हिमलाल पराजुली
स्याङ्जा । स्वरेक मैदानमा भैरहेको प्याराग्लाइडिङ अन्तराष्ट्रिय प्रतियोगिताको अन्तिम दिन रौनक बढेको छ । भिरकोट नगरपालिका वडा न ५ महापुर स्वरेक मैदानमा टेकअप गरि वालिङ नगरपालिका वडा न ११ डौवा फाटमा लेन्डिङ गर्ने ब्यवस्था मिलाइएको प्रतियोगिता नेपाल प्याराग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था र बाबु एडभेन्चर क्लव स्याङ्जाको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा बिहिबारदेखि शुरु भएको भएको छ ।
प्याराग्लाइडिङ प्रशिक्षक एवं प्रतियोगिताको लेन्डिङ जर्ज बालकृष्ण बस्यालले २१ देशका सय भन्दा बढि खेलाडिहरुले नाम दर्ता गराए पनि इकुमेन्ट लगायतका कमि कमजोरि देखिएका खेलाडिलाई सहभागि नगराइएको र प्रतियोगितामा ७० जना खेलाडिहरुको मात्रै सहभागिता रहेको बताउनु भयो । नेपाल प्याराग्लाइडिङ ह्याण्डग्लाइडिङ संघका महासचिव एवं कार्यक्रम संयोजक शैलेन्द्र रावतले नेपालको इतिहासमै पहिलो पटक विश्वकपको आयोजना भएकोले यो प्रतियोगिता संञ्चालन हुनु राज्य र खेलाडीको लागि गर्भको कुरा भएको बताउनु भयो ।रावतले प्रतियोगिताले भूगोल सुहाउदो खेल सञ्चालनको लागि थप सहयोग पुग्नेमा आफुहरु विश्वस्त रहेको पनि बताउनु भयो । प्रतियोगिता व्यवस्थापन मुल समारोह समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले प्रतियोगिताले स्याङ्जाको पहिचान विश्वमै हुने बताउदै नेपालमा हवाई खेलको सम्भावनालाई अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने कार्यमा यो प्रतियोगिता एक महत्वपुर्ण अवसर भएको बताउनु भयो । प्रमुख सुन्दासले विश्वकप प्रतियोगिता जिल्लामा आयोजना गर्न पाउनु जिल्ला बासिका लागि मात्रै नभएर देशकै लागि गौरवको कुरा भएको बताउनुभयो । आँधिखोला भ्याली एभिएशन जोनलाई विश्वमा चिनाउन प्रतियोगिताले महत्व पुर्ण भुमिका खेल्ने जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष एवं प्रतियोगिता सचिवालय संयोजक अनन्त कुमार श्रेष्ठले भनाइ रहेको छ । प्याराग्लाइडिङ एक्युरेसी विश्कप प्रतियोगितामा भागलिन भारतको सिक्किम बाट आउनु भएकी रुपादेवी कार्कीले आफुलाई विश्वकप प्रतियोगितामा भाग लिन पाउदा खुसी लागेको बताउनुभयो ।
पहिलो चरणमा सहभागि भइसक्नु भएकी कार्कीले आफुले धेरै ठाउँमा प्याराग्लाईडिङको उडान भरे पनि नेपालको स्वरेक मैदान ग्लाइडिङको लागि राम्रो लाग्को बताउनुभयो । भर्खर मात्र लेन्डिङ गरेको अवस्थामा भेटिनु भएकी पोखरा महानगरपालिका वडा न १७ विरौटा निवासी रीता श्रेष्ठले आफ्नै देशमा भएको विश्कप प्रतियोगितामा भाग लिन पाउँदा खुसी लागेको बताउनुभयो । महिला तर्फ एकल र महिला तथा पुरुष गरि कुल चार इभेन्ट्स हुने प्रतियोगितामा १४ गोल्ड मेडल, १४ रजत र १४ कास्य पदक रहेको छ । ओभर अल र महिला विधामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश एक हजार, सात सय पचास र पाँच सय युरो नगद पुस्कार पाउँने छन् भने टिम विधातर्फ प्रथम हुनेले १५ सय युरो द्वितीय हुनेले १२ सय युरो र तृतीय हुनेले ७ सय युरो नगद पुरस्कार पाउने आयोजकले बताएको छ । प्रतियोगिता संञ्चालन भएको भिरकोट नगरपालिकाका प्रमुख छायाँराम खनालले आफुहरु प्याराग्लाइडिङकै माध्यामबाट नगरलाई समृद्घ बनाउदे अभियानका साथ सिंगो नगरपालिका लागेको बताउनुभयो ।
विश्वकप जस्तो महत्वपुर्ण खेल र अन्तराष्ट्रिय खेलाडिको सहभागिता भएकोले सुरक्षा व्यवस्था कडा बनाइएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले बताउनु भयो । टेकप गर्ने ठाउँ र लेन्डिङ गर्ने स्थानमा नेपाल प्रहरी, शसस्त्रका साथै राष्ट्रिय अनुसन्धाको टोलिलाई समेत परिचालन गरि सुरक्ष व्यवस्था मज्बुद बनाएको बताउनु भयो । प्रतियोगितामा नेपाल सहित जापान, क्यानडा, कोरिया, मलेसिया, सिंगापुर, भारत, पाकिस्तान लगायतका २१ देशका ७० जना महिला र पुरुष खेलाडिले भाग लिएका छन् । नेपाल प्याराग्लाइडिङ ह्याण्डग्लाइडिङका प्रशिक्षक सानोबाबु सुनुवारले हवाई खेलका लागि वातावरणीय एवं प्राविधिक हिसावले आँधिखोला भ्याली उत्कृष्ट भएको बताउनुभयो । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागिरहेको सन्दर्भमा हवाई साहसिक पर्यटकको संख्यामा वृद्घि गर्ने, हवाई खेलको सम्भावनालाई विश्वसामु उजागर गर्ने र आँधिखोला भ्यालिको हवाई खेलको सम्भावनालाई विश्वसामु चिनाउने उद्वेश्यले प्रतियोगिताको आयोजना गरीएको आयोजकको भनाइ रहेको छ ।