पुष्पराज अधिकारीहेटौंडा । मिस वल्र्ड प्रतियोगीतामा सहभगीता जनाउने अन्तिम तयारीमा रहेकी मिस नेपाल २०१८ की श्रृङ्खला खतिवडाको सक्रीयतामा मकवानपुरको कैलाश गाउँपालिका–७ भार्तामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
हेटौंडाको चुरेहिल, मकवानपुर सहकारी अस्पतालको सहयोगमा स्वास्थ्य शिबीर सञ्चालन गरिएको हो । शिवीरमा भार्ताका चेपाङ र तामाङ समुदायका दुईसय ७० जनाको स्वास्थ्य जाँच र सामन्य सल्यक्रिया गरिएको थियो । शिबीरमा १० जना बिशेषज्ञ सहीत २५ जना स्वास्थयकर्मीको टोली सहभागी थिए ।
शिबिर हाडजोर्नि तथा नशा, स्त्रीरोग, बालरोग, नाक कान घाँटी रोग, दन्त, जनरल फिजिसियन डाक्टरहरुले सेवा दिएका थिए । शिबिरमा कैलाश गाउँपालिकाका ६,७,८ र ९ नम्बर वडाका बासिन्दाले सेवा लिएको बताइएको छ ।
यसैगरी मिस नेपाल श्रृङ्खला खतिवडाको सक्रीयतामा तयारी पोशाक तथा कपडा व्यवसायी संघले शुक्रबार मकवनपुरको कैलाश गाउँपालिका–७ भार्ता स्थित सरस्वती प्राबिका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
खतिवडाको. आग्रहमा भार्ताका ८७ विद्यार्थीलाई जाडोको समयमा न्यानो कपडा वितरण गरिएको तयारी पोशाक तथा कपडा व्यवसायी संघ मकवानपुरका अध्यक्ष समीरलाल डंगोलले बताउनुभयो । बालबालिकालाई न्यानो कपडा वितरण गरेपछि प्रतिक्रिया दिँदै मिस नेपाल खतिवडाले आफुले जितेको उपाधीको प्लेटफर्म सामाजिक कार्यमा प्रयोग गरेको बताउनुभयो ।
मिस वल्र्डको तयारीमा रहेकी खतिवडा उपाधिको दावेदार रहेको भन्दै उत्साहीत देखिएकी थिईन् ।