काठमाडौं । सशस्त्र विद्रोहको अभ्यास गरिहेको नेत्रविक्रम चन्द विप्लव समूहले आर्थिक स्रोत कसरी जुटाइरहेको छ ? धेरैलाई चासो बनेको छ ।
विप्लव समूहका प्रवक्ता खड्बहादुर विश्वकर्मा (प्रकाण्ड) पक्राउलगत्तै फेला परेको एउटा डायरीमा विप्लवलाई चन्दा दिनेहरुको सूची फेला परेको छ । विप्लवका मुख्य आर्थिक सहयोगीको नाम भेटिएको सरकारी वकिलसँग रहेको डायरीमा उल्लेख भएअनुसार, अमर रायमाझीले ५ लाख, राजेश खड्काको जेम्स स्कुलले २० लाख दिएका छन् ।
काठमाडौं मेडिकल कलेजले १५ लाख, प्रसादी एकेडेमीले १० लाख, गीता रानाको ग्यालेक्सी स्कुलले १५ लाख, पेट्रोलियम ढुवानी व्यवसायी महासंघले ५ लाख, नाइटिंगेल स्कुलले ५ लाख, हेलि एभरेष्टले १० लाख, निर्माण व्यवसायी जयराम लामिछानेले १० लाख दिएको डायरीमा उल्लेख छ । त्यस्तै, सेभेन समिट टुर्स एण्ड ट्राभल्सले ५ लाख, औषधि माफिया विशाल पण्डितले ५ लाख, सुरेन्द्रबहादुर सिंहले १ करोड, ग्लोबल (बैंक वा समूह नखुलेको) २० लाख, नोबेल मेडिकल कलेजले १५ लाख, रामबहादुर धितालले १ लाख, क्यासिनो किङ किशोर सिलवालले १ करोड, युनाइटेड इन्स्योरेन्सका रविभक्त श्रेष्ठले २५ लाख, म्यानपावर व्यवसायी रघु पुरीले १५ लाख, सुरेन्द्र अधिकारीले १० लाख दिएका छन् ।
हेटौंडामा सञ्चालित चिनियाँ लगानीको शिवम् सिमेन्टले १५ लाख, मारुती सिमेन्टले ५ लाख, अनिल अग्रवालले ५, सोनापुर सिमेन्टले ३ लाख, घोराही सिमेन्टले ५ लाख, एनबी ग्रुपले ३ लाख, गोल्छा अर्गनाइजेशनले ३ लाख, बुटवल पावर कम्पनी लिमिटेडले १ लाख, ऋद्धिसिद्धि ज्वेलर्सले १ लाख, सुवास श्रेष्ठले १ लाख, निष्टका माधव बरालले ५ लाख, डाक्टर कनौडियाले १ लाख, सिर्जना राणाले १ लाख, रामेश्वर अर्यालले १ लाख, अपर तामाकोशीका विज्ञान श्रेष्ठले ५० हजार, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका सञ्जिवविक्रम राणाले ३ लाख दिएका छन् ।
यस्तो विवरण सुनेपछि गृहमन्त्री रामबहादुर थापा बादलले केही सुरक्षा अधिकारीको बीचमा टिप्पणी गरेका छन्, ‘श्रीमाननहरुले राजनीतिका नाममा जति ध्वंसात्मक क्रियाकलाप गरे पनि छुट दिने र मानवअधिकारवादीले पनि रेस्क्यु गरिरहने खतरा देखियो ।’