संयोग नेपालकाठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल प्रयोकर्ताको संख्यामा भारी बृद्धि भएको छ । केहि बर्षसम्म शहरबजार केन्द्रित सर्वसाधारणले मात्र चलाउने सामाजिक सञ्जाल आजकल गाउँगाउँका सर्वसाधारणले चलाउने गर्छन् । सामाजिक सञ्जालमा प्रयोगकर्ताको बृद्धिसँगै सेलिब्रेटीहरुको सामाजिक सञ्जालमा फ्यानहरुको संख्यामा पनि भारी बृद्धि भएको पाउन सकिन्छ ।
सामाजिक सञ्जाल अन्र्तगत पनि बिशेषगरी नेपालमा फेसबुक प्रयोगकर्ताको संख्या उच्च छ । फेसबुक प्रयोगकर्ताको संख्या बढेसँगै नेपाली सेलिब्रेटीहरुको फ्यानपेजमा पनि लाइक बढेको बढ्यै छ । सेलिब्रेटीहरुलाई पनि शुभचिन्तकमाझ आफ्ना सन्देश पु¥याउनको ला िफेसबुकले एकदमै सहज बनाईदिएको छ । पहिलो आफ्ना कुरा भन्नको लागि टेलिभिजन, रेडियो वा पत्रिकालाई नै भर पनुपर्ने सेलिब्रेटीहरु आजकल फेसबुकमार्फत छिनको छिनमै शुभचिन्तकमाझ पुग्न सक्छन् । आज हामी फेसबुकमा सबैभन्दा धेरै फ्यान भएका ५ जना सेलिब्रेटीको बारेमा जानकारी दिन गइरहेका छौँ ।
५. सुष्मा कार्कीबोल्ड र बिन्दास नायिकाको छवि बनाएकी सुष्मा कार्की फेसबुक लोकप्रियताका आधारमा पाचौँ नम्वरमा छन् । उनको भेरिफाइड पेजमा ८ लाख १० हजार भन्दा बढिले लाइक गरेका छन् । कार्की दर्शकमाझ कामुक नायिकाको रुपमा परिचित छन् । कार्यक्रम प्रस्तोता, मोडल हुँदे चलचित्र जगतमा छिरेकी कार्कीले ‘मेरो एउटा साथी छ’ बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी हुन् । सुष्माले अभिनय गरेका हरेक चलचित्रमा बोल्ड सीनहरु देख्न सकिन्छ । ‘ब्याच नम्वर १६’ र ‘लुट’ चलचित्रको ‘उध्रेको चोली’ गीतमा अभिनय गरिसकेपछि उनको चर्चा झनै चुलिएको थियो । चलचित्र निर्माता बन्ने सोच बनाएकी नायिका कार्की अहिले भने चलचित्र क्षेत्रबाट केही टाढा रहेकी छन् ।
४. केकी अधिकारीनायिका केकी अधिकारी नेपाली चलचित्र क्षेत्र चल्तीकी नायिका हुन् । शालिन व्यक्तित्वकी धनी अधिकारीको अभिनय क्षमता समेत अब्बल मानिन्छ । यद्यपी उनले अभिनय गरेका कुनैपनि चलचित्रले अहिलेसम्म राम्रो कमाई भने गर्नसकेको छैन । गतबर्ष प्रदर्शनमा आएको उनकै निर्माणमा बनेको चलचित्र ‘कोहलपूर एक्सप्रेस’ले भने केकीलाई केहि राहत दियो । तर चलचित्रले अपेक्षाकृत ब्यापार भने गर्न सकेन । केकीको भेरिफाइड पेजमा ८ लाख ७३ हजार भन्दा बढि लाइक छ । केकीले पेजमा प्राय जस्तो दैनिक एउटा पोस्ट गरेकै हुन्छिन् । उनी फेसबुकमा प्राय आफ्ना तस्बिर, आफु ब्राण्ड एम्बेस्डर रहेका उत्पादनका बिज्ञापन र आफुले अभिनय गरेका चलचित्रको बारेमा पोस्ट गरिहेका हुन्छन् । फेसबुकलाई नै चर्चा र लोकप्रियताको आधार मान्ने हो केकी नेपालकी चौथो सर्वाधिक चर्चित र लोकप्रिय नायिका हुन् ।
३. नम्रता श्रेष्ठनम्रता श्रेष्ठ नेपाली चलचित्र उद्योगकी सुन्दर नायिकामा पर्दछिन् । करिअरलाई झण्डै तहसनहस पारेको ‘सेक्स स्क्याण्डल’लाई बिर्साउँदै नम्रताले जसरी फड्को मारिन्, त्यसलाई जति प्रशंसा गरेपनि पुग्दैन । श्रेष्ठको भेरिफाइड पेजमा १४ लाख ३५ हजार भन्दा बढि लाइक छ । फेसबुकमार्फत नम्रताले आफ्ना दैनिकी र केहि अवसरको तस्विर र भिडियोहरु पोस्ट गरिरहेकी हुन्छिन् । ‘सानो संसार’ चलचित्रबाट नेपाली चलचित्र उद्योगमा डेब्यु गरेकी नम्रता श्रेष्ठले कयौं चलचित्रमा काम गरि सकेकी छन् । उनले अभिनय गरेका चलचित्रहरु प्रायजसो सफल पनि भइरहेका छन् । अहिले नम्रता चलचित्र ‘प्रसाद’को पोस्ट प्रोडक्सनको काममा ब्यस्त छिन् । चलचित्रमा उनी निःसन्तान अभिभावकको भुमिका देखिएकी छिन् । चलचित्रमा उनको जोडीको रुपमा अभिनेता बिपिन कार्की छन् ।
२. प्रियंका कार्कीप्रियंका कार्की यतिखेर सबैभन्दा बढि मिडियामा छाउने नायिका हुन् । वर्तमानमा धेरै व्यस्त र लोकप्रियताको ग्राफमा उक्लिरहेकी कार्कीलाई कहिलेकाँही बिवादले पनि छोड्दैन । प्रियंका भेरिफाइड फेसबुक पेजमा २२ लाख भन्दा बढि लाइक छ । अमेरिकाबाट चलचित्र सम्वन्धी अध्ययन गरेकी प्रियंकाले नेपाली चलचित्र क्षेत्रमा नृत्य र अभिनयमा राम्रो छाप पार्न सफल छन् । प्रियंका आफ्नो फेसबुक पेजमा चलचित्रका प्रोमोशनको साथमा आफ्ना दैनिक गतिबिधीहरुको फोटो र भिडियो पनि पोस्ट गरिाख्छिन् । पछिल्लो समय आफुभन्दा ५ बर्ष कान्छा अभिनेता आयुष्मान देशराज जोशीसँग इंगेजमेन्ट गरेकी प्रियंकाको ‘चङ्गा चेट’ नामक चलचित्र प्रदर्शनमा आउँदैछ । चलचित्र आयुश्मान र प्रियंका दुवैलाई देख्न सकिन्छ ।
१. रेखा थापारेखा थापा नेपाली चलचित्र उद्योगमा ‘सुपरस्टारडम’को ल्याकत राख्ने नायिका हुन् । उनको चलचित्रमा नायक को हुन्छन भन्ने कुराले खासै महत्व राख्दैन् । उनको नामै चलचित्र सफल हुन पर्याप्त हुने गरेको छ । उनको भेरिफाइड पेजमा ३१ लाख ९९ हजार लाख भन्दा बढि लाइक छ । रेखा थापाको पेजमा जति लाईक नेपालका अरु कुनै ब्यक्तिको पेजमा छैन । रेखा थापा फाउण्डेसनबाट समाजसेवा र रेखा फिल्मस्बाट चलचित्र निर्माणमा सक्रिय रहेकी थापा राजनैतिक रुपमा समेत सचेत नायिका मानिन्छन् । पछिल्लो समय रेखा आफैँले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘मालिका’को प्रचारमा ब्यस्त छिन् । चलचित्रमार्फत रेखाले महिला हिंसा र त्यसबिरुद्धको आवाज शशक्त बनाएकी छन् ।