काठमाडौं । नेपालीहरुको महान चाड तिहारको उपलक्ष्यमा जनताद्वारा जनताका लागि प्रसारित जनता टेलिभिजनको आयोजना तथा मिडिया हबको सहकार्यमा एक भव्य सांगितिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।
स्वच्छ मनोरञ्जन प्रदान गर्ने तथा नेपालका विविध सांस्कृतिक पक्षलाई पूर्व मेची देखि पश्चिम महाकालीसम्म पु¥याउने उद्देश्य अनुरुप देउसी भैलो कार्यक्रम “तिहार उत्सव २०७५” को आयोजना गर्न लागिएको हो ।
तिहार उत्सव २०७५ मा राष्ट्रियस्तरका प्रतिष्ठित कलाकारहरुले सांगितिक तथा सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गर्नेछन् । कार्यक्रममा नेपाली गीतसंगीत, नाटक तथा नृत्यको संस्थागत विकासका लागि क्रियाशील सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)का कलाकारहरुको विशेष प्रस्तुतीहरु रहनेछन् ।
संस्थानले टप्पा, धिमे, तामाङ, भोजपुरी लगायतका नेपाली संस्कृति झल्कने प्रस्तुतीहरु सहित देउसी भैलो कार्यक्रम प्रस्तुत गर्नेछन् ।यस्तै उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा ख्याती कमाएका द सुल्तान अफ स्ट्रिङ्सको उपाधी पाएका संगीतकार तथा गिटारिष्ट अनिल शाहीको पनि बेजोड प्रस्तुति रहनेछ । कार्यक्रममा ख्याती प्राप्त हास्य कलाकार जीतु नेपालको विशेष प्रहसन समेत रहनेछ ।
नेपाली मौलिक गीतसंगीतको प्रवद्र्धनमा क्रियाशील अन्तरा सांगितिक समूहले पनि कार्यक्रममा केहि नेपाली कला संस्कृति झल्कले प्रस्तुतीहरु प्रस्तुत गर्नेछन् ।
समूहले पूर्वेली पालमभाका, मारुनी गायन लगायतका मौलिक प्रस्तुतीहरुसंगै देउसी भैलोका प्रस्तुती दिनेछन् । कात्तिक १९ अर्थात् भोलि सोमबार साँझ ५ बजेपछि जनता टेलिभिजनको प्राङ्गणमा आयोजना हुने उक्त कार्यक्रमको जनता टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।