आनन्द गुरुङकाठमाडौं । निष्पक्ष, तटस्थ, पारदर्शी र कर्तव्यनिष्ठता सेनाको पर्याय हो । मुलुक र जनताको रक्षापंक्ति सेनामा आर्थिक भ्रष्टाचार हुनु मुलुककै दुर्भाग्य हो । नेपाली सेनाको सिपाही भर्नामा मोटो रकम असुलिएको खुलासा भएपछि अधिकृतसहित करिब दुई सय सैनिक कर्मचारी कारबाहीमा परेका छन् ।
२०७४ मा सेनाको तल्लो तहको विभिन्न विभागमा भर्ना खुला भएको थियो । सेनामा जागिर लगाइदिने प्रलोभन देखाएर मोटो रकम असुलेको अभियोगमा मध्यपृतना मुख्यालय, हेटौंडामा कार्यरत सेनानी (मेजर) सहित १ सय ८० सैनिकमाथि ‘कोर्ट मार्सल’ गर्न लागिएको हो ।
https://www.youtube.com/watch?v=PMUffZ71fr4&t=53s
कारबाहीमा परेकाहरु देशभरका पृतना, बाहिनी, शिक्षालय, गण, गुल्ममा कार्यरत छन् । मानवअधिकार उल्लंघन, बहुविवाह, चेन अफ कमाण्ड उल्लंघन, कार्यालय समयमा मादक पदार्थ सेवन गरेर अभद्र व्यवहार प्रदर्शन, लागू पदार्थ ओसारपसारलगायत अभियोगमा पनि ठूलो संख्यामा अधिकृत, पदिक र अन्य दर्जाका कर्मचारीमाथि कोर्ट मार्सल गर्न लागिएको हो ।