काठमाडौँ । चर्चित लोक तथा दोहोरी गायक प्रसाद खप्तरी मगरको नयाँ गीत सार्वजनिक भएको छ । सोमबार कलाकार खप्तरीको भाले बास्यो गाउँमा बोलको पञ्चेबाजा गीत युट्युब मार्फत सार्वजनिक भएको हो ।
सधै मौलिक सोरठी, सालैजो लगायतका गीत गाउने कलाकार खप्तरीको लामो समयको प्रतिक्षापछि पञ्चेबाजाको गीत चरी बास्यो बनपालेमा भाले बास्यो गाउँमा बोलको गीत बजारमा आएको छ । खप्तरीको लय शब्द रहेको गीतमा उनकै जीवन संगीनी सञ्जु थापा मगरले स्वरमा साथ दिएकी छिन् ।
तिमीलाई पाउँछु यो मुटु छाम्दानी, यही त होला मायाँको आम्दानीचरी बास्यो बनपालेमा भाले बास्यो गाउँमा, अब मेरो जीन्दगी यो भयो तिम्रै नाउँमा
गीतमा प्रयोग गरिएको मौलिक शब्द र गाउँले परिबेशमा तयार गरिएको भिडियोले गीतलाई अझ जीवन्त बनाएको छ । बिहेको मौषम शुरु हुँदै गर्दा आएको गीतमा गुल्मी, पाल्पा, स्याङ्जा लगायतको क्षेत्रमा प्रचलित विवाह परम्परालाई पनि झल्काउने प्रयास गरिएको छ । पञ्चे बाजा पनि महिलाले बजाएका छन् भने मगर संस्कृतिमा आधारित विवाहको परिदृष्यले त्यसक्षेत्रको मौलिकता झल्काएको छ ।
https://youtu.be/bxaYrjamWO4
म्यूजिक भिडियोमा कलाकार खप्तरी दम्पतीसहित चर्चित लोक तथा दोहोरी गायिका संगीता थापा मगर र प्रकाश भट्टले अभिनय गरेका छन् । प्रकाश भट्टले निर्देश गरेको भिडियोको छायाङ्कन राजेश घिमिरे र सम्पादन विष्णु शर्माले गरेका हुन् । म्यूजिक भिडियो निर्माण तथा बजार ब्यवस्थापन भने साइभिजन प्रा लिले गरेको छ ।
पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहाेस्