–अनिता यात्री
म कतिखेर पग्लिएँतिम्रोसामु पत्तै भएननजरसँग नजर जुधेपछि होया, त्यो मनले यो मनलाईबुझेपछि हो,
म कतिखेर अग्लिएँसम्बन्धको पहाड बनेरतिम्रोसामु पत्तै भएन
म त अविरलबगिरहेथेँ आफ्नै रफ्तारमासुसाउँदै जिन्दगीका गीतहरुनदीको किनाराहरुमार, मिलाउँदै थिएँवनकी कोइलीसँगैसुरिलो भाकाहरु....
त्यतिबेलादेखि नैआफ्नो गन्तव्यको खोजीमानिस्किएकी यात्री मएक्कासी कसरी रोक्किएँतिम्रो सामु पत्तै भएनहरेक रात आउने सपनीलाई
सोध्न मन लाग्छप्रत्येक दिन झुल्किनेघामको लालीलाईसोध्न मन लाग्छवसन्तमा आएँ किशिशिरमा आएँबुझ्न मन लाग्छम कतिबेलाआएँ तिम्रो खुसी बनेरतिम्रो सामु पत्तै भएन
तर......म तिम्रो जीवनमाआइसकेको छुतिम्रो तक्दिर बनेरछाइसकेको छुअनौठो अनुभूति बनेरतिम्रा हरेक सुखदुःखकाअनगिन्ति घुम्तीहरुमाएक–एक पाइलाबढाइसकेको छु ।अनि तिमी चैँनेपथ्यबाट मात्रै
किन बजाउँछौआफ्नो पनको घुंङ्ग्रुर, पर्दा पछाडिबाटमात्रै किन चिहाउछौतिमी ?फगत रंगमञ्चमासजिएको एउटा कलाकारजस्तै भन त ?
म त साँच्चै भन्छुतिम्रो कसम ?आकाशको जून कसरीउदाउँछ त्यसरी नैखै कतिबेलाउदाएछु मतिम्रो सामु पत्तै भएन ।