–बिर्खे अन्जान
म नेपालपछ्याएर पूरानो पाइतलाको डोबटेक्दै–टेक्दै आएको छु इतिहासको पुरानो पाना
मुटु भक्कानिनु पहिलेस्पर्श गरेर रगतको टाटो सँगअँगालो हाले पनिरोकिएन मुटु भक्कानिनसम्झेर शायद बलिदानको कथा
सिक्किम तिमीले लगाएर इलेजरकहाँ मेटिन्छ ? मेरो पुर्खाले रगतै– रगतले लेखेको स्वाभिमानको कथा
हो सिक्किमम नेपाल मानचित्रमा खुम्चिए पनिमेरो मुटुमादेशको नक्शा खुम्चिएको छैनमनको ढोका उघारेर हेर्नूशरिरको अङ्गअङ्गमाअनुवाद भएका छन्सङ्घर्षले भरिएको टिष्टाको कहानी
हेर्नुस् नियालेर यी पहाडहरूमास्वाभिमानको रक्तिम फूल अझै फुलिरहेकै छ
कतै सुरक्षित छन् भने कोतघरमा–खुकुरी र तरवार र एक नाले बन्दुकखिया लागे पनिअझै पनि ती धारहरूमाअस्तित्व–आत्मियताको रङ्ग मेटिएको छैन
ढाकर बोकेरजिन्दगी नामको खच्चरहरूलेयो सिक्किमको पहरा नफोरेको भएशानदार यो चौबाटोमाकहाँ उभिन सक्थे गान्धी पनि निशङ्कोच ठिङ्ग
ओ ! सिक्किममेरो टिष्टा तिम्रै इसारालेबिवश कठपुतली नाच्नु परे पनिकबै इस्पातको धारहरूलेसौहाद्रताको नेपाली मुटु बदल्न सक्ने छैनौंउराल्नै परे पनि बिद्रोहको नाराकहाँ मेटिन्छ ( ममता र स्नेहको हिमाल
म बुद्धलाई साक्षी राखेरभन्छु– हिटलर बोकेर आँखाहरूमाक्रोध पोख्न सक्दिन गुराँससँग
हो म नेपालछातिमा भक्ति थापा सगर्व बोकेरइतिहासको किनारै किनारहेर्दै छु यी पहाडहरूमानेपाली हुनुको सगर्व गौरव
सिक्किम तिमीसँग प्रश्न छ मेरोकिन ठडिएन कुनै चौबाटोमामेरो भक्ति थापाको सालिककिन रोपिएन यी पहाडहरूमा अमर सिहको बलिदानको बिरुवा
मेट्न खोजे पनि इतिहासकहाँ मेटिन्छ सङ्गिनहरूलेउठाएर धुलो एक पटक सुगी हेरअझै पनि अस्तित्व अलापेरयी माटोहरू गाइरहेछन्–राष्ट्रियताको मीठो