बिना श्रेष्ठ काठमाडौं । नागार्जुन नगरपालिकाको प्रस्तुती तथा श्री आकाश भैरब रातोमाटे भ्यु टावर टोल बिकाश संस्थाको आयोजनामा शनिबार प्रथम हलचोक महोत्सब २०७५ भव्यताका साथ सम्पन्न गरेको छ ।
प्रमुख अथिति नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्दै काठमाडौंको नजिक रहेर पनि हलचोक नगरपालिका ओझेलमा परेको र यस्तो महोत्सब गर्नाले हलचोकको कला , संस्कृति, भाषा तथा भेषभुषा आदि बाहिर ल्याउनमा मद्दत मिल्ने बताउँदै आगामी दिनहरुमा पनि यस्तो महोत्सब हुनुपर्ने बताउनु भयो ।
त्यस्तै नागार्जुन नगरपालिकाका उपमेयर शुशिला अधिकारीको हातबाट स्थानीय मन्दिरमा लामो समयदेखि पुजा गर्दै आउनुभएका पुजारीहरु माईला पुतुवार, नरबहादुर पुतुवार र नारायण पुतुवारलाई उँहाहरुको योगदानको कदर गर्दै सम्मान गरियो ।
महोत्सबमा मुख्य आकर्षणको रुपमा विभिन्न फुडसलमा, फेस प्रिन्ट, चित्रकलालगायतका विभिन्न स्टलहरु राखिएको थियो । महोत्सबमा साँझ पाँच बजेबाट शुरु भएको सांस्कृतिक कार्यक्रममा चर्चित गायक धीरज राई, रवि रिमाल, गायिका प्राश्ना शाक्यलगायत स्थानीय कलाकारहरुको गायन तथा नृत्य प्रस्तुत गरिएको थियो ।
त्यसै चर्चित हाँस्यकलाकार पल्पसा डंगोल अर्थात चम्सुरीको कमेडी सो लगायत विभिन्न कल्चरको भेषभुषासहितको फेसन सो र आयोजक टिमका सदस्य संयुक्त स्थापितको कोरियोग्राफी रहेको क्याजुअल फेसन सो समेत रहेको थियो ।