श्रवण थापा
सर्लाही । गएराती दिपावली गर्ने क्रममा सर्लाहीको ५ स्थानमा आगलागी भएको छ । आग्लागीमा परि एक बालकको मृत्यु हुनुका साथै लाखौँको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय मलंगवाले जनाएको छ ।
गएराती सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–७ नोकेल्वामा पार्किङ गरेर राखेको बोलेरो जीपमा बिद्युत सर्ट भएर आग्लागी भएको हो । आगलागीम परेर सोही स्थानका रामलाल रायका छोरा बर्ष १२ का धनिकलाल रायको मृत्यु भएको प्रहरीले जनाएको छ । साझ दिपावली गरेर घर अगाडी राखेको बिआर ०६ प २०१८ नम्बरको आफ्नै बोलेरो जिपमा सुतेका बालकको जिपमा अचानक आग्लागी हुदा जलेर ज्यान गएको हो ।
जीपमा बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको र आग्लागीबाट ५ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यलय मलंगवाले जनाएको छ ।
यसैविच गएराती नै भएको आगलागीमा सर्लाहीको रामनगर गाउँपालिका–२ खैरवा स्थित सलिन्दर साहको टायलको छानो भएको घर, चन्द्रनगर गाउँपालिका–३ बस्ने सिंधेश्वर चौधरीको खरको छानो भएको कुखुराको खाली फारम र गोडैता नगरपालिका–६ बग्दा स्थीत भरोसी महत्तोको एल्भेस्टरको छानो भएको घर जलेर नष्ट भएको छ ।
गएसाझ दिपावली मनाउन बारेको मैनबत्ती काठको फलेकमा सल्किदा रामनगर–२ खैरवाका सलिन्दर साहको ईटाको गारो रहेकोे २ तले कच्ची घरको माथिल्लो भाग (चोटा) सहित, लत्ताकपडा, अन्नपात र भाडाबर्तन गरी झण्डै दुई लाख मुल्य बराबरको क्षती भएको हो ।
यस्तै केटाकेटीको समुहले खेलाएको आगो चन्द्रनगर–३ बस्ने सिंधेश्वर चौधरीको खरको छानो भएको कुखुराको खाली फारममा सल्किदा फारम र फारम भित्र रहेको पलाष्टिकको भाडा बर्तन जलेर नष्ट भएको छ । आग्लागी बाट चौधरीको पचास हजार बराबरको क्षेती भएको प्रहरीले जनाएको छ ।
यस्तै गोडैता नगरपालिका–६ बग्दा स्थीत भरोसी महत्तोको एल्भेस्टरको छानो भएको २ तले कच्ची घरमा दिपावली गर्न बालेको मैनबत्ती सल्किदा घरको चोटामा राखेको सात लाख पचास हजार मुल्य बराबरका लत्ताकपडा, भाडा बर्तन र अन्नपात जली नष्ट भएको प्रहरीले जनाएको छ । आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए ।
यस्तै गएसाझनै सर्लाहीको हरिपुर्वा र ईश्वरपुरमा उखुबारीमा आगलागी हुदा तिस कठ्ठा क्षेत्र फलमा लगाएको सात लाख मुल्य बरावरको उखु खेती जलेर नष्ट भएको छ ।
आगलागीबाट सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नम्बर ४ बस्ने राम बिश्वास पण्डित र ईश्वरपुर नगरपालिका वडा नम्बर १५ बस्ने ईन्दल महतोको ऊखु खेती जलेर नष्ट भएको प्रहरीले जनाएको छ । छिमेकी हरुन अन्सारीले आफ्नो जग्गामा सुकेको घासमा लगाएको आगोले पण्डितको १८ कठ्ठामा लगाएको ऊखु र महतोको १२ कठ्ठामा लगाएको ऊखु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यलय मलंगवाले जनाएको छ ।