हुमाकान्त पोखरेल
गुल्मी । गृहमन्त्री राम बहादुर थापा बादलले सरकारविरुद्ध घेराबन्दी गरिएको बताएका छन् । पछिल्लो समय देशमा घटेका केहि घटना र पात्र विशेषलाई केन्द्रबिन्दुमा राखि केहि तत्वहरुले सरकारलाई असफल बनाउने खेलमा लागेको बताए । लायन्स क्लव अफ काठमाडाैं लर्ड बुद्धले विश्व मुटु दिवस अवसरमा आयोजना गरेको दुई दिने निशुल्क बृहत स्वास्थ्य शिविरलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले यस्तो बताएका हुन् । ‘केहि ब्यक्ति र पार्टीहरुले सरकारलाई नियोचित रुपमा असफल बनाउने प्रयास गरिरहेका छन् ।’ गृहमन्त्री थापाले भने, ‘यसप्रति सरकाको गम्भिर ध्यानाकर्षण भएको छ ।’ सरकार बिरुद्ध घेराबन्दि भएपनि आफुहरुले सवैलाई न्यायको पहुँच स्थापित गर्न योजनाबद्ध रुपमा लागेको उनले बताए । न्याय दिलाउने पक्षमा प्रतिपक्षलाई सदनमा समेत बोल्न दिएकाले कुनै सार्वजनिक कार्यक्रममा नारा लगाउने र बिरोध जनाउने काम न्ययोचित भएको प्रतिक्रिया दिए । त्यसका साथै उनले ९५ प्रतिशत बलत्कारी सरकारको कब्जामा रहेको बताएका छन् । त्यो मध्ये सपाँच प्रतिशत अनुसन्धानकै प्रक्रियामा रहेको उनले बताए । यो देशमा निर्मला पन्त जस्ता धेरै बालिका बलाकृत भएकोले त्यसमा सरकार गम्भिर रहेको उनको भनाई छ । ‘स्वदेशमा निर्मला मात्रै नभएर बिदेशमा समेत नेपाली चेली बलात्कृत भएका छन्,’उनले भने,‘सरकार गम्भिर र प्रतिवद्ध छ ।’
५६ बर्षपछि जन्मथलोमा गृहमन्त्री
नेपाल सरकारका गृहमन्त्री राम बहादुर थापा ‘बादल’ ५६ बर्षपछि धर्मपत्नी नैनीकला थापासहित जन्मथलो फर्किएका छन् । थापा शनिबार विहान साढे ८ बजे आफ्नो जन्मथलो मुसिकोट नगरपालिका ३ वडागाउँ तल्लो दजाकोट पुगेका थिए । भेटमा उनले आफ्ना दाजुभाई, परिवारका सदस्य तथा आफन्तसंग भेटघाट गरि माया र आत्मियता साटेको मन्त्रीका छिमेकी तथा समाजसेवी हरि छन्तेलले बताए । करिव ४५ मिनेट बिताएका उनले आफुले पढेको पशुपति निमावि, गाउँ र बाल्कालको स्मरण गरेका थिए । सोहि अवसरमा मुसिकोट नगरपालिकाले थापालाई स्वागत गरेको थियो । अभिनन्दनपछि बोल्दै मन्त्री थापाले मुसिकोटमा इलाका प्रहरी चौकी स्थापना गर्ने र खानेपानीको समस्या समाधान गर्न पुर्ण प्रतिवद्ध रहेको बताएका थिए । उनले गाउँको भेटघाटलाई निरन्तरता दिने समेत बताए । शनिबार नै नेकपाको पार्टी कार्यालयमा पुगेर मन्त्री थापाले जीवराज आश्रितको तस्विरमा माल्र्यापण तथा कार्यकर्ता भेटघाट गरेका थिए ।
यस्तो छ गृहमन्त्रीको विगत
चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधित्व गर्ने माओवादी सभासद् ‘वादल’ माओवादी सचिवालय सदस्य एवं माओवादीमा सैन्य कौशलका सबैभन्दा प्रख्यात ब्यक्ति हुन् । ५३ वर्षीय वादल भारतीय लाहुरे कर्णबहादुर थापा र नन्दकुमारी थापाका छोरा हुन् । थापा इन्जिनिर पढ्न तात्कालीन सोभियत युनियन गएका थिए । नेपालबाट आइएस्सी एजी गरेर थापा नेपालमा जनवादी क्रान्ति सपना उनेर बीचमै छाडेर आए र लगत्तै भूमिगत राजनीतिमा होमिए । ०३७ देखि राजनीतिमा होमिएका थापा ०६३ साल सम्म भूमिगत रहे । माओवादी सरकार वार्ता टोलीको सदस्यको रूपमा दोस्रो वार्तामा उनी सार्वजनिक भएका हुन् ।
गृहमन्त्री थापा जनयुद्धको तयारीको क्रममा रोल्पामा लामो समयसम्म मात्र बसेनन्, जनयुद्ध थालनीका समयमा त्यसलाई नेतृत्व पनि प्रदान गरे । रोल्पा, रुकुम, पूर्वी नेपाल, पश्चिम नेपाल लगायतका क्षेत्रमा तत्कालिन समयमा उनी धेरै खटेका नेता थिए । पार्टीको पोलिटब्युरो सदस्यबाट साधारण सदस्यमा झरी पुन ः पोलिटब्युरोमा पुग्ने उनी पार्टीका एकमात्र नेता भएको पूर्व माओवादी स्रोतले जानकारी दिएको छ । जन्मथलो गुल्मी भएपनि उनको स्थायी घर भने भरतपुर महानगरपालिका १० नारायणटारमा छ । उहाँका १ छोरा र १ छोरी छन् । श्रीमती नैनकला महिला आयोगकी अध्यक्ष हुन् ।