खेम बम काठमाडौं । कैलालीको सुखडकी राधा चौधरी । नसुनेको नाम पक्कै होईन एकताका उनीमाथि भएको अपराध अहिलेसम्म धेरैको मानस्पटलमा ताजै छ । उनलाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरिएको त्यो भिडियो अहिलेसम्म धेरैले बिर्सेका छैनन् होला । घटना फेरी दोहोरिएको खबर आयो लक्ष्मी पूजाको दिन(बुधबार) राधामाथि पुनः कुटपिट भयो रे । उनलाई अझै गाउँका एकजनाले बोक्सीको आरोप लगाउँदै कुटपिट गरे । उनै राधामाथि स्थानीय कालीचरण चौधरीले फेरि कुटपिट गरेछन् । स्थानीयको सक्रियताका कालीचरणलाई प्रहरीले पक्राउ गरिसकेको छ । ईलाका प्रहरी कार्यालयको प्रहरी टोलीले राधामाथि कालीचरणले दुव्र्यवहार गरेको भन्दै थुनामा राखेको कैलालीका प्रहरी नायव उपरीक्षक हरी ज्ञवालीले जानकारी दिनुुभयो । उहाँका अनुसार कालीचरणलाई कानुनी कारबाही हुनेछ ।
बारम्बार कुटिन्छन् राधा उब्जिएको प्रश्नको जवाफ मेटाउने धेरै प्रयास गरेँ तर सकिन । किन राधामाथि बारम्बार आक्रमण भइरहेको छ । यो राधामाथिको आक्रमण हो की, सिंगो नारीमाथिको ? राधा त एक पीडित किशोरी हुन् उनले कैँयौ सामाजिक दुव्र्यवहार सहेकी छन् । चारैतिर रमिते बनेको समाजको घेरामा उनले सोच्नै नसकिने यातना पाएकी छन् । त्यहाँबाट उम्किने त के कठै भन्ने मानिससम्म नपाएकी उनको पीडाको यहाँ बयान गर्न सकिन्न । सिंगो समाजले लगाएको आरोपको सामना र आफूलाई ठूलो बाबा ठान्ने महामूर्ख रामबहादुरले उनलाई दिएको यातनाको उनले सामान्य राहत नपाएको प्रष्टै देखिन्छ ।
त्यो दिन नारी दिवस मनाइरहेको थियो सिँगो देश । त्यसैबेला कैलालीकी राधामाथि कुटपिट र अत्याचारको समाचार डढेलो बन्यो । सामाजिक सञ्जाल र सञ्चार माध्यममा श्रृव्यदृश्य सामग्री छ्याप्छ्याप्ती भयो । घाइते राधालाई उद्दार गरेर उपचारका लागि धनगढी ल्याइयो । केही दिन पुनस्र्थापना केन्द्रमा राखियो । पछि कैलालीका प्रमुख जिल्ला अधिकारीलगायत सरोकारवाला निकायका प्रतिनिधिको पहलमा देउकलियामै कार्यक्रम आयोजना गरी राधालाई पुनस्र्थापन गरियो ।
आश्वासन बाँड्ने हराएकैलालीकी राधा चौधरीमाथि भएको कुटपिटको घटना देश विदेशमा फैलियो । सबैले सहानुभुति देखाए । पीडक रामबहादुरलाई प्रहरी पक्राउ ग¥यो । महिला हिंसासँग सम्बन्धित निकायहरुलाई तिहार आएजस्तो देखियो । निकै व्यस्त बने । राधामाथि न्यायको आवाज गुञ्जियो र तर, क्षणभरमै सबै कुरा विलाएर गए । उसो त, केन्द्रबाट कामको सर्कुलर नभइसकेको के काम गर्ने ठेगान नै नभएको प्रदेश ७ सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले पीडित राधा चौधरीको स्वास्थ्य उपचार तथा शिक्षादिक्षाको सबै जिम्मेवारी प्रदेश सरकारले व्यहोर्ने बताउनु भएको रहेछ । उहाँले मात्र होइन प्रदेशका मन्त्रीहरु, जसले राधालाई भेटे, सबैले शिक्षाको जिम्मा सरकारको भन्दै साखुल्ले पल्टेका रहेछन् । तर, घटना भएको आठ महिना बितिसकेको छ, पीडित राधाले कुनै राहत पाएकी छैनन्।
राधाले पिलपिल आँशु निकाल्दै भनिन्, ‘अहँ, त्यसपछि हामीलाई कसैले सोधखोज गरेन, कक्षा ११ को सबै शुल्क हामीले नै दुःखसुख तिर्यौं ।’ राधा पढ्ने घोडाघोडी नगरपालिकाको सुख्खडस्थित राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक रामछविला चौधरीले प्रदेश सरकारबाट हालसम्म राधालाई निःशुल्क शिक्षाको व्यवस्था गर्नेबारे कुनै पत्राचार वा सूचना प्राप्त नभएको बताउनुभयो । तर, उहाँलेपनि आफूलाई ठूलै देखाउन विद्यालय व्यवस्थापन समितिले शुल्कका लागि पहल गरेको बताउनुभयो ।
यता, राधाको परिवारमा आमा, बुवा, दाइ, एक भाइ र एक बहिनी छन् । कमजोर आर्थिक अवस्थाका कारण अहिले राधाका बुवा, दाइ–भाइ भारतमा काम गर्न गएका छन् । अहिले राधासहित आमा र बहिनी मात्रै घरमा बस्छन् । राधाको कुटपिटमा संलग्न भएका सोही ठाउँका रामबहादुर चौधरी र किस्मती चौधरी अहिले जेल जीवन बिताइरहेका छन् ।