काठमाडौं । बडादशैँ बिदा भएको छ । तिहार आउँदैछ । वर्षमा एकपटक आउने पर्वमा पाइने बिदामा पत्रकार पनि समाचार लेख्न छाडेर घर जान्छन् । बिदा मनाउँछन् । यसपटक दशैँमा पत्रकारहरुले गरेको रमाइलोलाई सामाजिक सञ्जालमा राखेका छन् । उनीहरुले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्बिरलाई हामीले संग्रह गरेका छौँ र पहिलोपटक १० पत्रकारका तस्बिर प्रकाशन गरेका छौँ ।
छोडेन बरिलै घाँसदाउराले । गगनशीला खड्का, पूर्व केन्द्रीय सदस्य, प्रेस चौतारी नेपाल, गुल्मी
हो हो तारे–हो हो माले हो हो । नरेन्द्र उपाध्याय, रेडियोकर्मी एवम् शिक्षक, बझाङ
धान भित्र्याउने चटारो । मोहन बास्तोला, प्रमुख, कार्यक्रम घटना र विचार, रेडियो नेपाल
दशैँका बेला खेताल छैन, आफैँ धान काट्नै प¥यो । शंकर खनाल, अन्नपूर्ण पोष्ट दैनिक, नेपालगञ्ज
बारीमा फलेको तरकारी । के एल पीडित, पत्रकार, चलचित्रकर्मी, दाङ
यो काम पनि सजिलो छैन है ! रमेश तिमिल्सिना, पत्रकार, ललितपुर
जसको जोत, उसकै पोत । प्रभात चलाउने, पूर्वसचिव, नेपाल पत्रकार महासंघ
लोप हुनै लागेको कोल छ हाम्रो घरैमा । ईन्द्र रिजाल, पत्रकार, नेपालबहस डटकम
अनुभव दाउराको भारी बोकेको । सुष्मा पौडेल, पूर्व केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ, पोखरा
सुनकोशीमा आइपुगेपछि यसरी सूर्यलाई पानी चढाइन्छ । डण्ड गुरुङ, समाचार संयोजक, एबिसी टेलिभिजन