जीवनमा अहिलेसम्म गरेको आर्जन साथी र अनुभव नै हो । विदेश यात्रामा जाँदा मनोरञ्जन र आनन्द मात्र होइन, हरहिसाबले बढी फाइदा लिने प्रयत्न र प्रयास हुनेछ । यसपटकको यात्रामा यही पाटो आत्मसात् गर्दै यात्रालाई विविध हिसाबले सार्थक र सफल बनाएँ ।
मिक्स मार्सल आर्टको विश्व च्याम्पियनसीपमा सहभागिता देखावटी योजना र कार्यक्रम न थियो । योसँगै अदृश्य योजना र कार्यक्रम एथेन्स आएपछि मात्र कार्यान्वयन गरेँ । एक हिसाबले भन्दा मेरो यसपालिको यात्रा पशुपतिको जात्रा सिद्राको व्यापारजस्तै भयो । रोडेस प्रतियोगिता भ्याउनु, एथेन्समा खेलको तीनदिने तालिम र पाँचौँ डिग्रीका लागि जाँच दिनुले यही उखानलाई चरितार्थ गरिसकेको थियो । ग्रीस प्रस्थान एक हप्तापूर्व आफू विश्व प्यान्क्रेसन एथ्लिमा महासंघको प्रधान कार्यालय एथेन्समा संक्षिप्त भ्रमणका लागि आउन लागेको, त्यहीबेला महासंघका पदाधिकारीसँग भेटघाट र बैठकसाथै विशेष प्रशिक्षण र पाँचौँ डिग्री जाँचबारे प्रधान कार्यालयको सचिवालयलाई पूर्व जानकारी गराएँ । विद्युतीय पत्रमार्पmत पठाएको जानकारी महासंघको प्रधान कार्यालयले सकारात्मक रूपमा लिई जवाफ पठायो ।
अत्यन्त उत्साहका साथ ग्रीस हान्निएको थिएँ । एउटा देशको प्रमुख प्रशिक्षक, अन्तरराष्ट्रिय रेफ्री अनि सोही खेलको राष्ट्रिय संघको महासचिव नै प्रधान कार्यालय र तालिम केन्द्र भ्रमण गर्ने र प्रशिक्षण लिने कुराले कार्यालयको सचिवालय पनि अत्यन्त गम्भीरताका साथ तयारीमा जुटेको देखिन्थ्यो । सचिवालयले निरन्तर सम्पर्क गरी अपडेट लिँदै निर्देशन दिइनुबाट पनि पुष्टि हुन्छ ।
सचिवालय निर्देशनबमोजिम एथेन्स एयरपोर्टको पाँच नम्बर गेटबाट बाहिरिँदै एक तल्लाको भ¥याङ ओर्लिएँ । सेन्ट्रल एथेन्सका लागि ६ युरोको टिकट काटेर सिटी बस चढ्यौँ । झण्डै सवा घण्टा यात्रामा सेन्ट्रल एथेन्स पुगियो । बसबाट ओर्लेर लगेज घिसार्दै ट्राभल इन्फरमेसन सेन्टर खोजेँ । १५ मिनेट प्रयासपछि पर्यटकीय सूचना केन्द्र भेटियो । र, त्यहाँबाट एथेन्स शहरको नक्सा निःशुल्क पाएँ । त्यही नक्साको सहारामा शहर घुम्दै १५ दिन अगाडि बुक गरेको होटल खोज्न लागेँ । बुक गरेको होटल त सेन्टरबाट ५५ किलोमिटर टाढा पो रहेछ । हरेक हिसाबले सरल, सहज र सुविधायुक्त हुनाले केन्द्रतिरै बस्ने र त्यो होटलमा नजाने निर्णयमा पुगेँ । र, नजिकैको ठाउँमा होटल खोज्न लागेँ । खोज्दै जाने क्रममा सेन्टरबाट मात्र ५ मिनेटको पैदल दूरीमा रहेको एउटा स्टुडेन्टस इन सस्तो होटल भेट्टाएँ । प्रतिरात खाना–खाजाबाहेक ४५ युरो तिरेर होटलमा बस्यौँ । लगेज ११ नम्बर कोठामा राखेर नुहाइधुवाईपछि पुनः Syngtama Square तिर घुम्न निस्कियौँ । चोकमा निस्केपछि बिहानको खानाका रूपमा KFC केएफसी बर्गर खाएर हेडक्वार्टर आइपुगेको जानकारी गराउन ग्रीसको स्थानीय मोबाइलको सिम कार्ड किन्न भोडाफोन पसलतिर लाग्यौँ । हेडक्वार्टरमा सम्पर्क गरेँ । दुई रिङमै फोन उठ्यो र आवाज आयो ।
त्यसपछि एक घण्टापछि WFPA का महासचिवसहित onatsiraki Square मा भेट्ने र Headquarter लिएर जाने प्रस्ताव आयो । मेरो आँखा हातमा समाइराखेको नक्सामा पुग्यो । एकैछिनमा नक्साको सहायताले नतासाले दिएको ठाउँ पत्ता लगाएँ । तर हिँडेको बाटो गलत परेकाले त्यो ठाउँमा निर्धारित समय भन्दा आधा घण्टा ढिलो पुगेँ । यसका लागि महासचिव र नतासासँग माफी मागेँ । चोकमा भेटनेबित्तिकै परिचय शुरू भयो । नतासाले महासचिवसँग परिचय गराइन् । त्यसपछि WFPA महासचिव पान कानेलोपुलोस, नतासा र म महासचिवको गाडीमा बसेर WFPA प्रधान कार्यालय प्रस्थान गर्यौँ । कार्यालय पुग्नेबित्तिकै Pankration training तथा fitness center का मेनेजर Maria ले स्वागत गरिन् । त्यहाँ भएका सबै कोच र खेलाडीसँग मारियाले परिचय गराइन् । संक्षिप्त बैठकपछि मेरो विशेष प्रशिक्षण शुरू भयो । तीनघण्टाको प्रशिक्षणपश्चात मेट्रो ट्रेन चढेर एक्लै होटल फर्किएँ । यात्रा, बैठक, प्रशिक्षण सबैको भारले थाकेको हुँदा भोलिपल्ट ब्युझिँदा त बिहान ८ बजिसकेको थियो । झ्यालको पर्दा खोलेको त, सधैँ तस्बिरमा मात्र देखेको ग्रीसको पुरातात्विक सम्पदा एक्रोपोलिस प्रत्यक्ष देखेँ । त्यो त मेरो होटलकै पछाडि १० मिनेटको पैदल दूरीमा रहेछ ।
त्यसपछि त मेरो मन त्यतैतिर कुद्न थाल्यो । नकुदोस् पनि कसरी ? अघिल्लोपटक भ्रमणमा हेर्न छुटेका विश्व इतिहासमा पढेको प्राचीन मानवसभ्यताको सम्पदा हो यो । जुन अहिले भग्नावशेष छ । त्यो दिन खाजा त के चियासमेत नपिई निस्कने तयारीमा लागेँ । होटलको रिसेप्सनमा आएर त्यहाँको स्टाफलाई एक्रोपोलिस जान चाहेको बताएँ । कसरी ? कहाँबाट जाने होला जिज्ञासा राखेपछि नक्सामा पेनले चिन्हसमेत राखेर बाटो देखाइदिए । त्यसपछि म लम्केर गएको त त्यसको फेदीम पुगेँ । तर त्यो ठाउँ एथेन्सको १२०० मिटर उचाइमा रहेको चट्टानको गढीमा बनाइएको हुँदा माथिसम्म पुग्न भने आधाघण्टा लाग्यो । उकालो चढ्दै जाने क्रममा बाटोमा अवलोकनका लागि आएका पर्यटक र अवलोकनकर्ताको भीड देख्दा छक्क परेँ । टिकट काट्न झण्डै आधाघण्टा नै लाइनमा उभिएँ । २० युरो (नेपाली २६०० रूपैयाँ) को प्रवेश टिकट काटेर भित्र छिरेँ । यसैक्रममा त्यहाँका कर्मचारीसँग अवलोकनमा आउने मानिसको दैनिक संख्या सोध्दा दैनिक २० हजारको हाराहारीमा आउने गरेको बताएँ । उकालो चढ्दै जानेक्रममा बेलाबेला पछाडि फर्केर उचाइबाट देखिने एथेन्स शहरको सुन्दर र मनमोहक दृश्य नियाल्ने र त्यसलाई मोबाइलमा कैद गर्ने काम गर्दै गएँ । एक्रोपोलिस टपमा पुगेपछि फोटो खिच्ने काम गरेँ । झण्डै एकघण्टा बिताइसकेपछि ट्रेनिङका लागि चाँडै आउन मास्टरले अघिल्लो दिन भनेको कुरा सम्झिन पुगेँ । १५ मिनेटमै मोनासिराकी स्क्वायर आइपुगेँ । हल्का केही खानेकुरा खाएर ट्रेनिङ्ग गर्ने कपडा लिन होटल गएँ । होटलबाट झोलासहित आवश्यक कपडा राखी त्यही स्क्वायर गएँ । अघिल्लो दिन बनेको योजनाबमोजिम मलाइ लिन क्रिस्टियाना आइपुगिन् । त्यसपछि हामी दुवै मेट्रो चढेर टे«निङस्थल लाग्यौँ । विशेष तरिकाले तालिम दिन मास्टरले २ जना पुलिस अफिसरलाई खटाएका रहेछन् । तीमध्ये एकजना जो ग्रीसको राम्रो प्रशिक्षकमा गनिन्छन् । उहाँहरूसँगको ट्रेनिङ त अत्यन्तै चाखलाग्दो र रमाइलो भयो । बसाइ छोटो र त्यो अवधिमा धेरै काम गर्नुपर्ने भएकाले आजबाट ट्रेनिङ दैनिक ५ घण्टा हुन थाल्यो । नयाँ र उच्च कला र प्रविधि सिक्न पाउँदा रत्तिभर अल्छी नमानी सिक्न थालेँ । तीनदिन लगातर यसैगरी आधा दिन घुम्ने र आधा दिन तालिम लिँदैमा बित्यो ।
घुम्दा आफुलाई नै लाग्यो कि, मैले एथेन्स पुरै घुमेँ । तर नक्सा पल्टाएर हेर्दा त एथेन्सको जम्मा २% भूभाग मात्र घुमेको रहेछु भन्ने थाहा पाएँ । यसैबाट अनुमान लगाउन सकिन्छ कि बास्तवमा एथेन्स कति विशाल रहेछ ! एथेन्स बसाइको पाँचौँ दिन यात्राको विशेष दिन बन्यो । खेलमा पाँचौँ डिग्री ९छतज म्बल० का लागि जाँच (ग्रेडिङ) थियो । एकघण्टा लिखित र २ घण्टा प्रयोगात्मक गरी ३ घण्टा परीक्षा दिएँ । त्यसपछि फ्रेस हुँदै गर्दा प्राप्ताङ्क जोडेर रिजल्ट तयार भइसकेको रहेछ । मास्टर एवम् महासचिवले बधाई दिनुभयो । ममा खुशीको सीमा नै रहेन । आफु पास भएको खुशीयालीमा बेलुकाको खाना खान आउन प्रस्ताव गर्दा सबै आआफ्नो काममा ब्यस्त हुने भएकाले आउन नसक्ने र पछि खाउँला, यो पालिलाई माफी पाउँ भन्ने जवाफ दिए ।
पाँचौ दिन बसाइपछि मे १५ मा फर्कने तयारीमा थिएँ । एथेन्स पुगेदेखि महासचिव र अध्यक्षज्यूसँग विशेष मिटिङ गर्न खोजेको भए पनि उहाँहरू दुवैको कार्यव्यस्तताका कारण पूरा हुन सकेन । तर आफ्नो अति व्यस्तताका बाबजुद पनि छोटो बैठकका लागि पानकानेलोपुलोस र नतासा एयरपोर्टसम्म आइपुग्नु भयो । उहाँहरूबाट महत्वपूर्ण सहयोग र समन्वयका लागि धेरै धन्यवाद दिँदै आफ्नो संघको भावी योजना र कार्यक्रम सुनाएँ । महासचिवले त्यसका लागि सक्दो सहयोग गर्ने वचन दिनुभयो । र, भने, ‘तिमी अपर्भmट त्यो पनि छोटो बसाइका निम्ति मात्र आउँदा हामीले तिमीलाई आवश्यक सेवा र सहयोग नै गर्न सकेनौं । अब आउँदा पूर्व तयारी र योजनाका साथ २–३ हप्ता नै तालिम गर्ने गरी आउनू ।’ हुन्छ भनेँ । सहमति जनाएँ । अन्त्यमा महासचिवले आफ्नो झोलाबाट निकालेर एउटा पोको दिनुभयो । त्यसपछि खोलेर हेर्न भने, खेल्दा लगाउने कपडा थियो । तिमीलाई उपहार, त्यसपछि MMA/kick boxing fight को नयाँ हाफ प्यान्ट र टिसर्ट पनि दिनुभयो । अप्ठयारो मान्दै धन्यवाद भन्दै लिएँ । अप्ठयारो नलागोस् पनि कसरी ? उपहार लिनमात्र सकेँ, दिन सकिनँ । उनलाई बुझाउन बोकेको उपहार मैले पछिको विचारै नगरी रोडेसमा नै कसैलाई दिएर आइसकेको थिएँ । भेटघाटबीचमा कफी पिउन अनुरोध गरेँ । तर उनीहरू हतारमै भएकाले नखाउँ भने । पछि फर्कने बेला एउटा रहस्य पत्ता लाग्यो । WFPA का महासचिव त एथेन्सको चर्चित मनोविज्ञान कन्सल्टेन्ट रहेछन् । तब न ऊ भेट्नै नसक्ने गरी व्यस्त हुने गर्दथ्यो । एयरपोर्ट चेक इन हुने बेला हतारहतार फोटो खिचेर दुवैले हात मिलाई अंकमाल गर्दै बिदा दिए । फेरि चाँडै भेटने वाचाका साथ बिदा भएँ । चेक इनपछि बोर्डिङका लागि कुरून्जेल मनमा अनेक कुरा खेल्न थाले, मनमनै आपैmँ यात्रा र भ्रमण समीक्षा गर्न थालेँ । यथार्थमा यो यात्रा पशुपतिको जात्रा सिद्राको व्यापार भएको थियो । रोेडेस टापुको MMA विश्वकप त जात्रा मात्र भयो । मुख्य फाइदा हुने काम त एथेन्स आएर पो गरियो । रोडेसमा भन्दा बढी घुमियो–रमाइलो गरियो । तर यति हुँदाहुँदै पनि अझ एउटा ठाउँको भ्रमण नै गर्न पाइएन । खेलाडीको एक मात्र महत्वपूर्ण तीर्थस्थल ओलम्पिया हो । जहाँबाट आधुनिक खेल प्रारम्भ भएको थियो । अब अर्कोपटक आउँदा अवश्य त्यो ठाउँ पुग्ने मनमनै अठोट गर्न थालेँ । यतिकैमा बोर्डिङ (उडान) को समय आयो । लाइन लागेर विमान चढ्न लागेँ । इत्तेहाद एयरको विमान सायद भारत भएर फर्किने भएर होला, झण्डै ५०% यात्रु त भारतीय नै पाएँ । यसबाट भारतीय धेरै मात्रामा ग्रीस भ्रमणमा जाँदा रहेछन् भन्ने थाहा पाएँ । यात्रा पूर्णरूपले सफल हुन विमानमा आपूmसँगै यात्रा गर्ने पनि मिलनसार र सभ्य हुनुपर्छ । खराब यात्रु पर्यो भने यात्रा खल्बलिन सक्छ भन्ने पाठ सिकायो फर्कने बेलाका सहयोगीहरूले ।
भारतीय बढी होहल्ला गर्ने, आपूmलाई ठूलो ठान्ने अनि एयर होस्टेसमाथि असभ्य र अशिष्ट व्यवहार गर्दा रहेछन् भन्ने कुरा पनि यही यात्राबाट थाहा पाएँ । सँगै अनि अगाडि पछाडि बसेका भारतीय यात्रुको व्यवहार र क्रियाकलापले ग्रीसदेखि नेपाल आउँदाको १० घण्टा यात्रा १० वर्षको जस्तो बनायो । यो अवधिमा म कति छट्पटिएँ होला । कति तड्पिएँ होला । जमीनमा भए त कठालो समातेर १–२ मुक्का दिएरै ठीक पार्थेँ । तर के गर्ने आकाशमा उडिरा’छु । झगडा गर्न त नियमले पनि दिएन ।यतिकैमा बिमान अबुधावी हुँदै दिल्लीस्थित इन्दिरा गान्धी इन्टरनेशनल एयरपोर्टमा केही क्षणका लागि अवतरण गर्यो । सबै यात्रु निस्किए म पनि नेपाल आउने प्लेन चढ्न फ्लाइट ट्रान्सफरतिर लागेँ । छेवैको यात्रुले बाइबाइ भन्दा जवाफसम्म नफर्काइ हिँड्यौं । त्यसले सायद मसँगै बसेर बढी होहल्ला गरेको कारण रिसायो भन्ने थाहा पायो कि । ऊ पनि फेरि दोहरयाएर नबोली चुप लागेर लुरूलुरू गयो । चार घण्टा विश्रामपछि जेट एयरको बिमान चढेर साढे एक घण्टामा काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेँ । जेट एयरको विमान कहिल्यै नचढ्ने ६ वर्षअघिको प्रतिज्ञा पनि यही यात्रादेखि भंग भयो । थाहा पाएँ कि, समय बलवान छ । यो कसैको काबु र नियन्त्रणमा रहँदैन । समयले फेरि एकपटक जेट विमान चढ्न बाध्य बनायो ।
यो पनि पढ्नुहोस्ःयात्रा संस्मरणः ओहो ग्रीस, ओहो सुन्दरी नानीहरु
https://45.77.241.73/2018/10/71921