–रुपक कुलालकाठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचन हत्या प्रकरणमासंलग्न मुख्य ३ सुटर एक वर्षपछि पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले गोली प्रहार गरी फरार सार्प सुटर अम्बरबहादुर राना मगर, लोप्साङ राई र रोशन बुढाथोकीलाई झापाको काँकडभिट्टाबाट पक्राउ गरेको हो ।
२०७४ असोज २३ गते सोमबार नयाँ बानेश्वरस्थित ठूलो खरिबोटमा गौचनमाथि गोली प्रहारमा तीनै जना संलग्न भएको प्रहरीको दाबी छ । बानेश्वरको प्रयाग चोकमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनलाई गोली प्रहार गरिएको थियो । पक्राउ परेका तीनै जनालाई महाशाखाले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
अमरबहादुर राना सेनाका भगौडा हुन् । आपराधिक समूहमा सामेल भएपछि उनी सार्प सुटर बनेका थिए । २०७३ पुस ४ गते युवा संघ नेपालका रुपन्देही जिल्लाका कार्यबाहक अध्यक्ष दुर्गा तिवारी हत्या, यस्तै गौरीघाटमा गुन्डा नाइके दावा लामालाई घाइते हुने गरी गोली प्रहार र गौचनको हत्यामा राना संलग्न रहेको महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए ।
लोप्साङ लामासहित तीन सार्प सुटर समातिएको घटनासहित जनता टेलिभिजनको कार्यक्रम ‘सिएमडब्लु’ को यो एपिसोड हेर्नुहोस्ःhttps://www.youtube.com/watch?v=jUA_KkbND2w
यसरी विस्तार भएको रहेछ समीरमान बस्नेतको नेक्ससप्रहरीले पक्राउ परेका तीनै जना गुण्डा नाइके समिरमान सिंह बस्नेतका सहयोगी भएको जनाएको छ । उनीहरु समिरमानकै निर्देशनमा आपराधिक काममा संलग्न रहँदै आएको प्रहरीको दाबी छ । तीन जनामध्ये अम्बर बहादुर राना गुन्डा नाइके समिरमान सिंह बस्नेतका विश्वासपात्र भएको प्रहरी अनुसन्धानमा खुलेको छ । पक्राउ गरेका लोप्साङ भनिने झापा बिर्तामोडका सोम तामाङ पनि समीरमान बस्नेत समूहका सार्प सुटर हुन् । लोप्साङ विदेशमा बसेर नेपालमा रहेका व्यक्तिलाई फोनमार्फत् फिरौती माग्थे । तिवारी हत्या प्रकरणदेखि गुन्डा नाइके लामासम्मलाई गोली हानिएको जिम्मेवारी फोनमा लिने लोप्साङ नै थिए ।
प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुन र समीरमानसिंह बस्नेतको मुख्य योजनामा गौचनमाथि गोली प्रहार भएको थियो । गौचन हत्यामा बस्नेतसहित राजीव स्याङतान, शिवजी महतो, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश बुढाथोकी पक्राउ परिसकेका छन् ।
चरी, राधे, दाबा पनि समीरकै टार्गेटमागौचन हत्या आरोपमा कात्तिक १२ गते पक्राउ परेका अभियुक्तहरुले एकपछि अर्को गर्दै हाइप्रोफाइल मर्डर रहस्य खोलेका छन् । पक्राउ परेका रोशन बुढाथोकी, अम्बरबहादुर रानामगर र लोप्साङ लामाको बयानपछि हत्याकाण्डका रहस्य एकपछि अर्को गर्दै खोलेका हुन् । उनीहरुको बयानलाइ आधार मान्ने हो भने समीरमान, कुमार घैंटे, चरी पहिला एउटै समूहमा रहेर गुण्डागर्दी गर्थे । लेनदेन विवाद र चरीको रवाफ बढ्न थालेपछि समीरमानले चरीलाई साइजमा ल्याउन गोली हान्ने योजना बनाएका थिए । गोली हान्न तयार पारिएको थियो अम्बरबहादुर रानामगरलाई । जसलाई गौचन हत्यामा अपराध महाशाखाले पक्राउ गरिसकेको छ । त्यसबेला उनी बहालवाल सेना थिए । अम्बरले बयानमा भनेका छन्, चरीलाई समीरकै योजनामा मैले गोली हानेको हुँ । राधेलाई आर्थिक प्रलोभन देखाएर समीरले आत्मसमर्पण गर्न लगाएका थिए । बहालवाल सेनामै रहेकाले पक्राउ पर्ने र सबै पोल खुल्ने डरले चलाखीपूर्ण तरिकाले राधेलाई समीरमानले आत्मसमर्पण गर्न लगाएको अनुसन्धानबाट खुलेको छ ।
चौथो प्रयासमा मारिए गौचनअपराध महाशाखाले चार जनालाई पक्राउ गरेपछि गौचन हत्याको पर्दा पनि खुल्दै गएको छ । अनुसन्धानअनुसार चार पटकसम्म गौचन हत्या प्रयास भएको थियो । समीरको समूहलाई जसरी पनि आतंक सिर्जना गरेर पैसा असल्नु थियो । समीरको समूहले त्यसपछि टार्गेटमा मिलन चक्रेदेखि गुण्डा नाइके दावा लामासम्म थिए । उनीहरुलाइ मार्ने प्रयास पटकपटक असफल भएको थियो । गुण्डानाइके दावा लामामाथि दिव्य पार्टी प्यालेस एन्ड हस्पिटालिटी गौरीघाटमा जिम गर्न जाँदै गर्दा २०७३ चैत २९ गते गेटमै गोली हानियो ।
दावा घाइते भएपछि ‘घाइते बाघ’लाई राख्नु हुँदैन–सिध्याउनुपर्छ भन्दै फेरि उनैलाई टार्गेट बनाइयो । त्यसको डेढ महिनापछि अम्बरलाई नै दावाको रेकी गर्न पठाइयो । दावा देशबाहिर भएको थाहा पाएपछि योजना सफल हुन सकेन ।
राजदरबारको पेस्तोल गुण्डाको हातमा !समीरकै योजनामा गौचनलाई अम्बरले गोली प्रहार गरेका थिए । गौचनलाई मारे बोराका बोरा पैसा आउँछ भन्दै समीरले आफूलाई गोली हान्न लगाएको अम्बरले स्वीकारेका छन् । गौचन हत्यामा संलग्न अजय थापा र गंगा लिङ्देन अझै फरार छन् । सीआइबीले पक्राउ गरेर सार्वजनिक गर्दा पनि मुख्य योजनाकार समीरले गौचनसँगको लेनदेनको विवाद भएपछि हत्या गरेको बताएका थिए । गौचनको हत्यामा समीरले अम्बरलाई पेस्तोल उपलब्ध गराएका थिए । अर्को पेस्तोल भने भारतबाट ल्याइएको थियो । समीरले उपलब्ध गराएको ९ एमएमको पेस्तोल भने राजदरबारको भएको प्रहरी स्रोतको दाबी छ । दरबारको पेस्तोल कसरी समीरको हातमा पुग्यो भन्ने चाहिँ खुलिसकेको छैन ।
गौचनमाथि तीन गोली प्रहार२०७४ असोज २३ गते सोमबार दिउँसो ३ नबज्दैको घटना हो । बा १३ च ४९४८ नम्वरको गाडी चढेर नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन शान्तिनगरस्थित घरबाट निस्किए । घरबाट निस्केर ३०० मिटर अगाडि बढेका उनको गाडीमा अचानक कसैले ईँट प्रहार ग¥यो । त्यसपछि गाडि रोकियो, त्यसपछि एक जनाले गौचनमाथि गोली प्रहार गरे । गौचनको छाति र पेटमा तीन गोली लागेको थियो । गोली लागेपछि अचेत गौचनलाई मीनभवनस्थित निजामती कर्मचारी अस्पताल लगियो । अस्पताल लगिएको केहीबेरमै डाक्टरले गौचनको मृत्यु भइसकेको घोषणा गरे । यता गौचनको घरपरिवार घरमुलीको मृत्युको खबरले भावविहल बने । घटनालगत्तै प्रहरीले चारैतिर चेकजाँच शुरु ग¥यो । काठमाडौंबाट बाहिरिने सबै नाकामा चेकजाँच शुरु भयो । प्रहरीले गोलीप्रहार भएको घरनजिकैको सिसी टिभी फुटेज केलाउन थाल्यो । सिसीटिभी फुटेजमा हत्यारा भाग्दै गरेको देखियो ।
समातिए समीरमानप्रहरीले घटनाका प्रमुख योजनाकार समिरमानसिंह बस्नेतलाइ २०७४ मंसिर १६ गते चितवनबाट पक्राउ ग¥यो । उनलाइ गौचन र दुर्गा तिवारीको हत्याको प्रमुख योजनाकार भएको प्रहरीले जनाएको थियो । दुवैको हत्या योजना आफूले बनाएको र गोली हान्ने लोप्साङ लामा भएको बयान दिएका थिए ।
गौचन मारिनुका चार कारणप्रहरीले समीरमानसिंह बस्नेतले गौचन हत्या गर्नुको चार कारण खुलाएको थियो । प्रारम्भिक अनुसन्धानक्रममा मृतक शरदकुमार गौचनले सञ्चालन गर्दै आएको डाँफे कन्स्ट्रक्सनमा शेयर दिने भनी गजुरमुखी कन्स्ट्रक्सनका मुख्य लगानीकर्ता मृतक कुमार श्रेष्ठ घैँटेमार्फत २ करोड ५० लाख रुपैयाँ लिएको खुलेको थियो । घैँटेबाट गौचनले लिएको साढे २ करोडमा समीरमानको १ करोड रुपैयाँ थियो । घैँटेको मृत्युपछि गौचनलाइ समीरमानले आफ्नो पैसा दिन माग गरेका थिए । तर गौचनले दिएनन् । त्यसपछि उनीहरुबीच विवाद बढ्दै गएको थियो । यस्तै उनीहरुबीच विवाद बढ्नुमा हुलाकी राजमार्गको ठेक्का पनि थियो । पटकपटक पैसाको मागसहित ज्यान मार्ने धम्की आउँदासमेत बेवास्ता गरेका कारण उनले ज्यान गुमाउनु परेको थियो ।
शरदकुमार गौचन हत्या प्रकरणमा जनता टेलिभिजनको कार्यक्रम बाइलाइनमा प्रसारित यी सामग्रीहरु पनि हेर्नुहोस्ःhttps://www.youtube.com/watch?v=sUbeYEIOejIhttps://www.youtube.com/watch?v=LD0AzfigoaIhttps://www.youtube.com/watch?v=-69Qji9biX8