काठमाडौं । हरेक दिन कहीँ न कहीँ फेशन शो, सांगीतिक प्रतियोगिता, अवार्ड, अडिसन, सुन्दरी स्पर्धा, बिभिन्न खेलहरु भइरहेका हुन्छन् । रेड कार्पेटमा सेलिब्रेटीहरुको परेड नै हुन्छ भने मैदानमा खेलाडीहरु जीतको लागि लडिरहेका हुन्छन् । शनिबार संसारका विभिन्न देशमा भएका विविध कार्यक्रममा देखिएका खेलाडी र सेलिब्रेटीहरुको तस्बिरलाई सिन्ह्वा, एपी, एएफपीले यसरी प्रस्तुत गरेको छः
स्पेनिस नायिका पेनेलोप क्रुज ‘जर्मनी इंटरटेनमेन्ट बेम्बी अवार्ड’मा अवार्ड पाएपछि तस्बिरः एएफपी
‘जर्मनी इंटरटेनमेन्ट बेम्बी अवार्ड’मा अवार्ड पाएपछि चुम्दै ब्रिटिस गायिका डुवा लिपा तस्बिरः एएफपी
स्पेनिश अभिनेत्री पेनेलोप क्रुज र इटालियन अभिनेत्री सोफिया लोरेन तस्बिर खिचाउन पोज दिदैँ तस्बिरः एएफपी
रसियाको राजधानी मस्कोमा जारी रोस्टेलिकम कप २०१८ मा स्वीट्जरल्याण्डकी एलेक्सिया प्यागनिनि फिगर स्केटिङको लागि प्रस्तुती दिदैँ तस्बिरः सिन्ह्वा
अमेरिकाकी न्याथेन ब्राथोमोमे रसियाको राजधानी मस्कोमा जारी रोस्टेलिकम कप २०१८ मा दिएको फिगर स्केटिङ पस्तुती तस्बिरः सिन्ह्वा
रसियाको राजधानी मस्कोमा जारी रोस्टेलिकम कप २०१८ मा रसियाकै एलिना जागिटोभा प्यागनिनि फिगर स्केटिङको लागि प्रस्तुती दिदैँ तस्बिरः सिन्ह्वा