काठमाडौं । जनता प्रसारण तथा प्रकाशन लिमिटेडका अध्यक्ष डा. विजयकुमार पौडेलले नेपालीको महान पर्व बडादशैँको आरम्भमा विश्वभर रहेका नेपाली समुदायमा शुभकामना व्यक्त गर्नु भएको छ ।
अध्यक्ष पौडेलले असत्यमाथि सत्यको जितको उत्सवका रुपमा मनाइने बडादशैँ सबै नेपालीको घर आँगनमा हर्ष र उमंगका रुपमा प्रस्तुत हुन सकोस् भनी शुभकामना व्यक्त गर्नु भएको हो ।
अशल पुस्तक प्रकाशन गृहबाट आरम्भ भएको जनता प्रसारण तथा प्रकाशन लिमिटेड प्रकाशन गृहका अलावा सामुदायिक अवधारणाको जनता टेलिभिजन र लोकप्रिय न्युजपोर्टल को जननी संस्था हो । अध्यक्ष पौडेलले दर्शक, स्रोता, पाठक, शुभेच्छुक, शेयर सदस्य, कर्मचारी र समस्त नेपालीजनमा शुभकामना व्यक्त गर्नु भएको छ ।
दशैँमा रेडियोअध्यक्ष पौडेलले बडादशैँको खुशीसँगै आफ्ना स्रोता, दर्शक, पाठक, शुभेच्छुकमा अर्को एउटा खुशी पनि थपिएको बताउनु भएको छ । ‘पुस्तक प्रकाशन, टेलिभिजन, www.janatasamachar.com पछि हामी रेडियो सञ्चालन आरम्भ गर्दछौँ,’ अध्यक्ष पौडेलले भन्नुभएको छ, ‘हामी व्यवस्थित र सफल सञ्चारगृहका रुपमा उपस्थिति जनाउँदैछौँ र केहीदिनभित्रै रेडियो जनता ८९.१ मेघाहर्ज सञ्चालनमा ल्याउँदैछौँ ।’ अध्यक्ष पौडेलले भन्नु भएको छ, ‘पुस्तक प्रकाशन, टेलिभिजन प्रसारण, अनलाइनसँगै डिजिटल संस्करण जस्तै रेडियो जनता ८९.१ मेघाहर्जले पनि उस्तै माया पाउने अपेक्षा गर्नु भएको छ ।