(अमेरिकामा रहेको शंकर बिसी फर्किएका छन् । उनी जनता टेलिभिजन आए, जनता समाचार डटकमका संयोग नेपालसँग खुलेर कुराकानी गरे । यसरी आफ्ना योजना सुनाए ।)
शंकर बिसी नेपाली कलाकारितामा स्थापित नाम हो । दुई दशकदेखि कलाकारितामा सक्रिय नृत्य निर्देशक बिसीले ४ हजार ५ सय भन्दा धेरै भिडियोमा नृत्य निर्देशन गरिसकेका छन् । २०५१ मा नेपालगञ्जबाट काठमाडौं आएका बिसी लोक गीतसंगीतका म्युजिक भिडियोको पर्याय नै भन्दा फरक पर्दैन ।
कोरस हुँदै निर्देशकसम्मशुरुवातमा चलचित्रका गीतमा ‘कोरस’मा काम गरेका शंकर पछि सहायक निर्देशक बने । मोडलका रुपमा मात्रै काम गर्ने हिसाबले कलाकारिता क्षेत्रमा छिरेका शंकरलाई कृष्ण फिल्म्सबाट म्युजिक भिडियो निर्देशन गर्ने अफर आयो । पहिलो गीत निर्देशन गर्नेक्रममा मनमा केही डर भए पनि उत्साह पनि उत्तिकै थियो । नृत्य क्षेत्रमा आउनुअघि शंकरले बिजुली बजारको डाइमण्ड डान्स इस्टिच्युटमा नृत्य निर्देशक कमल राईसँग नृत्य सिके ।
विवादित ढाडे बिरालोलोकदोहोरी गीतसंगीतको भिडियोमा विकृति र विसंगति बढेको देख्दा शंकर आफैँ दुःखी छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पदाधिकारीसमेत रहेका शंकर लोकदोहोरी गीतमा बढेको विकृति जरैबाट उखेल्नु पर्नेमा जोड दिन्छन् । ‘हामी भेषभूषा र गीतमा बोलिएका शब्दमा सचेत हुनुपर्छ,’ शंकर भन्छन्, ‘सेन्सर बोर्ड लागु नभएर पनि यस्तो प्रवृत्तिले बढावा पाइरहेको छ ।’ आफू आवद्ध लोक तथा दोहोरी गीत प्रतिष्ठानले पनि कलाकारलाई विकृतियुक्त गीत नबनाउन आग्रह गरिरहेको शंकरको भनाइ छ । उसो त शंकरले नै निर्देशन गरेको एउटा गीत खुब विवादित बन्यो । तीजका सन्दर्भमा आएको ‘ढाडे बिरालो’ बोलको गीत विवादित बनेपछि शंकरले माफीसमेत माग्नुप¥यो । अहिले समेत त्यो गीतका विषयमा कुरा उठ्दा शंकरले पहिले नै माफी माग्छन् । ज्योति मगरको अभिनय रहेको ‘ढाडे बिरालो’ गीतको भिडियोमा ओभर ड्रेसअप भएको शंकर स्वीकार्छन् ।
बनाउँदै विश्व कीर्तिमानःसंसारमा एउटै मान्छे कति गीतमा नाच्न भ्याउछ ? कति गीत निर्देशन गर्न भ्याउँछ ? आफूले अभिनय गरेका गीत निर्देशन गरेर हजारौँ गीतमा गरेको मेहेनत गिनिज बुकमा लेखाउन अभिनय र निर्देशन गरेको प्रमाण जुटाउँदैछन् । गिनिज बुकमा नाम लेखाउने तयारीमा छन् । विश्व रकेर्डका लागि शंकरले ३ हजार गीत पठाइसकेका छन् । उनले पठाएका गीत त्यहाँका अधिकारीले हेरिरहेको शंकर बताउँछन् । ‘मैले पहिलो पटक ७ सय गीत पठाएँ, दोश्रोपटक पनि ७ सय गीत पठाएँ ।’ शंकर थप्छन्, ‘उनीहरुले अहिले यहाँका कम्पनी र सिनियर कलाकरको बाइट पठाउन भनिरहेको छ, त्यो पठाउनुपर्ने छ ।’ धेरै गीत हेर्न पर्ने भएकाले यसको विश्व रेकर्ड राख्न अलि लामै संघर्ष गर्नुपर्ने शंकरको अनुभव छ ।
फिल्ममा कोरियोग्राफीसंख्या गन्ने हो भने उनले ९२ वटा फिल्मका गीतमा कोरियोग्राफी गरेका छन् । शुरुमा सगुन श्रेष्ठ, सम्झना बुझाथोकीलगायत साथी मिलेर चलचित्र बेरोजगार पनि बनाए । त्यो समय निकै राम्रो विषयबस्तु छानेर फिल्म बनाइएको भए पनि फिल्मले सोचेजस्तो सफलता पाएन । उनलाई फिल्मका गीत कोरियोग्राफी गर्ने अफर भने आइरहे । निकै चर्चित सुर्केथैली, फस्ट लभ, रावण, अन्दाज, बितेका पल, लंका, मेरो जीवन साथीलगायत उनले कोरियोग्राफी गरेका दर्जनौँ सिनेमाका गीत सुपर हिट भएका छन् ।
अमेरिका बसाइ६ महिनाअघि अमेरिका गएका शंकर बिसी हालसालै नेपाल पर्किएका छन् । श्रीमती र छोरी अमेरिकामै बसोबास गर्दै आएकाले पनि शंकर बेलाबखत अमेरिका गइरहन्छन् । तर यसपटक भने उनी निकै लामो समय अमेरिका बसे । किन बसे लामो समय अमेरिका ? शंकर भन्छन्, ‘यो पटक म हिपहप डान्स सिक्दै थिएँ । त्यसकारण पनि ढिला भएको हो ।’ हिपहप डान्स सिकेपछि अब शंकर लोकगीत र चलचित्रका गीतसँगै हिपहप गीतको पनि निर्देशन गर्ने सोचमा छन् । हिपहप गीत सिके पनि लोकदोहोरी र अन्य गीत निर्देशन गर्न नछाड्ने शंकर बताउँछन् । शंकरकी श्रीमती एवम् गायिका निशा सुनार अमेरिकामै छिन् । उनी आगामी फागुनमा नेपाल आउँदैछिन् ।
विवादशंकर विसी विवादबाट टाढै रहने कलाकार हुन् । आजसम्म उनीसँग सङ्गत गरेका व्यक्तिले उनलाई गौप्राणी भन्छन् । विरलै रिसाउने शंकर लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको राष्ट्रव्यापी प्रतियोगिता आयोजनाक्रममा एकजना युट्युबरसँग रिसाए ।
शंकर बिसी त्यसरी रिसाएको दृष्य बाहिर आएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भयो । पछि युट्युबर र शंकरको मिलापत्र त भयो तर पनि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको जातीयता जोडेर आरोप लगाइरहे । त्यो विवाद नियतवश भएको विवाद थिएन तर पनि उनले निकै गाली खानुपर्यो । त्यस किसिमको विवादमा कहिल्यै फस्न नपरोस् । उनी अचेल निकै सजग रहन्छन् ।
कलाकारितामा शोषणःकलाकारितामा शोषणको कुरा नयाँ होइन । पुराना कलाकारले नयाँ कलाकारलाई शोषण गरेको कुरा चलिरहँदा मोडलिङ क्षेत्र पनि यो कुराबाट अछुतो छैन । हरेक क्षेत्रमा शोषण हुनु गलत रहेको शंकरको भनाइ छ । आफूले कसैलाई पनि शोषण नगरेको उनी बताउँछन् ।
अबको योजनाःभर्खरै अमेरिकाबाट फर्किएका शंकरको अबको सोच कोरियोग्राफी नै हो । उनले भक्तपुरमा सुटिङ स्टुडियो खोलेका छन् । सोही स्टुडियोलाई अझै बिस्तारित रुपमा अघि बढाउने शंकरको योजना छ ।