काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणमा हटाइएका दिगम्बर झालाई नै सरकारले फेरि अध्यक्ष बनायो । झाको नियुक्तिलगत्तै सरकारले एउटा हौवा फैलायोः इन्टरनेटमा युवापुस्ता अश्लील फिल्म हेर्छन्, त्यसैले सरकारले त्यस्ता वेबसाइट बन्द गरेको छ–गरिरहनेछ । झाले पनि यस्ता अश्लील वेबसाइट बन्द गरिएको बताए । सरकारले २१ हजार अश्लील वेबसाइट बन्द गरेको जनाएको छ ।
तर नेपालमा अत्यधिक हेरिने ५० वेबसाइटमा अहिले पनि एउटा वेबसाइट अश्लील वेबसाइट नै छ । नेपाली राम्रा अनलाइन न्युजपोर्टल भन्दा बढी त्यही वेबसाइट हेरिएको अलेक्जा वेबसाइट ट्राफिकले देखाउँछ । उसो त युट्युब, फेसबुक, ट्विटर, इन्स्टाग्राम, गुगलमा पनि अश्लील साइट खोजी गर्ने र हेर्नेको संख्या घटेको छैन । ट्विटरमा नेपाली युवतीका नाममा थुप्रै अश्लील एकाउन्टहरु छन् । फेसबुकमा पनि त्यस्ता थुप्रै एकाउन्ट, ग्रुप र पेज छन् । सरकारले वेबसाइट बन्द गरेपछि युवापुस्ता र अश्लील फिल्म हेर्ने पुस्ता सामाजिक सञ्जालमा झुम्मिएका छन् । सजिलै अर्को एकाउन्ट खोल्न सकिने सुविधा भएकाले फरक नाममा अश्लील वेबसाइट हेर्न फेसबुक र ट्विटरमा एकाउन्ट थपिने क्रम पनि बढेको छ ।
नेपालीको १५५२ नांगो भिडियोसरकारले अश्लील वेबसाइट बन्द गरेको भने पनि एउटा अश्लील वेबसाइटमा भारतीयकै हाराहारीमा नेपालीको नांगो भिडियो भेटिएको छ । मोबाइलदेखि कम्प्युटरमा सजिलै हेर्न सकिने त्यो वेबसाइटले नेपाली चेलीकै बदनाम गरेको छ । नेपाली चेलीकै यौनांगका नाममा राखिएको वेबसाइट विदेशमा बस्ने नेपालीले नै चलाएको अनुमान छ ।
उसले सन २०१२ देखि नै नेपाली, भारतीय, पाकिस्तानी र पश्चिमा मुलुकका युवायुवती र प्रौढपुस्ताका अश्लील भिडियो अपलोड गरिरहेको पाइएको छ । वेबसाइटमा विश्वभर रहेका नेपालीको नांगो भिडियो संख्या हेर्दा जिभ्रो टोक्नु पर्ने भएको छ ।
वेबसाइटका अनुसार, भारतीय भिडियो सबैभन्दा बढी छ । १ हजार ५ सय ७० भन्दा बढी भारतीय नांगो भिडियो छ भने नेपालीको भिडियो संख्या १ हजार ५ सय ५० भन्दा बढी अर्थात् नेपालीहरु नांगिने क्रम बढेको मात्र छैन, भिडियो खिच्ने र सामाजिक सञ्जालमा पोष्ट गर्ने क्रम पनि डरलाग्दोसँग बढेको छ । यसले समाजमा पारेको असर त अनेक कोणबाट छलफल होला । तर त्यो वेबसाइट एसिया, अमेरिका र युरोप क्षेत्रका भिजिटरको नजरमा भने नेपालीहरु सजिलै नांगिन्छन् र भिडियो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्छन् भन्ने सन्देश गएको छ ।
नेपाली नायिका–गायिकाको पनि बदनामसाइटमा क्याम्पस पढेका, बसलगायत सार्वजनिक यातायात र होटलका दृश्यहरुको भिडियो पोष्ट भएका छन् । कयौँ भिडियोमा महिला पात्रको नाम खुलाइएको छ । त्यति मात्र होइन, नेपाली गायिका, नायिकालाई पनि देहव्यापारीका रुपमा प्रस्तुत गरिएको छ । कयौँ राम्रा सेलिब्रेटीका फोटोसेसनलाई समेत ‘न्यूड व्यापार’का नाममा प्रस्तुत गरिएको छ ।
थपिँदै नेपाली भिडियोयो वेबसाइटमा नेपालीको भिडियो हरेक हप्ता थपिने क्रम घटेको छैन । हप्तामा ३ वटादेखि पाँचवटासम्म अश्लील भिडियो अपलोड हुने गरेको छ । साइटका भिडियो डाउनलोड गरेर हेर्न र अनलाइनमै हेर्न सकिने व्यवस्था छ । फेसबुक र ट्विटरमा पनि शेयर गर्न सकिन्छ । नेपालीकै बदनाम गरिरहेको यो वेबसाइट चैँ सरकारको नजरमा नपरेको हो या नदेखे जसरी नेपालीको बदनामलाई बेवास्ता गरिएको हो ? प्रश्न खडा भएको छ । यो वेबसाइट नेपालीकै बदनाम गराउने बेबसाइटका रुपमा चलिरहँदा किन यस्ता वेबसाइट बन्द गरेको भनेर हल्ला गर्ने नियामक निकायको नजरमा पर्न सकेन ? आशा गरौँ, यो साइट छिट्ट बन्द हुनेछ र नेपालीको बदनाम रोकिने छ ।