[caption id="attachment_59207" align="alignright" width="150"]
–मिलन राई[/caption]
काठमाडौं । कतिपय दम्पती यौन जीवन सुखमय नभएको कुरा बाहिर ल्याउन सकिरहेका हुन्नन् । उनीहरुले आनीबानीमा प्रकट गर्ने असन्तुष्टिको कारक यौन जीवन पनि हुन सक्छ । यही कारण कतिपयको जीवन कलहपूर्ण बन्ने गरेको अध्ययनहरुले देखाएका छन् । तपाईंलाई थाहा नहुन पनि सक्छ, खानपानका कारण पनि यौन जीवन असन्तुलित बनिरहेको हुन्छ र परिवारमा कलहको बीउ उम्रिरहेको हुन्छ । खानपानका केही आचरणले पनि यौन जीवन सक्रिय पार्ने हर्मोनको तह घटबढ हुँदा यसको प्रत्यक्ष असर यौन जीवनमा पर्छ भन्ने तथ्य एउटा अनुसन्धानमा देखिएको छ । के–के हुन् ती पाटोहरु ? जसले यौन जीवनमै ह्रास निम्त्याइरहेको हुन्छ ?
१. कफीकतिपय मानिस कफीको लतमा हुन्छन् । निन्द्रा भगाउने प्रकृतिको कफीले पनि तपाईंलाई फ्रेस महसुस नगराउन सक्छ । त्यसो भए बुझ्नुहोस् कि, तपाईंको दिमागमा कैफिन (कफीमा पाइने तत्व)को मात्रा बढी भई सकेको हुन्छ । यसले तपाईंको यौन जीवनमा सोझै नकरात्मक असर पु¥याउन सक्छ ।
२. मसालेदार खानासुगन्धित तथा मसालेदार खानाले तपाईंको प्रजनन् अंगमा दुर्गन्ध बढ्न सक्छ । मसालेदार खाना मात्र होइन कफी, प्याज, लसुन पनि यौनाङ्गका दुर्गन्धका कारण बन्न सक्छन् । यसले पनि यौन अनिच्छा हुन सक्दछ ।
३. बेकरीका खानाबेकरीबाट उत्पादित खानाः कुकिज, बिस्कुट बढी खानाले यौन जीवनमा पनि असर पर्छ । बेकरीका परिकार बनाउने क्रममा प्रयोग हुने स्ट्रिप्सले यौन इच्छा बढाउने तत्व नष्ट पार्छ । गहुँ पिसेर मैदा बनाइन्छ । त्यो क्रममा चारभागमध्ये तीन भाग जिंक नष्ट भइसकेको हुन्छ । जिंक यौन क्षमताका लागि महत्पूर्ण खनिज हो ।
४. औषधिडिप्रेसन, पेन किलर र गर्भनिरोधक चक्कीले पनि यौन क्षमतामा ह्रास पु¥याउँछ । यौन इच्छामै नकरात्मक असर पार्छ ।
५. वनस्पति घ्यूसस्तो वनस्पति घ्यूबाट बनेका खानाले शरीरका धमनी अवरुद्ध गर्न सक्दछ । अनि यौनाङ्गको रक्तसञ्चारमा असर पुग्छ र यौन क्षमतामा ह्रास आउन सक्छ ।
६.कोलाबजारमा पाइने ‘सफ्ट ड्रिक्स’का रुपमा विभिन्न प्रकारका ‘कोला’ उपलब्ध हुने गर्दछ । तपार्इंलाई अन्दाज पनि नहुन सक्छ कोला तपार्इंको यौन क्षमताका लागि कति हानिकारक हुन सक्छ भनेर । कोलामा कृतिम स्वीटनर्स हुन्छन्, जसले सेरोटानिन लेबलको मात्रालाई असर पु¥याउँदछ । सेरोटानिन एक प्रकारको हेप्पी हार्मोन हो र अनुसन्धानकर्ताका अनुसार यसको प्रत्यक्ष सम्बन्ध यौन इच्छासँग हुन्छ । शरीरमा यो हर्मोनको मात्रा बढी भए यौन इच्छा कम हुने गर्दछ ।
७. सलगमजुन मानिसमा टेस्टोस्टरोन हर्मोनको मात्रा कम हुन्छन् । उनीहरुले सलगम खानुहुन्न । सलगमले यौन क्षमतामा नकरात्मक असर पु¥याउँछ ।
८. चिनीअत्यधिक चिनी खाँदा रगतमा चिनीको मात्रा बढ्न गई यौन इच्छामा कमी आउँछ ।
९. मदिराजन्य पेयहाम्रो कलेजोमा हुने हर्मोनले मेटाब्लाइजिंङ्गको काम गर्दछ । यदि कलेजो कमजोर भए एण्ड्रोजेन आस्ट्रोजनमा असर पु¥याउँदछ । जसले यौन क्षमतामा नकरात्मक असर पर्छ । अनुसन्धानकर्ताका अनुसार अत्यधिक रक्सी सेवनले पुरुषहरुको स्खलनमा असन्तुलन सिर्जना हुन्छ । पुरुषमा मात्र होइन महिलामा अत्यधिक मादक पदार्थ सेवन गर्नाले प्रजनन क्षमतामा पनि नकरात्मक असर पुग्छ । त्यसैले लामो समयसम्म यौन क्षमताका लागि रक्सीबाट टाढा रहनु उत्तम हुन्छ ।
१०. प्लास्टिक प्रयोगप्लास्टिकको सट्टा स्टिल वा सिसाको भाँडामा खाना खाने गर्नुहोस्, बोतल बन्द भएका पानी पनि समस्याका कारण हुन् । प्लास्टिकको बोतलमा बन्द भएका पानीमा ए–बिपिएल रसायनको मात्रा पाइन्छ । जसले पुरुष तथा महिला दुवैको प्रजनन् क्षमतामा ह्रास पु¥याउँछ । (एजेन्सीहरुको सहयोगमा)