काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको आगामि मंसिर २८ गते हुने निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध प्रोग्रेशिभ ईन्जिनियरिङ एसोशिएसनका तर्फबाट प्रदेश नम्बर १ को उम्मेदवारी घोषणासभा मोरङको विराटचोकमा सम्पन्न भएको छ ।
नेकपा केन्द्रीय कमिटी सदस्य विनोद ढकालको प्रमुख आथित्यमा सम्पन्न सभामा नेकपा केन्द्रीय कमिटी सदस्य गोपी अछामि तथा प्रदेशसभा सदस्य राजकुमार ओझा विशिष्ट अथिति रहनुभएको थियो । कार्यक्रममा नेपाल ईन्जिनियर्स एसोसिएसनका केन्द्रीय समिति अध्यक्ष पदका उम्मेदवार प्राडा त्रिरत्न बज्राचार्य, महासचिव पदका उम्मेदवार छवि पोखरेल, उपमहासचिव पदका उम्मेदवार कपिल आचार्यले उम्मेदवारीको औचित्य माथि प्रकाश पार्नु भएको थियोे । कार्यक्रममा आफ्नो मन्तव्य राख्दै अध्यक्षका उम्मेदवार प्राडा त्रिरत्न बज्राचार्यले आम ईन्जिनियरहरूको साझा संस्थाको रूपमा नेपाल ईन्जिनियर्स एसोसिएसनलाई विकास गरिने र ईन्जिनियर कोष, ईन्जिनियर हाईड्रो, स्टाफ कलेज, रोजगार केन्द्र आफ्नो प्राथमिकता रहेको बताउनु भयो ।
उक्त घोषणा सभामा बोल्नुहुदै प्रदेश नम्बर १ का सभापति पदका उम्मेदवार ई. ढकेन्द्र बमले सम्पुर्ण ईन्जिनियरहरूको भावना अनुसार केही नयाँ काम गरेर देखाउने र प्रदेश नम्बर १ मा रहनुभएका सम्पुर्ण ईन्जिनियरहरूलाई प्रदेश नम्बर १ को विकासमा निस्वार्थ सहयोगीको रूपमा योगदान पुर्याउने वातावरण तयार गर्नुका साथै ईन्जिनियरहरूको पेशागत हकहितका लागि आफु र आफ्नो टिम सधै अग्रपंक्तिमा उभिने समेत बताउनु भएको थियो । सभापति पदका उम्मेदवार बमले नेपाल ईन्जिनियर्स एसोसिएसनलाई सबै ईन्जिनियरहरूले आफ्नो हक हितका लागि काम गर्ने छाता संगठनका रूपमा सम्झिने गरी विकास गर्ने समेत बताउनु भएको थियो ।
कार्यक्रममा केन्द्रीय सदस्य पदका उम्मेदवार छवि अधिकारी, सुगन्ध सुवेदी, दिलिप बि.क., शिव चापागाईं र देबेन्द्र पौडेलले समेत परिचयात्मक मन्तव्य राख्नुभएको थियो । प्रदेश नम्बर १ निर्वाचन परिचालन समिति संयोजक दिलिप पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अनेरास्ववियु केन्द्रीय कमिटी सचिव भास्कर खडका, पिन केन्द्रीय कमिटी सदस्य संजिब रोका, प्रदेश सांसद राजकुमार ओझा, नेकपा केन्द्रीय कमिटी सदस्य गोपि अछामि ले समेत शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियोे ।
कार्यक्रम लाई सम्बोधन गर्नु हुदै प्रमुख अथिति बिनोद ढकालले समृद्ध नेपालको प्रमुख शक्ति ईन्जिनियर भएकाले प्राबिधिकहरूलाई अब देश निर्माणमा निश्वार्थ लाग्न समेत आवहान गर्नुभयो । उहाँले नेपालमा अब ठुला परियोजना को शुभारम्भ भएको हुँदा ईन्जिनियरहरूसंग पार्टी र आम जनताको ठुलो अपेक्षा रहेको बताउनु भयो । कार्यक्रमको संचालन रोशन भट्टराईले गर्नुभएको थियो भने कार्यक्रममा प्रदेश नम्बर १ अन्तरगत विभिन्न जिल्लाबाट २०० जना ईन्जिनियरहरूको सहभागिता रहेको सभापति पदका उम्मेदवार ई. ढकेन्द्र बमले जानकारी दिनुभएको छ ।