–मीनकुमार नवोदित
कार्यालयबाट फर्किने बित्तिकैअनुहार सुमसुम्याउँदै प्रश्न गर्छिन् श्रीमतीकिन मलिन हुनुहुन्छ आज हजुरछोराछोरीहरू झुम्मिँदै भन्छन्बाबा हजुर किन थकित ?ठीक त्यसैगरी अर्को दिन–अनुहार हेर्दै सोध्छिन् श्रीमतीहजुर आज निकै उत्साहित देखिनुहुन्छ नि !छोराछोरीहरू हात समाउँदै एकसाथ सोध्छन्बाबा आज हजुर किन यति धेरै खुसी ?
बुभ्mन सक्दिनँ अनुहारको परिभाषागर्न सक्दिनँ बयानछुट्याउन सक्दिनँ भिन्नताभन्न सक्दिनँ अर्थलेख्न सक्दिनँ आत्मकथानाप्न सक्दिनँ उचाइ ।
अनुहार हेरेरै चिनिन्छन्नेता, अभिनेता, उद्योगी र व्यापारीहरूसाहित्यकार, कलाकार र इतिहासकारहरूदोषी र निर्दोषीहरूअनुहारबाटै छुटिन्छन्हिमाल, पहाड र तराईसंगिनी, रोदी, चण्डी, च्याम्बु्रङ अनि हुर्रादेशी–विदेशीआफ्नो–अर्काकोआफन्त÷परायाअनुहारले नै दिँदोरहेछ परिचययदि छोपिदिने हो भने अनुहारसंसारको कुनै विज्ञानले सक्दैन चिन्न कोही कसैलाई ।
सडकको किनारैकिनार हिँडिरहेकी युवतीलाईपर पुगेर फर्की–फर्की बूढो रिक्सावालले हेरेझैं
अभावको भारी बोकेरजीवनको अन्तिम उकालो चढ्दै गरेको भरियाहावासँगै उड्दै गरेको धूलो पन्छाउँदैकार्यालय जाँदै गरेको अधवैँशे हाकिमहावाको पर्दा च्यात्दैहतारमा पसल जाँदै गरेको व्यापारीहस्याङफस्याङ गर्दै एकाबिहानैक्याम्पस गइरहेको सहरको व्यस्त प्राध्यापकउसैगरी घुरेर हेर्छन्सौन्दर्यको नदीमा बगिरहेकीयुवतीको अनुहार ।
साँच्चै कसरी गरौँ अनुहारको बयान ?लाग्छ,संसारमा सबैभन्दा प्रिय अनुहारै रहेछत्यसैले त कतै जानुअघिऐना अगाडि उभिएरहातले केस मिलाउँदैसबैले हेर्छन् अनुहार एकपटकअनुहारकै कारण हिजोआजखुब फस्टाएको छ सौन्दर्यको व्यापार ।
दर्खास्त बोकेर ठिङ्ग उभिएकोएक बेरोजगार युवकलाई हेर्दैकुनै निजी कम्पनीको मालिकले भन्छ–अनुहार हेर्दा अलि बेइमान छौ जस्तो लाग्छभर्खरै सञ्चालनमा आएको टेलिभिजनमालामबद्ध छ तलब नलिएरैअनुहार देखाउन इच्छुक एक युवक ।
हो, अनुहार हेरेरै मेरी आमालाईबा’ले मन पराएका थिए विहे गर्नुअघियतिबेला छेउमा बसेर हेरिरहेछुदेशजस्तै खुम्चिँदै गएकोतिनै वृद्ध बा’को अनुहारसाँच्चै यसबेला ऐनामा जस्तैबा’को अनुहारमा देखिरहेछु आफ्नै अनुहार ।