काठमाडौं । नायिका सञ्चिता लुइँटेल केही समय विश्रामपछि पुनः ठूलो पर्दामा देखिने भएकी छिन् । २ वर्षअघि चलचित्र ‘राधा’ प्रदर्शनपछि सञ्चिताको कुनै पनि चलचित्र प्रदर्शनमा आएका छैनन् ।
सञ्चिता अभिनित चलचित्र ‘गुनगुन’ को दोस्रो गीत सार्वजनिक भएको छ । सामाजिक कथामा निर्माण भएको चलचित्रको ‘चम्क्यो तारा चमक्क’ बोलको गीतमा सञ्चिता लुइँटेल र सन्नी ढकाल प्रस्तुत भएका छन् । यी दुईको प्रेमभावलाई गीतमा चित्रण गरिएको छ । भिडियो हेर्नुहोस्ः
https://www.youtube.com/watch?v=fmh1Sssbk_8
गीतमा प्रदीप भट्टराईको शब्द, विकास चौधरीको संगीत र मेलिना राई तथा दौलत रार्इको स्वर छ । गीतको भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् ।
सामाजिक कथाबस्तुमा निर्माण भएको चलचित्र कात्तिक ३० गते प्रदर्शनको तयारीमा छ । चलत्रिच ‘गुनगुन’मा सञ्चिता र सन्नीसँगै निर्देशक तथा निर्माता पुकार भट्टराई, नायक सुवास मेचे, रविन्द्र प्रताप सेन, नवीन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भीम मैनाली, बालदीप राई, विपिन प्रसाईलगायतको अभिनय छ ।