काठमाडौं । गायक, नायक तथा भिजे आयुष्मान खुराना बलिउडमा चर्चित नाम हो । हालसालै आयुष्मानको फिल्म ‘बधाई हो’ रिलिज भएको छ । फिल्मले भारतमा मात्र नभएर भारतबाहिर पनि गज्जबको कमाई गरेको छ ।
आयुष्मानले फिल्मी करिअरको सुरुवात ‘विक्की डोनर’बाट गरेका हुन् । फिल्म आयुष्मानको लागि भाग्यमानी पनि सावित भयो । हालै आयुष्मानले फिल्मसँग जोडिएको रमाईलो कुराको खुलासा गरेका छन् ।
आयुमानले नेहा धुपियाको च्याट शो ‘नो फिल्टर नेहा’मा फिल्म र आफ्नो निजी जीवनको बारेमा गज्जबको खुलासा गरेका छन् । शो को दौरान आयुष्माले ‘विकी डोनर’ फिल्म गरेपछिको कहानी सुनाएका छन् ।
फिल्मले आयुष्मानलाई नाम र इज्जत त दियो तर उनको बैवाहिक जीवन भने तहसनहस बनाइदियो । फिल्ममा आयुष्मानले नायिका यामी गौतमको साथमा एउटा किस सीन गर्नुपर्ने थियो । त्यही किस सीनको कारणले उनकी पत्नीले उनलाई ३ वर्षसम्म छोडेकी थिईन् ।
आयुष्मान खुरानाको साथमा नायिका यामी गौतम
फिल्मको पुरै स्क्रिप्ट हेर्दा केहि नभनेकी श्रीमतीले नायिकासँग किस सीनको कुरा सुनेपछि आयुष्मानको साथ छोडिदिएकी थिईन् । त्यहि किस सीनको कारणले आफ्नो जीवनमा एकदमै नराम्रो समय आएको आयुष्मानको भनाई छ ।
आयुष्मानको प्रेम बिवाह भएको हो । १६ वर्षको उमेरमा उनीहरुको एउटा कोचिङ क्लासमा भेटेका थिए । ११ वर्ष प्रेममा रहेका उनीहरु फरक फरक पेशामा संलग्न छन् । तर यसको प्रभाव उनीहरुको जीवनमा परेको छैन । आयुष्मानले यसको सबै हकदार श्रीमती भएको बताउँछन् ।
आयुष्मान श्रीमती ताहिरा एकदमै समझदार भएको बताउछन् । लामो समय छुट्टिएर रहेपछि ताहिरा अब मुम्बईमा आयुष्मानकै साथमा बस्न थालेकी छन् । ताहिरा लेखिका तथा लेक्चरर हुन् । आयुष्मान र ताहिराको २ वटा बच्चाहरु पनि छन् ।