संयोग नेपालकाठमाडौं । आधुनिक सयमसँगै हरेक मानिस सामाजिक संजालमा सक्रिय भएर लाग्ने गरेको छ । आजकल सामान्य मानिसदेखी सेलिब्रेटीसम्मले सामाजिक संजालको प्रयोग गरिरहेका हुन्छन् । सेलिब्रेटीहरुले आफ्नो फ्यानसँग नाजिकिने माध्यम पनि आजकल सामाजिक संजाल नै बन्न थालेको छ । यस्तैमा नेपालका धेरै नायिकाहरु सामाजिक संजाल इंस्टाग्राममा पनि उत्तिकै सक्रिय भएर लागेका छन् । आज हामी तपाईहरुलाई इंस्टाग्राममा सबैभन्न्दा बढि फलोअर्स भएका नेपाली नायिकाहरुको बारेमा बताउन गईरहेका छौँ ।
सन्ध्या केसीःचलचित्र ‘ड्रिम्स’ र ‘कमलको बिहे’मा अभिनय गरेकी नायिका सध्या केसीको इंस्टाग्राममा १ लाख ६५ हजारभन्दा बढि फलोअर्स रहेका छन् । ‘कमलेको बिहे’ चलचित्र प्रदर्शनमा नआएता पनि चलचित्रमा समावेश ‘टाकन टुकुन’ बोलको गीत चर्चित छ ।
रीमा विश्वकर्माः‘स्वर’, ‘भिषा गर्ल’, ‘बाटो मुनिको फूल २’ लगायतका सिनेमाहरुमा काम गरिसकेकी नायिका रीमा विश्वकर्माको इंस्टाग्राममा १ लाख ८० हजारभन्दा बढि फलोअर्स रहेका छन् । उनले पछिल्लो समय नेपालको चर्चितल रियालिटी शो ‘नेपाल आईडल’को पनि होस्ट गरेकी थिईन् ।
निशा अधिकारीः‘मिसन पैसा’, ‘फस्ट लभ’, ‘नैनारेशम’ लगायतका सिनेमाहरुमा काम गरिसकेकी नायिका निशा अधिकारीको इंस्टाग्राममा १ लाख ३२ हजारभन्दा बढि फलोअर्स रहेका छन् । निशाले पछिल्लो समय चलचित्र ‘झ्यानकुटी’ निर्माण गरेकी छिन्, जुन मंसिर १ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ ।
बर्षा राउत:‘नाई नभन्नु ल ४’, ‘छक्का पन्जा’, ‘जात्रा’ लगायतका सिनेमाहरुमा काम गरिसकेकी नायिका बर्षा राउतको इंस्टाग्राममा २ लाख १९ हजारभन्दा बढि फलोअर्स रहेका छन् । पछिल्लो समय उनी अभिनित चलचित्र ‘छक्का पन्जा ३’ प्रदर्शनमा आएको थियो ।
मलिना जोशीः‘ऋतु’, ‘द विनर’, ‘झुम्की’ लगायतका सिनेमाहरुमा काम गरिसकेकी नायिका मलिना जोशीको इंस्टाग्राममा २ लाख ३ हजारभन्दा बढि फलोअर्स रहेका छन् । मिस नेपाल २०११ को उपाधी हात पारेकी मलिनाको गतबर्ष ‘रानी’ चलचित्र प्रदर्शनमा आएको थियो ।
प्रकृति श्रेष्ठः‘होस्टेल’, ‘उत्सव’ लगायतका सिनेमाहरुमा काम गरिसकेकी नायिका प्रकृति श्रेष्ठको इंस्टाग्राममा २ लाख ८४ हजारभन्दा बढि फलोअर्स रहेका छन् । अहिले श्रीमान सुदीप न्यौपानेसँग अस्ट्रेलियामा बस्दै आएकी प्रकृति गत महिना नेपाल आएकी थिईन् ।
केकी अधिकारीः‘स्वर’, ‘आई एम सरी’, ‘महसुस’ लगायतका सिनेमाहरुमा काम गरिसकेकी नायिका केकी अधिकारीको इंस्टाग्राममा २ लाख ९४ हजारभन्दा बढि फलोअर्स रहेका छन् । गत बर्ष केकीकाे चलचित्र ‘कोहलपुर एक्सप्रेस’ प्रदर्शनमा अाएकाे थियाे ।
साम्राज्ञी राज्यलक्ष्मी शाहः‘ड्रिम्स’, ‘ए मेरो हजुर २’ लगायतका सिनेमाहरुमा काम गरिसकेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको इंस्टाग्राममा ३ लाख ४९ हजारभन्दा बढि फलोअर्स रहेका छन् । पछिल्लो समयकी ब्यस्त नायिका साम्राज्ञीको ‘तिमी सँग’, ‘कायरा’ र 'इन्टु मिन्टु लण्डनमा' लगायतका चलचित्रहरू प्रदर्शन भएका थिए ।
स्वस्तिमा खड्काः‘होस्टेल रिर्टन्स’, ‘लभ लभ लभ’, ‘छक्का पन्जा २’ लगायतका सिनेमाहरुमा काम गरिसकेकी नायिका स्वस्तिमा खड्काको इंस्टाग्राममा ४ लाख १९ हजारभन्दा बढि फलोअर्स रहेका छन् । ‘छक्का पन्जा २’ पछि चलचित्रको ओईरो लागेकी स्वस्तिमा चलचित्र ‘बुलबुल’को काममा ब्यस्त छिन् ।
नम्रता श्रेष्ठः‘फस्ट लभ’, ‘नाभेम्बर रेन’, ‘क्लासिक’ लगायतका सिनेमाहरुमा काम गरिसकेकी नायिका मनिषा कोईरालाको इंस्टाग्राममा ३ लाख ९३ हजारभन्दा बढि फलोअर्स रहेका छन् । पछिल्लो समय ‘एकादेशमा’नाटकमा अभिनय गरिरहेकी उनले बिभिन्न राष्ट्रिय अवार्डसमेत हात पारेकी छिन् ।
प्रियंका कार्कीः‘नाई नभन्नु ल ३’, ‘वडा नंबर ६’, ‘पुरानो डुङ्गा’ लगायतका सिनेमाहरुमा काम गरिसकेकी नायिका प्रियंका कार्कीको इंस्टाग्राममा ६ लाख ३७ हजारभन्दा बढि फलोअर्स रहेका छन् । पछिल्लो समयकी एकदमै चर्चित र ब्यस्त नायिकाको रुपमा आफ्नो छवि बनाएकी प्रियंका नेपालको सबैभन्दा धेरै इंस्टाग्राम फलोअर्स भएकी नायिका हुन् ।