पुष्पराज अधिकारी हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ का २२ वर्षीय नवीन घलेले फेसबुकमा स्ट्याटस पोष्ट गर्दै आत्महत्या गरेका छन् ।
फेसबुक चलाइरहेका उनले एकाएक युजर डेड, फर्गेट मी लेखे, त्यसैलाई प्रोफाइल बनाए र घर अगाडि झाडीमा आत्महत्या गरे । घलेको अप्रत्यासित आत्महत्याले परिवारजन गहिरो शोकमा परेका छन् ।
पारिवारिक स्रोतका अनुसार, एसएलसीसम्म अध्ययन गरेका घले पछिल्लो समय विदेश जान चाहन्थे । तर उनले हठात् यस्तो निर्णय गरे की, फेसबुकमा स्ट्याटस नै लेखेर आत्महत्या गरे ।
घलेको फेसबुक स्ट्याटसमा लगातार उनले असन्तुष्टि प्रकट गरेका छन् । उनले तस्बिरहरु पनि ब्लाक एण्ड ह्वाइट राखेका छन् । उनले मर्नुअघि लेखेका छन्, ‘मैलेजस्तो गल्ती कसैले नगर्नुहोला ।’
अभिभावकले ख्याल गर्नु पर्नेअसोज १४ गते चितवका निश्चल तामाङले फेसबुकमा लाइभ झुण्डिएर मरे । विदेशमा पनि यस्ता धेरै घटना भएका छन् । अभिभावकले ख्याल गर्नु पर्ने कुरा के हो भने, तपाईंको छोराछोरी फेसबुकमा कुन फंक्सनमा बढी लत बनाइरहेको छ ? उसले पोष्ट गरेका विषयहरु को प्रति लक्ष्यित छन् ? उसको संगति कस्तो छ ? बेलाबेला छोराछोरीको भावना बुझ्ने समय अभिभावकले निकाल्न जरुरी देखिएको छ । एकसातामा दुई युवाले फेसबुकमा लेखेर नै आत्महत्या गरेका विषयले अब अभिभावक सचेत हुनुपर्ने देखिएको छ, खासगरी फेसबुकमा सन्ततिले पोष्ट गरेका स्ट्याटस, श्यामश्वेत तस्बिरले गर्ने संकेत बुझ्न सकिएन भने यस्तै नियत अरु अभिभावकले पनि बुझ्न जरुरी छ ।
यो पनि पढ्नुहोस्ः
बियर पिउन बुबासँग पैसा मागेका निश्चलले गरे फेसबुकमा लाइभ आत्महत्या (भिडियोसहित)
https://45.77.241.73/2018/10/69690