काठमाडौं । कलाकारिता क्षेत्रमा आफ्नो कलाभन्दा नग्नता बेच्नेहरुको संख्या पछिल्लो समय ह्वात्तै बढेको छ । कलाकारिता क्षेत्रमा लागेको बिभिन्न कलाकारहरुले नग्नता बेच्नेक्रम बढेसँगै नेपाली कलाकारिता क्षेत्रमा मौलिकता हराउँदै गएको भन्नको लागि एक सेकेण्ड पनि कुरिरहनु पर्दैन । नग्नता बेच्ने कलाकारहरुमा ज्योति मगर, अर्चना पनेरु, तिर्सना बुढाथोकी, लगायतका कालकारहरु पर्छन् ।
आफूलाई रक गायिका ठान्ने सरस्वती लामाकोे नाम जति पवित्र छ, उनको गतिविधि उत्तिकै छाडा छ । स्टेजमा गीत गाउन पाए आफूले लगाएका छोटा र पारदर्शी कपडासमेत फुकाल्न तयार हुने सरस्वतीका गीत हेर्न र सुन्नभन्दा उनको शरीर हेर्न उच्छृंखल युवाको भीड लाग्छ । सरस्वतीलाई आफ्नो तन र नितम्ब देखाउने छाडापन प्रदर्शन गर्न भ्याइनभ्याई छ ।
गायिका तथा मोडल लक्ष्मी आचार्य अहिले सामाजिक सञ्जालमा निकै चर्चित छिन् । केही समयअघि ‘शुक्रबार साप्ताहिक’मा नांगिएर कुकुर बोकेको फोटो छापिएपछि उनको चर्चा अझ चुलिएको हो । फोटोमा लक्ष्मीले कुकुरको सहायताले आफ्ना गोप्य अंग छोपेकी छन् । स्वरभन्दा नग्नता प्रदर्शनमा विश्वास राख्ने लक्ष्मीलाई छोटा कपडा लगाएकै कारण स्टेजमा रुचाइने गरेको छ ।
पोर्नस्टार बन्ने सपना बोकेर राधजानी छिरेकी पात्र हुन्न्, अर्चना पनेरु । कञ्चनपुरको भाँसी स्थायी घर भएकी उनी अहिले मुम्बई पुगेकी छन् । आमा सुनिताको सहयोगमा उनले केही समयअघि पोर्नस्टारको अभ्यास भन्दै नग्न तस्बिर खिचेर सार्वजनिक गरेकी थिइन् । नग्न तस्बिर सार्वजनिक गरेपछि अश्लीलता फैलाएको आरोपमा प्रहरीले आमाछोरीलाई नै पक्राउ गरेको थियो । प्रहरीको फन्दाबाट छुटेपछि पनि आमाछोरीले पोर्नस्टार बन्ने सपना कुनै पनि हालतमा पूरा गर्ने बताउँदै आएका छन् । केही चलचित्र तथा म्युजिक भिडियोमा अभिनय गरेकी अर्चनाको कलाभन्दा नग्नता नै बिक्दै आएको छ । उनले आफ्ना नग्न भिडियो युट्यबु र फेसबुकमा राख्दै आएकी छन् ।
नग्नता प्रदर्शन गरेर निकै चर्चामा आएकी अर्की पात्र हुन् ज्योति मगर । छाडा शब्द प्रयोग गर्दै दोहोरी गाउन खप्पिस ज्योति दर्शकको मागअनुसार स्टेजमै कपडा खोल्नसमेत पछि पर्दिनन् । मेला महोत्सवमा युवापुस्ता उतार्न आयोजकले उनको माग गर्ने गरेका छन् । विभिन्न समयमा गरेका हर्कतका कारण उनी चर्चामा आउने गरेकी छन् ।
तिर्सना बुढाथोकी बाथरुममा नुहाएको फोटोदेखि भिडियोसम्म सामाजिक सञ्जालमा पोस्ट गर्ने तिर्सना अहिले अमेरिकामा छिन् । अमेरिका बसेर फेसबुकमार्फत अश्लि हर्कत गरिरहेकी तिर्सना आफूलाई ‘हट एन्ड सेक्सी मोडल’ भन्न रुचाउछिन् ।
सबै तस्बिरहरु हामीले गुगलबाट लिएका हौँ । –सम्पादक