काठमाडौं । ‘मेरो साथ पनि’ को मतलब जुन महिलालाई कुनै पनि प्रकारको यौन शोषण भएको छ वा कुनै पुरुषको कारणले महिलालाई कार्यकक्ष वा ब्यक्तिगत ठाउँहरुमा असुरक्षाको महसुस भएको कुरालाई अगाडी नआइ मलाई पनि यस्तो भएको थियो भन्नु नै ‘मि टु’ हो । यस्तो घटना सन् २०१७ मा ह्यासट्याग दिएर अमेरिकामा भाइरल भएको यो ट्रेन्डले त्यहाँका शक्तिशाली मानिसहरुलाई पनि यौन शोषणाको आरोप लागेको थियो ।
तर भारतमा भने यसको सुरुवात बलिउडबाट सुरु भएको छ । अहिले बलिउडमा चारैतिर ‘मि टु’कै चर्चा छ । चर्चित सेलिब्रेटी, चिर परिचित र ठुला भनिएका ब्यक्तिहरु पनि यौन शोषणाको घटनामा मुछिएका छन् । अहिलेसम्म बलिउडमा यस्तो उत्पीडनको बारेमा कहिल्यै पनि सार्वजनिक भएको थिएन । आज हामी भारतमा यौन शोषण्को आरोप लागेको सेलिब्रेटीहरुको बारेमा जानकारी दिदैँछौँ ।
१. नाना पाटेकरः पद्मश्रीबाट सम्मानित ४० बर्षका नाना पाटेकरलाई २००८ मा फिल्म ‘हर्न ओके प्लीज’को सेटमा एक गीतको सुटिङको क्रममा गलत तरिकाबाट छोएको आरोप लागेको छ । नायिका तनुश्री दत्ताले २५ सेप्टेम्बर २०१८ मा एक अन्तर्वार्ताको क्रममा यस्तो आरोप लगाएकी हुन् ।
२. बिकास बहलः बिकासले ‘फ्यान्टम’ फिल्मकी एक महिलालाई अनुराग कश्यपको फिल्म ‘बम्बे वेलवेट’को प्रोमोशनल टुरको क्रममा रक्सीको नशामा जबरजस्ती गरेको आरोप छ । साथै महिलाको कोठमा रक्सीको मातमा गएर समेत यौन शोषणा गरेको आरोप बिकासलाई लागेको छ । यस्तै बिकासलाई नायिका नयनी दीक्षितले पनि होटलमा एउटै रुम सेयर गरेर बस्नको लागि दबाव दिएको पनि आरोप छ ।३. चेतन भगतः एक महिलाले चेतन भगतसँगको म्यासेञ्जरको स्क्रिनसट नै सेयर गरेर यौन शोषणको आरोप लगाएकी छिन् ।
४. रजत कपूरः एक महिला पत्रकारले २००७ मा फोनमा लिएको अन्तर्वार्तामा उनको शरीरको नाप सोधेको आरोप लगाएकी छिन् । साथै रजत कपूरले ‘तिमी स्वर जत्तिको सेक्सी छौ तिमी पनि उत्तिकै सेक्सी छौ ।’ भनेका थिए । साथै १० बर्ष पहिला फिल्मलाई असिस्ट गरिरहेकी एक युवतीलाई एकान्त ठाउँमा घर वा कोठा खोज्नको लागि आग्रह गरेका थिए । यस्तै एउटा अज्ञात युवतीले रजत कपूरले आफुलाई ८ पटकसम्म जबरजस्ती किसन गर्न खोजेको आरोप लगाएकी छिन् ।
५. कैलाश खेरः एक फोटो पत्रकार नताशा हेमरजानीले २००६ मा अन्तर्वार्ताको लागि कैलाश खेरको घर गएकी थिईन् । अन्तर्वार्ताको क्रममा कैलाशले महिला पत्रकारको जाङमा हात राखेको आरोप छ । साथै गायिका मोना महापात्राले पनि कसन्र्टमा सँगै प्रस्तुती दिनुअघि जाङमा हात राखेको आरोप लगाएकी छिन् । एक फ्यानसँग पनि अनैतीक सम्बन्ध राख्न खोजेको आरोप छ ।
यी ५ को साथै भारतका अन्य कलाकारहरुलाई पनि यौन शोषणाको आरोप लागेको छ । अभिजित भट्टाचार्य, अदिती मित्तल, विकेक अग्निहोत्री, गौरांग दोषी, आलोकनाथ, बैरामुत्तू रामासामी, उत्सव चक्रवर्ती, गुरसिमरन खंबा, किरण नागरकर र जुल्फी सईदलाई यस्ता आरोपहरु लागेका छन् ।