काठमाडौं । सामाजिक सञ्जालमा नयाँ–नयाँ पात्र आइरहन्छन् । हरेकले आफूमा भएको क्षमता प्रदर्शन गर्ने सहज प्लेटफर्म हो सामाजिक सञ्जाल । कोही आफ्नो अश्लील हर्कत देखाउँछन् त कोही क्षमता देखाउँछन् ।
यस्तैमा पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक, युट्युबमा एउटा नयाँ पात्रको प्रवेश भएको छ । पात्र हुन् लाहुरेनी । उनको १६ मिनेटको भिडियो फेसबुकमा पोष्ट भएपछि सामाजिक सञ्जालमा काउली बुढी (सन्ध्या बुढा)जस्तै एकाएक चर्चा हुँदैछ ।
लाहुरेनीको चर्चा यस अर्थमा पनि भएको छ कि, कलाकारितासँगै थोरै अश्लीलता पस्केर चर्चा बटुल्न चाहने कलाकार ज्योति मगर, तिर्सना बुढाथोकी र सरस्वती तामाङलाई अश्लील नबन, खुर्मीले काटेर रगत खान्छु भनेपछि धेरैले लाहुरेनीलाई रुचाएका छन् । हेर्नुहोस् भिडियोः
https://www.facebook.com/amir.marpache/videos/472264916607845/UzpfSTM5NDE3ODg3MDk4NTYyMDo0NzI1NjMxMjY0ODA1Mjc/
को हुन् लाहुरेनी ?
लाहुरेनीको भूमिकामा देखिने कलाकारको नाम हो मिलन सुनुवार । उनको घर रामेछाप हो । पाँच वर्ष भयो उनी कलाकारितामा लागेको, यसैमा भविष्य खोजिरहेको । उनी खासमा म्युजिक भिडियो निर्देशक हुन् । उनले निर्देशन गरेका म्युजिक भिडियो म्युजिक नेपालको युट्युब च्यालनमा उपलब्ध छन्:
https://www.youtube.com/watch?v=IKYzK-xDzOE
लाहुरे हुन १ इन्च पुगेनग्लामर, रमाइलो, नाम त छदैँछ । तर दाम भनेजस्तो छैन । त्यसैले मिलन लाहुर जाने सोचमा पुगे । केही वर्ष बाहिर बस्ने सोचसहित लाहुरे हुने तालिम लिन पुगे । तालिम नै लिएर लाहुरे हुने रहर उनको त्यतिखेर तुहियो, जब तालिममा जाँदा उचाइ एक इन्च पुगेन । अनि सोचे, ‘अब लाहुरेनी हुन्छु, कलाकारितामै रमाउँछु ।’ अनि उनी अहिले लाहुरेनीको भूमिकामा देखिन थालेका हुन् ।