–ज्योति झा
मलाइ चाहिदैँन छुट्टै हिमाल पहाड तराई,मलाइ सिंगो नेपाल चाहिन्छमधेसी, नेवारी, थारू, पहाडी, हिमाली नभइनेपालीत्व भएको पहिचान चाहिन्छ
जसले शत्रु अगाडि अदम्य वीरता देखाईवीर पुरुषको ख्याति बनाएबलभद्र, भीमसेन, सीता जस्तो अदम्यअटल ऐतिहासिक स्वाभिमान चाहिन्छ,
छन् सुन्दर डाँडाकाँडा कहीँ तकहीँ सुनझैँ चम्किरहने हिमालवनजगंल, रुखविरुवा, नदीनालाले भरिएका,हो हाम्रो देश विशालसुन्दैछु देश टुक्रिने हुँदैछ षडयन्त्र अरे,यसको स्थायी निदान चाहिन्छमधेसी, थारु, नेवारी, पहाडी नभइनेपालीत्व भएको पहिचान चाहिन्छ
जय होस् सबैको भाषा संस्कृतिकोजय होस् सम्पूर्ण जातजातिको,फरक सुगन्ध, फरक रंग, फरक सुन्दरता बोकी,हामी फूल हौँ एउटै फूलबारीको,झरेर पत्झर नबन्ने,सदैव हराभरा रहने बसन्ती उद्यान चाहिन्छ,मधेसी, थारु, नेवारी, पहाडी, हिमाली नभईनेपालीत्व भएको पहिचान चाहिन्छ
पहाडले मधेसको प्रसाद,ठकुवा–भुस्वा ग्रहण गरोस्,पहाडको पर्वमा मधेसको होस् अनिवार्य सहभागिताआमन्त्रण गर्नु नपरोस् ,ईद–रोजाको मुबारक गरोस् हिन्दूले,मुस्लिमको हिन्दुप्रति स्वाभाविक गुमान चाहिन्छमधेसी, थारु, नेवारी, पहाडी, हिमाली नभईनेपालीत्व भएको पहिचान चाहिन्छ