काठमाडौं । हरेक मानिसको जीवन जिउँने अ–आफ्नो शैली हुन्छ । मानिस आफ्नो स्वभाव अनुसार जीवन जिउँन चाहान्छन् । कसैले साधारण जीवन शैली मन पराउछन् भने कसैले बढी महत्वकांक्षा राख्छन् । हामी यहाँ बलिउडका सुपरस्टार सलमान खानका बारे चर्चा गर्दैछौ । सलमान हरेक पटक चर्चामा आइरहने पात्र हुन् । उनका राम्रा र नराम्रा पक्षको बेला–बेला चर्चा हुने गर्दछ । हक्की स्वभावका सलमान कहिले बोलेर त कहिले विभिन्न कारणले विवादित बन्ने गर्दछन् । उनीसँग जोडिएका ५ भित्रि रहस्यको यहाँ वर्णन गरिएको छ ।
सस्तो कपडाःस्टार भए पनि सलमान खान पहिरनमा खास ध्यान दिँदैनन् । उनी सस्ता कपडा किन्छन् । कहिलेकाहीँ ५ सय भारुको टिसर्ट लगाएर पनि सार्वजनिक कार्यक्रममा देखिन्छन् । उनी पुराना कपडा हत्तपत्त फाल्दैनन् । उनी १५ वर्ष पुरानो जिन्स र १० वर्ष पुरानो जुत्ता लगाएर पनि फिल्म प्रमोसनमा हिँडेका छन् ।
सही विश्लेषणःउनको सफलता कुनै संयोग होइन । आफ्नो फिल्म कतिसम्म सफल हुन्छ भन्ने पूर्वानुमान गर्न उनी खप्पिस छन् । उनको यस्तो कलाले नजिकका साथीभाइ पनि आश्चर्यमा पर्छन् । यसको उदाहरण ‘बजरंगी भाइजान’लाई लिँदा हुन्छ । यो फिल्मको प्रस्ताव आउँदा सलमान अन्य ठूला प्रोजेक्टमा व्यस्त थिए । तर, स्क्रिप्ट पढेपछि उनी यति कन्भिन्स भए कि, सबै काम छाडेर ‘बजरंगी भाइजान’ खेले । परिणाम सबैलाई थाहा छ । यो उनको करिअरको सबैभन्दा धेरै कमाइ गर्ने फिल्म हो ।
पैसा जलाउनेःबाल्यकालमा उनी दीपावली मज्जाले मनाउँथे । पटाका पड्काउनुको सट्टा सलमानले पैसा जलाउने गरेका थिए । एकपटक उनले दीपावलीमा आफ्ना पिता सलिम खानको पूरै महिनाको तलब जलाइदिए । बलिउडका चर्चित स्क्रिप्ट राइटर सलिमले उनलाई पिटेनन्, तर पैसाको महत्व बुझाए । सलमानका अनुसार पिताको उक्त भनाइ आजसम्म पनि उनको मस्तिष्कमा गढेको छ । भारतीय सिने उद्योगका सर्वा्िधक ठूला स्टारमध्ये एक सलमान खान सधैँ चर्चामा रहन्छन् । अविवाहित सलमानले युवतीहरूको मन जितिसकेका छन् । तर, उनीबारे केही रोचक तथ्य धेरैलाई थाहा नहुन सक्छ ।
साबुन प्रेमःसलमान साबुनप्रेमी हुन् । उनी प्रायः अग्र्या्िनक साबुन प्रयोग गर्न रुचाउँछन् । उनको स्नानकक्षमा धेरै ब्रान्डका साबुन छन् । उनी जुन देश घुम्छन्, त्यहाँबाट साबुन किनेर मात्रै फर्कन्छन् ।
प्रविधिमा पछाडिःसलमान प्रविधिमैत्री छैनन् । उनले अहिलेसम्म आफ्नो इमेल आइडी पनि खोलेका छैनन् । फोनमा भन्दा प्रत्यक्ष भेटेर कुरा गर्न रुचाउँछन् । न उनीसँग आइप्याड छ, न त प्ले स्टेसन नै । रोचक कुरा यो छ कि, उनलाई बजरंगी भाइजानमा समावेश गीत ‘सेल्फी ले ले’ सुटिङ हुनुअघि सेल्फी शब्द नै थाहा थिएन ।