खेम बम
विभिन्न अपराधको जालोमा लिप्त समुह र व्यात्तिका पछाडि नेपाल प्रहरीको पछिल्लो अनुसन्धान फेल नै भएको हो त ? के नेपाल प्रहरीले मुलुकमा भएका घटनामा खासै चाँसो नदेखाएको ? किन नेपाल प्रहरीको छबिमाथि विभिन्न टिकाटिप्पणी भइरहेका छन् । नेपाल प्रहरीको इज्जतलाई एक हत्यासँग मात्रै जोडेर हेर्ने या अन्य उपलब्धिलाई पनि केलाउने । एक जमातले ठूलो बहस गरिरहेको थियो । एक समुहले हातका बाउलाका सुर्का कस्दै भनिरहेका थिए किन सरकार यति निरिह बनेको ? बालिका निर्मला पन्तले किन न्याय नपाउने ? उसको अपराधिलाई किन जोगाएर राखिएको छ । अर्को समुह त्यहीँ भट्टीमा बसेर भनिरहेको थियो सरकारको के दोष ? के सरकारले हत्यारालाई नसमात्न आदेश दिएको छ र ? के प्रहरीले त्यस्तो नियत देखाउन सक्छ ? त्यसै जमातमा मन्त्र मुग्ध भएका एक व्यक्ति आफ्नै सुरमा जलपान गरिरहेका थिए । उनी खासै बोल्न चाहेनन् ।
तैपनि त्यहाँ भइरहेको रस्साकस्सीले उनको धैर्यताको बाँध टुटाएछ र केही शब्द बोल्नका लागि तम्सिए र भने यो समयमा हामी राज्यका विरुद्ध आवाज उठाउनु भन्दा नबोलेको वेस हुन्छ । उनी यतिमै रोकिए । त्यहाँ धेरै ठूलो गलफत्ती चलिरहेकै थियो । कसैले राज्यलाई दोष लगाइरहेका थिए त कसैले बचाउ गरिरहेका थिए । मलाई, यी सबै बिषयले भित्रभित्रै झक्झकाई रहेको थियो र त्यसको उत्तर खोज्नका निम्ति मैलै तीनै मन्त्रमुग्ध भएका व्यक्तिको सहारा लिनुप¥यो । सामान्य परिचय भयो, तत्कालिन ठाँउमा धेरै हल्ला गुञ्जिरहेकाले हामीले टेबुल चेन्ज ग¥यौ र अघिका यिनै बिषय जुन अहिले चोक–चोकमा, गल्ली–गल्लीमा, पसलमा, होटेलमा, चौतारामा र सार्वजनिक ठाउँमा चर्चाको बिषय बनेको छ । मैले भेटेका ती व्यक्ति एकदमै इमान्दार, शालिन र भद्र थिए र पेशामा वकिल रहेछन् । सबै बिषयवस्तु बिस्तारै खोल्दै गयौ र बेलिबिस्तार लाग्दै गयो । उहाँले मलाई भन्नुभएको त्यो बिषय असाध्ये मन परेको थियो ।
मेरो र ती व्यक्तिबीच भएको कुराकानीः–
कुनैपनि राज्यमा एकै किसिम, स्वभाव र परिस्थिति भएका मानिसहरुको बसोबास हुँदैन । नेपाल त एक बहुभाषा, बहुसांस्कृतिक र बहुभाषिक विविधताले भरिपूर्ण मुलूक यहाँ हरेक मानिसको सोच बेग्लाबेग्लै छ । यो यर्थाथपनि हो हामी सबै भिन्न स्वभावका छौ । अझै चोटिलो बिषय त पछिल्लो समय नेपालमा फस्टाएको राजनीतिक परिवर्तनले हरेक मानिसमा परिवर्तन ल्याएको छ । कोही मानिस धेरै परिवर्तन भए, कति अपूरै त कतिको अवस्था ज्यूकातीउँ नै रहेको छ । राज्य सञ्चालनमा सरकारले मात्रै धेरै ठूला सपना देखेर केही हुँदैन । जब राज्यको कर्मचारीतन्त्रदेखि नागरिकसम्म सक्रिय हुँदैनन् ।
अस्ति भर्खरैको एक कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्नुभएको थियो जब राज्यमा कर्मचारीतन्त्र नै खुला राजनीतिक परिदृष्यमा देखिन्छ त्यहाँ विकासको कसरी कल्पना गर्ने । उहाँले आफ्नै शब्दमा धेरै बिषय नखुलाएपनि उहाँको वक्तव्यले पछिल्लो नेपालको राजनीतिक अवस्थालाई भिन्न चित्रण गरेको देखिन्थ्यो । सरकार गठन भइसकेपछि आएका परिवर्तन र हरेक क्षेत्रमा ल्याउन खोजेको सुधार एकदमै सहारनिय छ । सरकारले आफ्नो कदम चाल्न नपाउँदै प्रतिपक्षले गर्ने अवरोध र भित्रि रुपमा मौलाएको राजनीति तरङ्गले बहुमतको सरकारबाट आएको अनपेक्षित परिणाम सन्तोषजनक छैन । ती व्यक्ति आफ्नै सुरमा बगिरहेका थिए– ‘कुनै एक शक्तिले राज्यलाई समुन्नत, समृद्धि तिर लैजान्छु भन्दा सहयोग गर्नुको साँटो भित्रि राजनीति रङ्ग भर्ने प्रवृत्तिले मुलूकको विकास हुन समय लाग्छ की ? अझै आश त मरेको छैन् ।’
मुलूकमा हुने घटनाक्रमलाई ठूलै रुप दिएर अहंकारको स्थिति पैदा गर्नुृ कत्तिको उचित ? तर, राज्य सुशासनमा चल्नु पर्दछ । विकासका कुरालाई निरन्तरता दिने बिषय हो । कसैको सरकार भएकै बेला घटना घट्छन्, यस्तो हुन्छ, त्यस्तो भयो भनेर गल्फती उडाउनु कत्तिको सान्दर्भिक ? उहाँको प्रश्न थियो । नेपालको परिवेशमा सबैले राज्य सञ्चालनको अनुभव बटुलिसकेका छन् केही नवनिर्मित पाटी बाहेक । तर, उनीहरुपनि कहिँकतैबाट सत्ताको स्वाद लिएरपनि भूमिगत शैलीमा हिडिरहेका हुन्छन् । यहाँ सुशासनको खाँचो छ, देशप्रतिको मायाको खाँचो छ, समुन्नत राष्ट्रको अडान लिएको एक शक्तिलाई सघाउनुको विकल्प छैन । ती व्यक्ति यस्तै कुरामा मग्न थिए । म त भुसुक्कै निदाएछुँ । ब्यूझिँदा ओछ्यानमा एक्लै भेटिए । बिहानको पाँच बजिसकेको रहेछ ।।