–रामकुमार एलन
साविककै झापा–मोरङयुगीन चमकदमकओइरिएका छन् ताप्लेजुङदेखिखैँचेर अलैँची, रुद्राक्ष र चियापुरानै सपना, १० धुर माटो झापा–मोरङमाअसम–कालेबुङको उही हुटहुटिहोस् ओत लाग्ने थातथलो झापा–मोरङमा
पटांगिनीभरि निलाम्मे हूलादौडिरहेका छन् भविष्यका कर्णाधारहरुपढाउँदै तीनपुस्तालाईभर्खर अवकाशप्राप्त रोमप्रसाद कोइरालाबनेका छन् बोर्डिङ मालिकजोडेका छन् राईलिम्बुका खोलाछेउका कुनाकानीमिचमाच पारे भन्छन् अलिअलि मसानघाट र गौचरणकानै पाक्ने गरी फुकेका छन् रेडियो र टिभीलेकोइराला हाउजिङमा सस्तो छ घडेरी
हठात् सन्देश झुल्कियो ‘चलफोन’मासिनामंगलको लामा सेकुवामा आऊ नरोमप्रसाद काठमाडौं आउनु भएछपहिला गिरिजाप्रसाद मोरङ जाँदा पो समाचार हुन्थ्योरोमप्रसाद काठमाडौं आउँदा के समाचार हुन्छबत्तिँदै बत्तीसपुतली हुँदै पुगेँ लामा सेकुवा
मौसम रिमरिम अनि रोम सर रमरमझापामा त उहाँलाई सुगर थियो, युरिक एसिड थियोभाउजुले दिएको हटलेमन चियर्स गर्नुहुन्थ्योकाठमाडौँमा को कोइराला, को लिम्बूके युरिक एसिड, के दमखोकीछिरेपछि मदिरालयपिए पनि दूधचियाशहरले भन्छ, नयाँ जड्याँहा थपिएछजग्गा दलाल हो कि बोर्डिङ माफियालाहुरिनीका ब्वाइफ्रेन्ड हो कि जिल्लातरिको ठगयही हो काठमाडौंमा टाइसुटमा भट्टीमा देखिनेलाईकाठमाडौंले दिएको औकात र पहिचान
आधा दर्जन क्वार्टर साइजका सिसीका बोतलसलादका झिक्राझिक्री अनिनचबिएका हड्डी र सागपातमेरै उपस्थितिमा सनाखत कुर्दै थिएझानेको लसुनपोटी चबाउँदैबेरालाई कराए रोम दाइलेपहिलोचोटी आउनेलाई वास्ता हुन्न तेरोमा ?झापा–मोरङको कोइराला थरि हुँतेरो होटलभन्दा ठूलो मेरो बोर्डिङको क्यान्टिन छतेरो आँगनको एयरपोर्टभन्दा ठूलो मेरो हाउजिङ छतेरो घर कहाँ ?बेरा बोल्योः रसुवारसुवाजत्रो त मेरो प्लटिङ छ झापामा
तरल पदार्थको बल, त्यसमाथि थरै कोइरालारोमप्रसाद दाइले बेरालाई थर्काउँदाआइपुग्यो लामा सेकुवाका साहुनिहुरिँदै भन्यो, आजा आलि भिड छा हाजुरआउँछा आर्डरका मालजिनिस विस्तारा
पहिलो बसाइपानीरहित चियर्सपहाडका क¥याङकुरुङ तराई झरे झैँएक पेग मालजिनिस हुरुरु छि¥यो पेटमाभाउजु यादिनु भयो चलफोनमाभिडियोमा गयो सपाट दृश्यएलनबाबु, दाइलाई जड्याँहा नबनाउनुहोस् त !
बाबु पुग्यो रे अष्ट्रेलिया ?विमानस्थलमा न्याउरी छाउरी को ?छोराले फेसबुकमा छापेको फोटोको भुरी को ?कि तपाईंले थाहै नदिई बुहारी पनि पठाउनु भयो ?यहाँ हल्लीचल्ली छ, रोमप्रसादले बुहारी लुकायोघरै नभित्र्याइ अष्ट्रेलिया पठायो
कथा लामो छ बूढीतँ भन्दा बढी अंगालिन्छे त्यो छोरासँग‘दर्शन बुबा’ भनी, सुँक्कसुक्क रोईतैँ बुझ्छेस्, म के बुझुँ र खोइकाठमाडौं बस्छे रे, क्याम्पस पढ्छे रेहाम्रो कालेले पनि केटीलाई अंगाल्योछोरो पुगिसक्यो रे, उसैले लेखिसकी फेसबुकमा
बैंक दाखिला ४८ लाखदलालले पचायो ४–५ लाखझापा–मोरङमा करोडौँको धितो छकरोडौँको बोर्डिङ–माछापालन–कुखुरापालनबाउले एक सुर्का बारी दिएका थिए भोजपुरमामैले के दिइनँ र सन्ततिलाईअर्काे एक फूल बोतल रित्तिनै लाग्योलामा साहु करायोः आबा जाने बेला भायो कि साररोम सर बहकिनु भयो–विरक्तिनु भयोरुनुभयो–सम्हालिनुभयोफुत्किए अनायासै, एलन आज छोरो बेचेँअब आउला र त्यो फर्केरअप्सराजस्तीले अंगाल्दा नपग्लिनेत्यो फर्केला र झापा–मोरङसम्हाल्ला र मेरो हाउजिङ अनि बोर्डिङबूढीले अर्को पाउँभन्दा मानिनँआज एउटा छोरो बेचेको पीडामामहँगोमा छोरा बिकेको दुःखमातिम्रो समय बर्बाद गरेँ, माफ गर एलनमहँगोमा छोरा बेच्दाको पीडातिमीले पनि थाहा पाउँछौँ केही वसन्तपछि ।
–२०७५ भदौ ७