काठमाडौं । आफूले धेरै माया गरेको मानिसलाई छोड्नुपर्ने धेरै कारण हुन्छ, जसमा एक–अर्कालाई नबुझ्दा र अरुले लगाएको कुरा माथि सजिलै बिश्वास गर्नु प्रमुख कारण हो । भन्निछ प्रेम र माया लगाउन केहि गर्नु पर्दैन, जहाँ मानिस हुन्छ त्यहाँ प्रेमको आभास हुन्छ । पे्रमको सुरुवातमा आँखा लगाउनु, माया लाग्नु, प्रेम व्यक्त गर्नु, साथै हिड्नु, रिस उठाउनु र त्यसपछि ब्रेकअप हुनु धेरै प्रेमी–प्रेमीकाको कथा यस्तै तरिकाले समाप्त हुन्छ । सामान्यतया, ब्रेकअपपछि, केटा र केटीले एकअर्कासँग दुरी बढाउने र बिर्सिने प्रयास गर्छन् । तर प्रेमीकाले अनौठौं कुराहरु गर्छिन् ।
–सपिङ्गसमान्यता ब्रेकअपपछि, धेरै केटीहरू समय सामान खरिदमा लगाउँछिन । तनाव कम गर्नका लागि आफूलाई सपिङ्गमा व्यस्त राख्ने गर्छिन । तिनीहरूमध्ये केहीले त आफूसँग भएको पूरै रकमको सपिङ्ग गर्छिन ।
–रातीमा साथीसँग कुराकानीअबेर रातिसम्म रक्सी चुरोट प्रयोगपछि केटीले आफ्नो भूतपूर्व पे्रमीलाई कल गर्दै बितेको कूराहरुलाई व्यक्त गर्छिन र फोनमा कुराकानी गरेर भूतपूर्व पे्रमीलाई तनाव दिनेसम्म पनि कार्य गर्छिन ।
–भूतपूर्व पे्रमी के गर्दैछन्ब्रेकअपपछि, केटीहरूको भूतपूर्व पे्रमी अहिले के गर्दै हुनुहुन्छ भनेर जान्ने पनि जिज्ञासा हुन्छ कि उहाँको अरुसँग अफेयर त चल्दै छैन ? फेसबुक, व्याट्सप, भाइवर, इमो र इन्स्टाग्रामको स्ट्याटस हेर्ने पनि उनीहरूको एक महत्वपूर्ण दैनिकी बनेको हुन्छ ।
–सामाजिक संजालमा एकाएक सक्रियब्रेकअपपछि, केटीहरू सामाजिक सञ्जालमा अचानक सक्रिय हुन्छन् । आफ्नो नयाँ प्रोफाईल तस्विर परिर्वतन गर्नु, शायरीहरु शेयर गर्नु पार्टी फङ्सनको फोटोहरू साझा गर्नेमा व्यस्त हुन्छिन् ।
–पहिरनको बारेमा सजगब्रेकअपपछि, धेरै केटीहरु आफ्नो पहिरन चाल–चलन माथि विश्वास र भरोसा हटिसक्छन् जसकारण केटीले समय समयममा आफूले लगाएका लुगा, मेकअपका बोरमा साथीहरुसँग सोधिरहन्छिन् । आफ्नो पहिरन र प्रस्नालिटी राम्रो होस् भन्ने प्रमाणित गर्नमा व्यस्त हुन्छिन् ।
–नयाँ पार्टनर खोज्दैब्रेकअपपछि, नयाँ साथी, नयाँ प्रेमीको खोजी कार्य पनि शुरु हुन्छ । तिनीहरूले हरेक केटालाई आफ्नो जीवन साथीका रुपमा हेर्न थाल्छिन् । तर आफ्नो भूतपूर्व प्रेमी जस्तो भेट्न सक्दैनन् भनेर पनि ढुक्क हुन्छिन् ।
–ब्लक–अनब्लको खेलबे्रकअपपछि, फेसबुकमा, व्याट्सप, भाइवर, इमो र इन्स्टाग्राम जस्ता समाजिक संजालमा र मोबाइलमा ब्लक अनब्लक गर्ने दैनिक जागिर जस्तै नै बनिहाल्छ ।