काठमाडौं । संघीय समाजवादी फोरम नेपालबाट समानुपातिक सांसद हुन् सरिता गिरी । उनले ४८ घण्टाअघि सोमबार साँझ एउटा स्ट्याटस लेखिन्ः मैले आज निन्द्रामा नै हुँदा अहिलेसम्म दुईपटक ठूलो लाउडस्पीकरमा अल्ला हो अकबर....सुनिरहेको छु । मैले यो किन सुन्नु परेको छ । प्रशासनले यो तुरन्त बन्द गराउनु पर्यो।
संघीय सांसद र तराई मधेसबाट राजनीतिमा उदाएकी गिरीले जीवनमै पहिलोपटक मुस्लिम बस्तीमा भए झैँ गरी अनि अल्पसंख्यक मुस्लिम समुदायप्रति कठोरता देखाएपछि आलोचनाको सिकार बनेकी छिन् । सामाजिक सञ्जालमा उनलाई निकै गाली गरिएका प्रतिक्रिया प्राप्त भएका छन् । अल्पसंख्य मुस्लिम समुदायप्रति देशका विभिन्न भागमा भइरहेको विभेदका घटनाक्रममा एउटा पार्टीको जिम्मेवार सांसद, सांसद भएकै पार्टीको २ नम्बर प्रदेशमा सरकार र मुख्यमन्त्री छ, मुख्यमन्त्री उनकै पार्टीको छ । तराईमा मुसलमान समुदायले मात्र होइन, लाउडस्पीकर बजाउने । यस्तो बेला गिरीले किन यस्तो प्रतिक्रिया दिएर आफूलाई राजनीतिको चर्चामा समेट्न खोजिन्, रहस्यमय बनेको छ ।
फेसबुकमा आएका प्रतिक्रियामा अरु आक्रामक बनेर अंग्रेजी र हिन्दीमा स्ट्याटस् लेखिरहेकी छिन् । उनले लेखेका केही स्ट्याटसहरु यस्ता छन्ःकिसी ने धमकी दी है, होश में आ जाइए, मानो हम नेपाल में रहे मुगलान वा मुस्लिमस्तान में रहने वाले हैं । मैं हमेसा पुरे होश में रहती हूँ। सिर्फ पढ ही नही रही हुँ, समझ भी रही हूँ । सिर्फ धमकी मुझे समझ में नहीं आती है !
उनले लगातार लेखेकी छिन्ःमधेश में पहिचान के नाम पर लोग धर्म, जाति, संस्कृति में विभाजित हैं। संविधान इसका मुख्य कारण है।संविधान मधेश के लिए प्रगतिशील नहीं है । यह विभेदकारी और विभाजनकारी दोनों ही है ।यति मात्र होइन, अहिले तराई मधेसका केही जिल्लामा हिन्दू र मुस्लिमबीत मूर्ति विसर्जनका नाममा भइरहेको विवादमा मलजल हुने गरी गिरीले लेखेकी छिन्ःमधेशी के लिए मधेश में बहुत सारे कारागार बन चुके हैं ।मधेशी मधेश में अल्पसंख्यक बन चुका है।
गिरीको राजनीतिक भूमि जहाँ हो, त्यहाँ मधेसवादी दलहरुको प्रदेश सरकार छ । मुख्यमन्त्री पनि अल्पसंख्यक समुदायका लालबाबु राउत छन् । गिरीको यो स्ट्याटसले देखाउँछ कि, मधेसमा मुस्लिमको सरकार भित्रभित्रै गिरीलाई मन परेको छैन, भलै उनको पार्टीको सरकार होस् । उनले धर्मलाई राजनीतिमा जोडेर फेरि पनि मुस्लिम समुदायप्रति नै प्रहार गरेकी छिन्ःम कुनै पनि धर्मको नाममा हल्ला हुलदंगाको पक्षधर होईन।धर्म नीजि आस्था र अभ्यासको विषय हो।हल्ला हुलदंगा त धर्मको नाममा राजनीति गर्ने मानिषहरूको आविष्कार हो ।
गिरीको लगातारको प्रतिक्रियामा थुप्रैले जवाफ फर्काइरहेका छन् । संघीय सांसद कलिला खानले गिरीलाई जवाफ दिँदै भनेकी छन्ः
मेरो देशमा मन्दिर छ त्यहा घन्टी र आरती बज्छ मस्जिदमा अजान र नमाज हुन्छ गुम्बामा पनि बौद्ध धर्मावलम्बीहरुले पाठ पुजा गर्छन र कृश्चयनका धर्म गुरु पप ले पर्मेश्वरको आरधना गर्छन । साइरामले बिहान ५ बजे नै भजन गाउदै हिंड्न् गर्दा छन म खुसिले बाहिर निस्केर हेर्ने गर्दा छु ।म सबैको धर्मलाई समान् गर्छु जब अजानको आवाज सुने कोसिस गर्छु जहाँ बिहान शंक घन्टी र आरती बजाउछन तब म उठ्छु र नमाज पढ्छु । मान्छे सधै बिहान ४ बजे पछि उठने गर्छन ।माननीय सरिता गिरि लाई के थाह मन्दिरको आराती मस्जिदको अजान गुम्बाको आराधना हाम्रो देश धेरै धर्मले भरिएको एउटा् फुलवारि अनेकौं फुलको सुगन्ध त आउने नै भयो । माननीय सरिता गिरिलाइ काडा भए छ अजानले तक्लिफ भएछ । जिम्मेवार पदमा आसन गर्नु भएकोले सामाजिक संजालमा नै लेख्नु अलि सुहाउँदो भएन कि ।
मस्जिदको मात्र किन विरोध ?तराई मधेसमा मस्जिदमा मात्र लाउडस्पीकर बज्ने होइन । अष्टजाम भजन कीर्तनमा पनि बज्छ । अझ दैनिक ५ पटक बज्ने भए पनि मुस्लिमको अजानमा १ मिनेट भन्दा बढी लाउडस्पीकर बज्दैन ।
गिरीको प्रतिक्रियामा राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनका महासचिव जाकिर हुुसैन, जो पूर्वसांसद, पूर्वराज्यमन्त्री पनि हुन्, उनले लेखेका छन्ः
आदरणीय सरिता गिरी ज्यू !
हजुर संघीय समाजवादी फोरम जस्तो गरिमामय पार्टीको सिनियर नेता, पूर्व मन्त्री र मधेशमूलकी विद्वान् नेतृ पनि हो । यहाँलाई सम्मान गर्दछु जय मधेश ।
अजान बिना कुनै म्युजिक २–३ मिनेटको आवाज हो ।
अजान अरबीमा पुकारिन्छ जसको अर्थ म यहाँ प्रस्तुत गर्दछुः
‘अल्लाह सबभन्दा महान् छन् ! अल्लाह सबभन्दा महान् छन् !अल्लाह सबभन्दा महान् छन् ! अल्लाह सबभन्दा महान् छन् !
म गवाही दिन्छु कि अल्लाहबाहेक कोही बन्दनीय छैन । (२ पटक)म गवाही दिन्छु कि मुहम्मद अल्लाहका रसूल (सन्देशवाहक) हुन् । (२ पटक)आऊ नमाज अदा गर्नका लागि (२ पटक)आऊ सफलतातर्फ । (२ पटक)अल्लाह सबभन्दा महान् छन् ! अल्लाह सबभन्दा महान् छन् !अल्लाह सबभन्दा महान् छन् ! अल्लाह सबभन्दा महान् छन् !
यो रसूल मुहम्मदको तरीका (सुन्नत) हो । प्रत्येक नमाजको केही मिनेटअगाडि अजान पुकारिन्छ । अर्थात् यो नमाजको जनाउ आह्वान हो । यो संसारभरि साढे चौध सय वर्षदेखिको परम्परा हो ।
जहाँसम्म लाउडस्पीकरको सवाल छ, ध्वनिले समाजलाई बाधा पुर्याउने सवाल छ, मलाई लाग्दैन कि यो २–३ मिनेटको सुमधुर ध्वनिले कसैलाई धेरै डिस्टर्ब गर्छ ।
नेपाल बहुधार्मिक तर धर्मनिरपेक्ष राज्य हो । यहाँ प्रातःकाल हिन्दूको मन्दिरमा घण्टी बज्छ, शंख फुकिन्छ, भजनको आवाज गुञ्जन्छ, बौध्दको गुम्बामा उषाकालमै चहलपहल बढ्छ, भजनकीर्तन हुन्छ । मुस्लिमको मस्जिदमा अजान हुन्छ, कुरआनको तिलावत र नमाज हुन्छ । सीख, जैन, ख्रीष्टियन, बहाई सबैका आआफ्नै गतिविधि हुन्छन् । जनकपुरधामको ऐतिहासिक रामजानकी मन्दिरको पश्चिम भित्तामा मस्जिदबाट त्यही बेला अजाज गुञ्जन्छ, जुन बेला रामजानकीभित्र भजनकीर्तन र पूजापाठ भइरहेको हुन्छ । यही त हो हाम्रो नेपाली समाजको विशिष्टता र सौन्दर्यता ।
मलाइ लाग्छ सबैले नैतिकवान समाज निर्माणमा राज्यलाई सहयोग गरिरहेका छन् । हजुरको कदम सद्भावनाको लागि अघि बढोस् । २–३ मिनेटको अजानको सुमधुर ध्वनिले आनन्द नै दिन्छ । आनन्द लिनुहोस् पनि भन्छु म । मन्दिर नै मन्दिर र गुम्बाहरूको शहर काठमाडौंमा अधिकांश गल्लीमा प्रातःकाल घण्टौँसम्म भजन कीर्तन हुन्छ । हामी हाम्रा हिन्दू–बौध्द दाजुभाइ, दिदीबहिनीको धर्मकर्ममा रमाउन सिकेका छौँ । मुसलमानहरूको धर्मकर्ममा हिन्दू–बौध्दमार्गीहरू रमाएका छन् । यही त हो नेपालको सम्पत्ति । पाँचवटै महासभ्यता फस्टाएको नेपाल महान् छ ।
पूर्वमन्त्री, पार्टीका जिम्मेवार नेताले अल्पसंख्यक समुदायप्रति गरेको प्रहारमा धेरैले गिरीको आलोचना गरेकी छिन् । तर गिरीले फेसबुकमा लगातार आफ्ना स्ट्याटस लेखेर मुस्लिम समुदायप्रति गरेको प्रहारमा माफी मागेकी छैनन् ।