–विद्यासुन्दर शाक्य
(काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आफूले जिम्मेवारी सम्हालेपछि अहिलेसम्म आफूले चुनावी दौरानमा बाचा गरेका धेरै काम सम्पन्न गरेको बताउनुभएको छ । भित्री सडक निर्माण गर्नेलगायतका काममा धेरै प्रगति भएको पनि उहाँले जानकारी दिनुभएको छ । तर, बाहिर देखिने र सबैका आँखा पुग्ने कामहरु तिव्र गतिमा हुन नसक्दा समान्य समस्या भएको उहाँले स्वीकार गर्नुभएको छ । राजधानीमा आयोजित एक अन्तरक्रियामा उहाँले काष्ठमाण्डप पुर्ननिर्माण, रानीपोखरी पुर्ननिर्माण, धरहरा पुर्ननिर्माण, फाहोर व्यवस्थापन जस्ता कामले गति लिएको पनि सुनाउनुभयो । मेयर शाक्यले आफूले जिम्मेवारी सम्हालेपछिका १७ महिनामा महानगरले गरेका प्रगतिको फेहरिस्त यसरी खोल्नुभयो ।)
ढल–सडक र सम्पदा पुर्ननिर्माण पहिलो प्राथमिकतामाम निर्वाचित भएको १७ महिना पूरा भएर १८ महिनामा लाग्दैछ । यसबीचमा हामीले धेरै सिक्ने अवसर पाएका छौँ र धेरै गरेका पनि छौँ । काठमाडौँ महानगरपालिमामा हामी निर्वाचित हुँदै गर्दा त्यसबेलाको यहाँको वस्तुस्थिति र अहिलेको वस्तुस्थितिको तुलना गर्नुपर्छ । हामीले कल्पनाको भन्दा पनि यथार्थको धरातलमा उभिएर कुरा गर्नुपर्छ । हिजो कस्तो थियो, आज कस्तो छ त्यसको पनि मूल्याङ्कन गर्नुपर्छ । हामीले पुर्ननिर्माणका धेरै काम गरेका छौँ । विशेष गरेर हामीले यो आर्थिक वर्षलाई पूर्वाधार निर्माण वर्ष घोषणा गरेका छौँ । पूर्वाधार वर्ष अन्तर्रगत हाम्रो जिम्मामा रहेका सहायक सडकहरुको काम धेरै गरिसकेका छौँ । अब थोरै काम मात्रै बाँकी छ हामीले हाम्रो जिम्मामा रहेका सडकको काम पाँच वर्ष पर्खिनु पर्दैन । पाँच वर्ष भन्दा अघि नै हाम्रो जिम्मामा रहेका सडको काम सम्पन्न गर्छौ ।
हामीले पूर्वाधार वर्षका रुपमा मनाउँदै गर्दा दुई ओटा कुरालाई प्राथमिकतामा राखेका छौँ । पहिलो ढल–सडक र दोस्रो सम्पदा पुर्ननिर्माण । सम्पदाका सन्दर्भमा पनि हामीले थुप्रै चोक–गल्लीहरुमा पुर्ननिर्माण गरेका छौँ । सङ्ख्यात्मक रुपमा हेर्ने हो भने धेरै गरेका छौँ । त्यस मध्ये हामीले दुई–चार ओटा काम अझै पनि गर्न बाँकी छ । सबैको सरोकार र सबैले देखेको अनि चासोका विषयमालाई तिव्रगतिका साथ अघि बढाउनु पर्ने छ । म गौरवका साथ भन्न सक्छु । हामीले धेरै काम सम्पन्न गरेका छौँ । धेरैको चासो रहेको धरहराको काम सुरु भैसकेको छ । दरवार हाईस्कुल पुर्ननिर्माणको काम सुरु भएको छ । रानीपोखरीको केही विवाद थियो । अहिले पनि सामान्य प्राविधिक कारणले तिव्रगतिमा काम अघि बढ्न सकेको छैन । काष्ठमाण्डपको काम अघि बढाएका छौँ ।
महानगरपालिका भवन निर्माणमहानगरपालिका भवनका विषयमा हामीले सुरुकै बैठकमा महानगरपालिका भवनको विषय टुङ्ग्याएका थियौँ । अहिले त्यो मुद्धामा परेको छ त्यसकारण हामीले काम अघि बढाउन सकेका छैनौँ । हामीले त्यसलाई हरिभवन भनेर पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गरेका थियौँ । तै पनि भिमसेन थापाको दरवार भनेर मुद्धा हाल्ने काम भएको छ । सञ्चारकर्मी साथीहरुलाई म अनुरोध गर्न चाहन्छु धरहरासँगै पहिला बागदरवार भन्ने थियो । बागदरवार छिर्नेबाटो धरहराको उत्तरपट्टी अर्थात बागदरबारको दक्षिणपट्टी गेट थियो । अहिले हामी छिर्ने हरिदरबारको गेट भनेको आर्मी अफिसर क्लबतिरबाट छ । म सञ्चारकर्मी साथीहरुलाई त्यहाँ अवलोकन गरेर सत्यतथ्य बाहिर ल्याउन अनुरोध गर्छु । कहिलेकाँहि कसैले लेखेको भरमा भ्रमित हुँदा सत्यतथ्य भन्दा हामी बाहिर गएका छौँ वा भ्रममा परेका छौँ ।
महानगरमात्र होइन राष्ट्रिय–अन्तराष्ट्रिय रुपमा नै त्यसको भ्रम छर्ने काम भएको छ । इतिहासलाई बङ्ग्याउने काम भएको छ । म फेरि पनि तपाईँहरुलाई आग्रह र अनुरोध गर्न चाहन्छु । यदि मसहितको उपस्थितिमा तपाईँहरु अवलोकन गर्न चाहनु हुन्छ भने म पनि जान तयार छु । तपाईँहरुले त्यहाँ पुगेपछि हरिभवन र बागदरवार दुबै रहेको ठाउँ देख्न सक्नुहुन्छ । अहिले पहिलाको बागदरबार भएको ठाउँमा धेरै होटलहरु बनेका छन् । तपाईँहरुलाई पनि जानकारी होला अहिले हिमालयन फाइनान्स रहेको घर नै बागदरवार रहेको स्थान थियो । त्योसँगै धेरै होटलहरु बनेका छन् । यसरी इतिहास नै मेटाएर मुद्धा–मामिला गरेका कारण महानगर भवन बनाउन सकेका छैनौँ ।
अहिले हाम्रो जिम्मेवारीमा रहेका धेरै काम गरिसकेका छौँ । दुई ओटा कारणले हामीलाई केही समस्या भएको छ । पहिलो मेलम्चीको काम । यो अहिलेको समस्या होइन २०४७ सालदेखि कै समस्या हो । अहिले मेचम्चीको प्रथम चरणकै काम नसकिदाँ हामीलाई सडको समस्या समाधान गर्न केही समस्या भएको छ । मेलम्चीकै कारण कतिपय ठाउँमा अवरोध भएको जानकारी गराउँन चाहन्छु ।
सडक विस्तारसडक विस्तारको कामले पनि काठमाडौँ महानगरपालिकालाई धुलोमुक्त शहर बनाउन समस्या भएको छ । धेरैलाई थाहा छ । जोरपाटीतिर धुलो भयो भने पनि काठमाडौँ महानगरपालिकालाई गालि गर्छन् । थानकोटतिर फोहोर थुप्रियो र धुलो उड्यो भने पनि महानगरपालिकालाई गाली गर्छन् । जोरपाटी काठमाडौँ महानगरपालिका भित्र पर्दैन । थानकोट पनि काठमाडौँ महानगरपालिका भित्र पर्दैन । सितापाइला हिलो भयो भने पनि काठमाडौँ महानगरपालिकाको मेयरलाई गालि गर्छन् । त्यो पनि काठमाडौँ महानगरपालिका भित्र पर्दैन । सानेपातिर हिलो भयो भने पनि काठमाडौँ महानगरपालिकालाई नै गालि गर्छन । त्यो ललितपुर महानगरपालिका भित्र पर्छ । मैले अघि पनि भने सडक विभाग र मेचम्ची खानोपानीले गर्ने काम समयमा नसक्दा काठमाडौँ महानगरपालिकालाई असर परेको छ । हामीले सम्वन्धित निकायसँग समन्वय गरेर छिटो छरितो ढंगले कामलाई अघि बढाउने छौँ । त्यसका लागि कोशिस गरिरहेका छौँ ।
सम्पदा पुननिर्माणपुर्ननिर्माणको कामलाई पनि हामीले अघि बढाएका छौँ । सबैको चासो काष्ठमाण्डप छिटो बनोस्, धरहरा छिटो बनोस्, रानीपोखरी छिटो बनोस् भन्ने छ । मुख्य गरेर यी तीन ओटा सम्पदा जो सबैले पहिलादेखि नै देखिरहेको अहिले त्यही स्वरुपमा देख्न नपाउँदा चिन्तित हुनु स्वाभाविक हो । यो चिन्तालाई पनि दूर गर्ने गरी हामी अघि बढेका छौँ । मैले सुरुमै भने धरहराको काम अघि बढिसकेको छ । काष्ठमाण्डपको काम पनि अघि बढिसकेको छ । रानीपोखरीको चाहिँ अलिकति प्राविधिक समस्याले गर्दा केही ढिलाई भएको हो । पर्यटन तथा संकृति मन्त्रालय, पुर्ननिर्माण प्राधिकरण, पुरातत्व विभागलगायतका सम्वन्धित निकायसँग समन्वय गरिरहेका छौँ । यो प्रक्रियालाई पनि हामी द्रूत गतिमा अघि बढाउँदै छौँ । कानुनी र प्राविधिक रुपमा देखिएका सबै समस्यालाई हल गरेर हामी अघि बढ्छौँ ।
फोहोर–मैला व्यवस्थापनफोहोर–मैलाका सम्वन्धमा अर्को वर्षात्सम्ममा काठमाडौँमा हिलो–मैलो नहुने गरी काम सम्पन्न गर्ने गरी अघि बढेका छौँ । सुरुका दिनमा केही अन्योलता रह्यो । काठमाडौँका सडका फोहोर थुप्रिदा काठमाडौँको मेयरलाई गाली गर्नु अन्यथा होइन । जोसँग आशा छ । उसैलाई गाली गर्नु स्वाभाविक हो । जोसँग आसा छ उसैलाई गुनासो पोख्नु स्वाभाविक हो । काठमाडौँमहानगरपालिकाले आफ्नो मात्र होइन केन्द्र र प्रदेश सरकारले गर्ने दायित्व समेत निर्वाह गर्दै आएको छ । अहिले सिसडोलमा काठमाडौँ महानगरपालिकाको मात्र फोहोर थुप्रिएको छैन । काठमाडौँ उपत्यकाका १८ ओटा नगरपालिकाकाको फोहोर त्यहाँ जान्छ ।
काभ्रे, नुवाकोट र धादिङको फोहोर पनि त्यहाँ जान्छ । त्यो सबैको जिम्मेवारी काठमाडौँ महानगरपालिकाले लिएको छ । त्यो जिम्मेवारी काठमाडौँ महानगरपालिकाका मेयरको हो र होइन नि ? नहुँदा–नहुँदै पनि हामीले त्यो जिम्मेवारी लिएका छौँ । पुरानो शहर भएको, स्रोत–साधान पनि भएको, राजधानीको महानगरपालिका भएको भएकाले त्यो जिम्मेवारी लिएको हो । प्रदेश र संघीय सरकारले गर्नु पर्ने काम पनि हामीले गरिरहेका छौँ । १७ महिनासम्म हामीले त्यो जिम्मेवारी निर्वाह गर्यौँ । हामीले यो कुरा प्रधानमन्त्रीज्यु, मन्त्रीज्यु, सचिवज्यु सबैलाई ‘तपाईँहरुको काम त काठमाडौँ महानगरपालिकाले गरिरहेको छ नि ?’ भनेका छौँ । अहिले पनि काठमाडौँ महानगरपालिकाले जिम्मेवारी नलिने हो भने उपत्यका दुर्घन्धित हुन्छ । उपत्यका मात्र होइन काभ्रे, धादिङ र नुवाकोट पनि दुर्घन्धित हुन्छ । हामी त्यो चाहँदैनौँ । हामी गाली खाएर पनि त्यो हाम्रो दायित्व पूरा गर्न चाहन्छौँ ।
हामीले यो समस्या समाधान गर्न उपत्यका महानगर–नगरपालिका फोरम बनाएका छौँ । अब उपत्यकाको फोहोर, सडक, साझा नदी व्यवस्थापनमा हामी लाग्ने छौँ । यो फोरम बनाएपछि हामीले विभिन्न निकायसँग छलफल गरेर बञ्चरे डाँडा कसले बनाउने ? ल्याण्डफिल्ड साईड कस्ले बनाउने ? त्यसको हामीले टुंगो लगाएका छौँ । हामीले त्यसका लागि ३ ओटा निर्णय गरेका छौँ । त्यो मध्य बञ्चरे डाँडा नै अन्तिम गन्तव्य हो । सिसडोलमा हामीले बढीमा तीन–चार महिना मात्र फहोर फाल्न सक्छौँ । त्यसपछि फाल्न सक्दैनौँ भनेका थियौँ । त्यसका लागि चाहिने बाटो र पूर्वाधार नेपाल सरकारले बनाउनु पर्छ भनेका थियौँ । नेपाल सरकारले जिम्मा लिएको छ । प्राविधिक टोली खटाइसकेको छ । अब छिट्टै बञ्चरे डाँडामा फोहोर लैजाने वातावरण बन्छ । तेस्रो भनेको तीन पिप्लेदेखि बञ्चरे डाँडासम्मको बाटो कसले बनाउने ? अहिलेसम्म तीनपिप्लेदेखि सिसडोलसम्मको बाटो महानगरपालिकाले बनाएको थियो । त्यो भन्दा माथिको बाटो कम्तीमा पनि दुई लेनको बाटो बनाउने भनेका थियौँ । त्यो पनि संघीय सरकारले लिएको छ ।
धुलो सफा गर्न बु्रमर खरीदहामीले पाँच वटा जेट खरिद गरिसकेका छौँ । हामीले अब कतिपय ठाउँमा ग्रिनरी मेण्टेन गर्ने काम अघि बढाएका छौँ । कतिपय ठाउँमा ‘आइल्याड’ बनाएर त्यहाँ पानी हाल्ने काम गरिरहेका छौँ । कतिपय ठाउँमा ढल खोल्नेलगायतका काम पनि अघि बढाएका छौँ । हामीले पाँच ओटा बु्रमर खरीद प्रक्रियालाई अघि बढाएका छौँ । बु्रमर आएपछि महानगरभित्रको धुलो उठाउन हामीलाई सजिलो हुनेछ । अहिले पनि हामीले महानगरको धुलोलाई सफा गर्न करोडौँ खर्च गरिरहेका छौँ । तर, हामीले सोचेको अनुसार काम भएको छैन । काठमाडौँको धुलो हामीले चाहे अनुसार व्यवस्थापन गर्न सकेका छैनौँ । महानगर सफा गर्न हामी नियमित रुपमा लागिरहेका छौँ । म फेरि पनि भन्छु । हामी गर्न सक्छौँ ।
निजी क्षेत्र र निर्माण व्यवसायीसँग अनुरोधम निजी क्षेत्र र निर्माण व्यवसायीसँग पनि अनुरोध गर्न चाहन्छु । अहिले पनि काठमाडौँमा पुर्ननिर्माण गर्दा सबै निर्माण सामाग्री व्यक्तिले होस या संस्थाले नै किन नहोस सडकमा राख्ने गरिन्छ । करोडौँको घर बनाउँदै गरेको हुन्छ । काम नलाग्ने फोहोर, माटो, ढुंगा, रड, बालुवा सडकमा थुपारेको हुन्छ । अनि त्यो सफा गर्ने काम महानगरपालिकाको हो भनिरहेको हुन्छ । कमसेकम पाँच सय हजार खर्च गरेर त्यो व्यवस्थापन गर्ने हो भने सिङ्गो सहर प्रभावित हुनबाट बच्छ । त्यो पनि नगरी सडकमा फाल्ने हो भने केही पनि हुन सक्दैन । त्यसैले फेरि पनि मेरो आग्रह छ । चाहे निजी घर बनाउनेले होस् या व्यवसायिक रुपमा ठेकेदारहरुले गर्ने होस् । उहाँहरुले पनि मेरो पनि जिम्मेवारी छ है भन्ने सोच्नुहोस् । यो भयो भने धेरै गुनासा आफै हल भएर जान्छन् । गल्ती आफू गर्ने अनि गाली महानगरलाई दिने कुराको पनि अन्त्य गरौँ । यो भयो भने हामीले सोचेको सुन्दर र जीवन्त महानगर बनाउन सक्छौँ ।
नेपाल प्रहरीसँगको सहकार्यअब महानगरमा सीसी क्यामरा नेपाल प्रहरीको अलग्गै, महानगरको अलग्गै होइन संयुक्त रुपमा अघि बढाउने प्रयास गरिरहेका छौँ । त्यसका लागि हामीले प्राविधिक टोली गठनको तयारी गरिरहेका छौँ । अहिलेसम्म हामीले अपराध भैसकेपछि अपराधि पत्ता लगाउनका लागि मात्रै सीसी क्यामेरा प्रयोग गरिरहेका छौँ । भोलिका दिनमा अपराध घट्न नदिनका लागि हामी प्रयोग गर्छौ । हामी सुरक्षासँग मात्रै होइन फोहोर व्यवस्थापनका लागि पनि हामीले विभिन्न निकायसँग सहकार्य गर्ने तयारी गरिरहेका छौँ । अहिले पनि तपाईँहरुले देख्नुहुन्छ । हामीले सडक सफा गरेका हुन्छौँ । कसैले एक पोका फोहोर ल्याएर त्यहाँ मिल्काउँछ । अनि ‘फोहोर यहाँ छ मेयर कहाँ छ ?’ भनेर हामी स्ट्याटस लेख्छौँ र दंग पर्छौ । अब सीसी क्यामेरा राखेपछि फाहोर मिल्काउने व्यक्ति पनि पत्ता लगाउँछौँ । हामी त्यसरी फोहोर मिल्काउने व्यक्तिलाई पत्ता लगाएर सार्वजनिक ठाउँमा अभिनन्दन गर्छौ । एक–दुई जनालाई त्यसो गरेपछि फोहोर गर्नेहरु सचेत हुन्छन् र फोहोर मिल्काउँदैनन् ।