काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओली अहिले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ । ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुँदै आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।छातीमा संक्रमण देखिएको तथा शरीरमा चिनीको मात्रा कमी देखिएपछि ओलीलाई सोमबार बिहान मनमोहन मेमोरियल अस्पताल भर्ना गरिएको हो ।
प्रधानमन्त्री ओली अस्वस्थ भएको खबरसँगै सामाजिक सञ्जालमा ओलीका शुभचिन्तकहरुले स्वास्थ्य लाभको कामना गरिरहेका छन् । यस्तै क्रममा कतिपय कलाकारहरुले पनि उनको स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । प्रधानमन्त्रीको स्वास्थ्य लाभ गर्दै कुन कलाकारले के त ?
राष्ट्रियसभाकी सांसद एवं गायिका कोमल ओलीले शिक्षण अस्पतालको बिज्ञप्ती सार्वजनिक गर्दै लेखेकी छन्न्, ‘सम्माननीय प्रधानमन्त्रीज्युको स्वास्थ्यमा क्रमिक सुधार भैरहेको अस्पताल द्वारा जानकारी । उहाँको शिघ्र स्वास्थ्यलाभको कामना ।’
हाँस्यब्यङ्ग्यकार मनोज गजुरेलले प्रधानमन्त्री ओलीको हँसिलो फोटो फेसबुकमा राख्दै ‘गेट वेल सुनः सिघ्र स्वास्थ्य लाभको कामनाप्रधानमन्त्री केपी शर्मा ओलीज्यु’ भनि लेखेका छन् ।
उता हाँस्यब्यङ्ग्यकार जितु नेपालले पनि प्रधानमन्त्री ओलीसँगको तस्विर राख्दै ‘सम्माननीय,प्रधानमन्त्रि ज्युको सिघ्र स्वास्थलाभको कामना गर्दछु’ भनी लेखेका छन् ।
यस्तै अर्का हाँस्यकलाकार केदार प्रसाद घिमिरेले ओलीको एकल तस्विर राख्दै लेखेका छन्, ‘शिघ्र स्वास्थ्यलाभको कामना सम्माननीय प्रम ओली ज्यू ।’
चलचित्र निर्माता तथा कलाकार निर्मल शर्मा ‘गैँडा’ले पनि ‘सम्माननीय प्रम केपी ओली ज्यूको शिघ्र स्वास्थ्य लाभको कामना’ भनी फेसुबकमा पोस्ट गरेका छन् ।
हाँस्यकलाकार
दीपक आचार्य ‘काकु’ले पनि एक तस्विर सामाजिक सञ्जालमा राख्दै 'Get well soon honorable prime minister K.P. Sharma Oli.' भनी लेखेका छन् ।
प्रधानमन्त्री ओलीलाई कार्डियोलोजी विभागको आइसियूमा भर्ना गरिएको र अवस्थामा सुत्राधार हुँदै आएको अस्पताल प्रशासनले जानकारी गराएको हो । प्रधानमन्त्रीको उपचारमा मनमोहन मेमोरियल अस्पतालका कार्डियोलोजी विभाग प्रमुख प्राध्यापक डा. अरुण सायमीको नेतृत्वमा डा. दिव्या सिंह र डा. सन्त दास सहित ३ सदस्यीय चिकित्सक टोली गठन गरिएको छ ।