काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ३’ घटस्थापना यानिकी असोज २४ देखि देशब्यापी रुपमा पदर्शनमा आउँदैछ । चलचित्र बनाउन, प्रचारप्रसार र प्रदर्शन गर्न माहिर दीपक–दीपा र उनको टीमले अहिले चलचित्रको प्रचारप्रसारलाई ब्यापक बनाईरहेका छन् ।
सामाजिक सञ्जालमा हरेक दिन केहि न केहि फरक र रमाईलो किसिमका भिडियो राखेर प्रचारप्रसार गरिरहेको यो टीम अब सामाजिक सञ्जालको दायराभन्दा बाहिर निस्किएको छ । चलचित्रको टीम अब नेपालका चर्चित टेलिभिजन कार्यक्रमहरुमा चलचित्रको प्रचारप्रसार गरिरहेका छन् ।
‘छक्का पञ्जा ३’ चलचित्रको टीम नेपालको चर्चित रियालिटी शो ‘नेपाल आइडल’मा आजा साँझ देखिदैँ छन् । ‘नेपाल आइडल’मा दीपकराज गिरी र केदार प्रसाद घिमिरे पुगेका छन् भने अर्को चर्चित हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’मा दीपकराज गिरी र चलचित्र निर्देशक दीपाश्री निरौला पुगेका छन् ।
चलचित्रलाई प्रोमाशन गर्नलाई दुवै कार्यक्रम रेकर्ड भइसकेको छ । ‘नेपाल आइडल’ले त बुधबारदेखी प्रचारप्रसार नै थालिसकेको छ । यसैबिच चलचित्रका अन्य कलाकाहरु पनि प्रचारप्रसारको लागि बिभिन्न मिडियाहरुमा धाईरहेका छन् ।
दीपाश्री निरौलाको निर्देशनमा बनेको चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, केदार प्रसाद घिमिरे, प्रियंका कार्की, दीपिका प्रसाइँ, संजोग कोइराला, राजाराम पौडेल, किरण केसी, बर्षा राउत, स्वस्तिमा खड्का, लक्ष्मी गिरी, शारदा गिरी, रमेशरञ्जन झा, लगायतका कलाकारहरुको मुख्य भुमिका छ ।