मिना बुढाथोकी
सल्यान । सुत्केरी बेथा लागेर सुत्केरी हुन जिल्ला अस्पताल सल्यान आएकी २३ वर्षीया अमृता बुढाथोकीको पेटमा रहेको बच्चा उल्टो भएपछि तत्काल शल्यक्रिया गर्नु पर्ने अवस्था आयो । तर जिल्लामा शल्यक्रिया गर्ने चिकित्सक नहुंदा उनलाई दाँग रेफर गर्नु पर्यो ।
केही साता अघि सम्म यस कार्यालय बाट सबैले सजिलै पाउँदै आएको सेवा प्रभावित हुंदा यहाँ बाट सेवालिने सेवाग्राही सेवाबाट वन्चित भएका छन् । जिल्ला अस्पताल सल्यानमा चिकित्सक नहुँदा शल्याक्रिया सेवा अवरुद्द भएको हो । अस्पतालमा चिकित्सक अभावका कारण विगत दुई हप्ता देखी शल्यक्रिया सेवा प्रभावित हुँदै आएको होे ।
अस्पतालमा सुरक्षित मातृत्व गराउन निक साइमन नामक संस्थाले पठाएका डाक्टर डाक्टर प्रदीप शर्माले शल्यक्रिया सेवा दिंदै आएकोमा कात्तिक १४ गते देखी उनको समयावधी सकिएको र नयाँ चिकित्सक पनि नभएकाले सेवा प्रभावित भएको अस्पताल स्रोतले जनाएको छ ।यस अवधिमा अस्पतालमा सेवा लिन आएका विभिन्न प्रकारका शल्यक्रिया गर्नु पर्ने अवस्थाका २५ जनाविरामी लाई दाँग रेफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख अर्जुन बुढाले बताए ।
‘विगत दूई साता यता अस्पतालमा सुत्केरी हुन आएका मध्ये ५ जना शल्यक्रिया गर्नु पर्ने अवस्थाका महिलाहरुलाई समेत दाँग रेफर गर्नु पर्यो डाक्टर बुढाले भने,अहिले यस सम्बन्धी चिकित्सक नहुँदा विरामीलाई त्यसै सास्ती खेप्नु परेको छ ।’ महिलाहरुलाई शल्यक्रिया गर्नु परेमा छिमेकी जिल्लाहरुमा रेफर गर्नु पर्ने बाध्यता रहेको कार्यालय प्रमुख बुढाले बताए । यस अघि जिल्ला अस्पताल बाटै सेवा लिंदै आएका सेवाग्राहीलाई शल्यक्रिया सेवा प्रभावित हुँदा निकै समस्या हुने गरेको उनको भनाई छ ।
‘पहिले हामीले यसै अस्पताल बाट शल्यक्रिया सेवा दिने गरेक थियौं तर अहिले चिकित्सकको अभावमा सेवा दिन सकेका छैनौं उनले भने,यहाँ आएका बिरामीलाई अन्य स्थानमा रेफर गर्नु पर्दा विरामीले दुख पाउने गरेको दैखदा म समेत दुखी भएको छु ।’ जिल्लाका बिभिन्न ठाँउहरुमा रहेका स्वास्थ्य संस्थाहरुले शल्यक्रिया गर्नुपर्ने बिरामीहरुलाई जिल्ला अस्पतालमा पठाउछँन् । तर पनि जिल्लामा शल्यक्रिया गर्ने चिकित्सक नहुदा महांगो शुल्क तिरेर जिल्ला बाहिर जान बाध्य भएका छन् ।
पहिले जिल्ला अस्पतालमा शल्यक्रिया गर्ने डाक्टर हुदाँ बिरामीहरुले सजिलै सँग उपचार सेवा पाउदैँ आएका थिए । चिकित्सक नहुदा समस्या भएको छ, हामीले यहाँका बिरामीहरुलाई दाङ्गमा रिफर गर्दै आएका छौँ प्रमुख बुढा मगरले बताए । उनले जिल्लामा चिकित्सक आउने क्रममा फेरी पनि डाक्टर प्रदिप शर्मानै आउने या नआउने बिषयमा निश्चित नभएको बताए । साथै उनले अबको एक महिना भित्रमा नै चिकित्सक आउने र शल्यक्रिया सेवा पुन शुरु हुने जानकारी पनि दिएका छन् ।