नारायण थापाभक्तपुर । अहिले भक्तपुरका कृषकहरुलाई मखमली फूलको माला बनाउन भ्याई नभ्याई भएको छ । गत वर्ष भन्दा यस वर्ष मखमलीे मालाको मूल्यमा वृद्धि र बजार व्यवस्थापन हुन नसकेको कृषकहरुको गुनासो रहेको छ । तिहार नजिकिदै गर्दा कृषकलाई माला बनाउन भ्याईनभ्र्या भएको छ ।
यो वर्ष तिहार पर्व आउन अझ २ हप्ता मात्र बाकि भएता पनि भक्तपुरका मखमली फुलको व्यवासायीक खेति गर्ने किसानलाई माला बनाउन चटारो परेको छ । तिहारको भाइटिकाको दिन लगाउने मखमली फुलको माला बनाउन कृषकहरु माला गास्नमा व्यस्त भएका हुन् । भक्तपुरको चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका धेरै किसानहरुले एक रोपनी देखी पाचँ रोपनी सम्मको जग्गामा मखमली फुल लगाएका छन् । जग्गा भाडामा लिएर समेत केहि किसानहरुदले फूल खेती गर्ने गरेका छन् ।
चाँगु नगरपालिका वडा न.ं ९ का कृषक जमुना बालले गरीब संघ कृषि समुहकी सदस्यले धान खेतीका लागि पानीको अभावका कारण फूलखेती शुरु गरेको बताउनुभयो । चाँर पाँच वर्षदेखि मालाको मूल्यमा वृद्धि नभएता पनि धानको तुलनामा मखमली फूल खेतिबाट दोब्बर आम्दानी भएकोले आफु सन्तुष्ट भएको बताउनुभयो ।
दुई रोपनी जग्गामा मखमली फूलको खेति गर्नुभएकी सुनिता राउतले बालबालिका पढाउन दशै तिहार मनाउन धेरै सहज भएको बताउँदै वार्षिक ५० देखि ६० हजार आम्दानी हुने गरेको बताउनुभयो । धान खेतीका लागि सिचाईको व्यवस्था नभएको आकाशको पानीमा भर पर्नुपर्ने भएकोले फूल खेति गरेको र यसबाट खुशी रहेको बताउनुभयो ।कृषक बिनिता बालले पहिला धान र गहुँ लगाउने गरेको बताउदैं त्यसबाट हुने आम्दानीले घर चलाउन र चाड पर्व समेत मनाउन गाह्रो भएकोले महिला समुहबाट अभिप्रेरित भएर मखमली फूलखेती गरेको बताउनुभयो । एक रोपनी जग्गामा लगाइएको फूलखेतीबाट वार्षिक ६० देखि ७० हजारको आम्दानी गर्न सकिने कुरा बताउनुभयो । त्यस्तै गरीब संघ कृषि समुहकी संयोजक मन्धरा मिश्रले २०६० सालमा शू्रु भएको यस समूहले यो क्षेत्रको अध्ययन गर्दा सुख्खा क्षेत्र पानीको अभाव आकाशे पानीमा निर्भर हुनु गर्ने ठाँउ भएकाले यम क्षेत्रमा फूलखेतीको सम्भावना देखिए पछि महिलाहरुलाई फूलखेति सम्बन्धि विभिन्न तालिमहरु संचालन गरेर फूलखेतीको शुरुवात गरेको बताउनुभयो ।
५० घर परिवारका सदस्य आवद्ध रहेको यस समुहले एक रोपनी भन्दा कम जग्गामा फूलखेती गर्ने कृषकले वार्षिक ५० हजार सम्म आम्दानी हुने, एक रोपनीमा ७० हजार र दुई रोपनीमा फूलखेती गर्नेले वार्षिक २ लाख सम्म आम्दानी गरेको बताउनुभयो । यसबाट कृषकहरुले बालबालिको शिक्षा, लालनपालनको साथै दशै तिहार मनाउन समेत सहज भएको बताउनुभयो ।
भक्तपुरको चाँगुनारायण नगरपालिको ६ र ९ तथा सूर्यविनायक नगरपालिकाको वडा नम्बर ७ मा व्यवसायीक मखमली फुलको खेती हुदैं आएको छ । प्रत्येक वर्ष नै यस क्षेत्रका मानिसहरुको फूल खेतिबाट बार्षिक ५० हजार देखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । नजिकिँदै गरेको तिहारका लागि मखमलि फूलको माग भए पछि फूल टिप्न र गास्नका लागि ताथलीका कृषकलाई भ्याई नभ्याई भएको छ ।
चैतमा ब्याड राख्ने र जेठमा रोप्ने मखमलि फूल भदौकोे पहिलो सातादेखि नै टिपेर माला गाँसी अहिले विक्रि कालीमाटी तथा आफ्नै घरबाट नै भईरहेको कृषकको भनाई छ ।
तिहारको समयमा बजारमा सयपत्री र मखमली फूलहरुको माग बढ्ने भएकाले सम्बन्धीत निकायले यसरी व्यवसायीक फुलखेती गरेका किसानहरुलाई प्राविधिक ज्ञान, सिप र तालीमको व्यवस्था गर्ने हो भने नेपाल फुलमा आत्मनिर्भर हुने देखिन्छ ।
मानिसको दैनिक जिवनमा जन्म देखि मृत्यू सम्म आवश्यक फूल करोडौ मुल्य बराबरको फूल बिदेशबाट आयात हुने गरेको छ । भतmपुरमा किसानले वार्षीक तिन करोड भन्दा बढिको फूलको बिक्रि गर्दै आइहेका छन् ।