भनाई छ । उता सडक डिभिजन कार्यालय दमौलीका प्रमुख भानु जोशीले अवरुद्ध सडक खुलाउन काम भईरहेको र आगमी हप्तासम्ममा यातायात सुचारु हुने बताउनभयो ।
सडक डिभिजन कार्यालय दमौलीका प्रमुख भानु जोशीका अनुसार अर्खलेबेसी र घोप्टेभिर क्षेत्रमा चट्टान फोरी सडक निमार्ण गर्नुपर्ने भएकाले चट्टान फोर्ने कामको जिम्मा नेपाली सेनालाई दिएको पनि बताउन भयो । तर, धोप्टेभिर र अर्खलेबेसीमा पहिरोले सडक बगाएर चट्टानमा परिणत गरेको छ । उक्त बाटो निमार्ण गर्न चट्टाफोर्नका साथै पूल निमार्ण गर्नु पर्ने हुन्छ त्यसैले आगामी दशैं अघि सडक सञ्चालनमा आउने सम्भावना अत्यन्त कम देखिन्छ ।