काठमाडौं । बाटिका इन्टरटेन्मेन्ट र जनता टेलिभिजनको संयुक्त आयोजनामा ‘मिस्टर एण्ड मिस नेपाल आइकन २०१८’को अडिसन सम्पन्न भएको छ देशैभरीका बिभिन्न कलेजमा अध्ययनरत १६ बर्ष देखि २८ बर्ष उमेर समुहका युवा युवतीहरुले यो प्रतिस्पर्धामा सहभागी भएका थिए ।
‘मिस्टर एण्ड मिस नेपाल आइकन २०१८’को पहिलो चरणको अडिसन धन्वन्तरी स्पोर्टस् सेन्टर हाडीगाउँमा र दोश्रो चरण अडिसन काठमाडौं बिजनेस पार्क, मसला कटेज लाउन्ज बारमा भएको थियो । पहिलो र दोश्रो चरणबाट भने १०/१० जना भाग्यमानी साबित भए । अडिसनमा बिभिन्न कलेजमा अध्ययनरत युवायुवतीहरु छनौट भएका छन् ।
ओरिएन्टेसन कक्षा असोज २२ गते हुनेछ भने दशै लगत्तै तालिम शुरु हुने बाटिका इन्टरटेन्मेन्टकी निर्देशक गोमा अधिकारीले जानकारी दिनुभयो । उनीहरुलाई प्रशिक्षणमा राखेर प्रतिस्पर्धीहरु चयन गरिनेछन् । प्रतिस्पर्धीहरुको भित्री र बाहिरी सुन्दरता हेरेर बिजेता चयन गरिने निर्देशक अधिकारीको भनाई छ ।
बिजेताले एक लाख नगदको साथमा स्मार्ट टिभी प्राप्त गर्नेछन् । बिजेता मध्येबाट नै २ जनाले अन्तराष्ट्रीय सौन्दर्य प्रतियोगितामा भाग लिने अवसर समेत पाउनेछन् । यस्तै ४ जनाले पेन्टागन कलेजमा बिबिएस र बिएसडब्लुमा पुर्ण छात्रवृत्ती प्राप्त गर्ने बाटिका नेपालकी निर्देशक गोमा अधिकारीले बताउनुभयो ।
कार्यक्रमको निर्णायकको रुपमा मिस नेपाल २००० एवं फेसन डिजाइनर उषा खड्गी, गायिका रेखा शाह, बाटिका इन्टरटेन्मेन्टकी निर्देशक, मिसेज हिमालयन २०१८, मिसेज एसिया प्यासेफिक २०१८ (मिडिया सोसल क्वीन) गोमा अधिकारी र वेलकम एडभर्टाइजिङ्ग एण्ड मार्केटीङ्ग सेल्स, मिडिया तथा बिजनेस डेभेलोपमेण्ट म्यानेजर बिपुला जोशी खनाल हुनुहुथ्यो ।