विमल खड्का
काठमाडौं । शरीर तीन टुक्रा परेको अवस्थामा मृत फेला परेका बागलुङ ढाेरपाटन १ का संगिन जिसीको शनिबार दुई महिना पुगेको छ । भदौ १० गते रक्षाबन्धनका दिनदेखि बेपत्ता जिसीको शव स्वयम्भूको जङ्गलमा भेटिएको ६० दिन पुगेको छ ।
महानगरीय प्रहरी परिसर स्वयम्भू अपराध महाशाखालगायतले अनुसन्धान गरे पनि सत्य तथ्य बाहिर ल्याउन सकेको छैन् । ‘प्रहरीलाई फोन गर्यो, फोन उठाउँदैन,‘ जिसीका बाबु निमबहादुरले भन्नुभयो, 'घटनालाई सामान्य किसिमले अनुसन्धान गर्दा अहिलेसम्म हत्यारा पत्ता लागेन ।‘
प्रहरीले भन्छ, ‘अनुसन्धान हुँदैछ ।‘ तर दुई महिनामा पिन कुनै प्गित नहुँदा परिवार निरास छन् । प्रहरीको छानबिनप्रति नै प्रश्न उठेकाे छ । ‘प्रहरी र गृहमन्त्रीले दिएको अभिव्यक्तिले हामीलाई शङ्का बढाएको छ । यदि आत्महत्या हो भने कोही मान्छेले आफ्नो टाउको छिनालेर आत्महत्या गर्छ ? एक हप्तामै शरीर ३ टुक्रा कसरी बन्यो ?‘ निमबहादुरले भन्नुभयाे ।
‘अब प्रहरीले न्याय दे‘ला जस्तो छैन । देशमा जो पीडित छ उ सधैँ पीडित नै हुने भयो,‘ जिसीले भन्नुभयो ।
हत्या कि आत्महत्या ?
महानगरीय प्रहरी परिसर स्वयम्भूका डिएपी होविन्द्र बोगटीका अनुसार जिसीको घटनाका सबै जसो रिपोर्ट आइसकेका छन् । जिसीको पोस्मार्टम रिपोर्ट, भिसेरा परीक्षण, तथा सोधबुझ गरिसकेकाले हत्या नभई आत्महत्यातिर ध्यान केन्द्रित भएको बताउनुभयो ।
‘हामीले शंकाशपद व्यक्तिलाई पनि दाेश्रो चरणमा लिएर अनुसन्धान गरिरहेका छौँ । तर पनि कुनै खास नयाँ कुरा आएको छैन । अझै हामी अनुसन्धान गरिरहेका छौँ,‘ बाेगटीले भन्नुभयाे, ‘पोष्टमाटममा संलग्न टिचिङ अस्पतालका डाक्टरहरूसँग पनि बसेर ३ पटक सल्लाह गर्याैं ,पाेष्टमार्टम रिपोर्ट, भिसेरा परीक्षणको रिपोर्ट पनि हेर्याैं तर हत्या भएको रिपोर्ट देखिएन ।‘