काठमाडौं । खुमलटास्थित पुष्पकमल दाहाल प्रचण्ड निवास । एक मात्र छोरा होइन, नेपाल कम्युनिष्ट पार्टी माओवादी हुँदै माओवादी केन्द्र अनि नेपाल कम्युनिष्ट पार्टी केन्द्र बन्ने प्रहरमा अध्यक्ष प्रचण्डको सचिवालयको कमाण्ड सम्हालिइरहेका छोरा प्रकाशको प्रथम स्मृति सभा ।https://www.youtube.com/watch?v=hgq7BnOsNhc&t=10s
अघिल्लो वर्ष यही दिन झापामा एमाले अध्यक्ष केपी ओलीको सभामा सम्बोधन गर्न पुगेका बेला अध्यक्ष दाहालले बिहानै पुत्रवियोग सहनु प¥यो । भन्ने कसलाई । उनले सुनाए उनै ओलीलाई । स्वयम् ओलीलेसमेत पत्याउन सकेनन् । तर नपत्याएर के गर्ने ? सहनै पर्ने पीडा । त्यही पीडाको एक वर्ष अर्थात् प्रकाश प्रथम स्मृति सभा । आँशुले भिजेका परेलीहरु लुकाउँदै छोरी रेणु र गंगा आमा सीतालाई मञ्चमा लैजाँदै थिए ।
उपराष्ट्रपति नन्दबहादुर पुन अनि प्रधानमन्त्री केपी ओलीको आगमनपछि कार्यक्रम शुरु भयो । कार्यक्रमका अध्यक्ष स्वयम् प्रचण्ड थिए । प्रधानमन्त्रीले प्रकाशको सम्झना गरे, प्रचण्ड परिवारलाई सहानुभूति दिए । बोल्ने पालो आयो प्रचण्डको ।
प्रकाशको मृत्युको अकल्पनीय खबरसँगै झापाबाट काठमाडौँ, नर्भिक अस्पताल अनि पेरिसडाँडा र आर्यघाटसम्मको सम्झना गर्दै गर्दा प्रचण्डले भन्नुभयो, ‘जनताको सहानुभूति नभएको भए मेरो परिवार विघटन भइसक्थ्यो, तपाईंहरुको मायाले बाँचेका छौँ ।’ प्रचण्ड हिक्कहिक्क हुनु भयो, रुनु भयो । माहौल अर्कै भयो ।
https://www.youtube.com/watch?v=hgq7BnOsNhc&t=10sआमा सीताको बेहाल थियो । बिरामी हुनुहुन्छ । मञ्चमा बस्दा पनि अस्वाभाविक ढंगले टोलाउने, आगन्तुकलाई एक तमासले हेर्ने अनि रुने । प्रचण्डलाई सम्हालिन कति गाह्रो भएको थियो । सहजै अनुमान गर्न सकिन्थ्यो ।
प्रकाशलाई श्रद्धाञ्जलि दिन जाँदा सीता आत्तिनु भयो । केही बोल्न खोज्न भयो । छेउकै पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्झाउनु भयो । आमाको बेहाल देखेर बेलाबेला छोरी रेणु र गंगा ‘ममी–ममी’ भनिरहेका थिए ।https://www.youtube.com/watch?v=hgq7BnOsNhc&t=10s
आमा एकप्रकारले बर्बराउँदै रुँदै हुनुहुन्थ्यो । दिदीहरु थामिन सकेका थिएनन् । मन्त्रीसमेत रहेकी प्रकाशपत्नी विना पनि भक्कानिएर रोइन, आँशु थाम्नै सकिनन् ।
कार्यक्रममा रहेकी प्रकाशकी अर्की पत्नी, सिर्जना प्रकाशसँग औपचारिक सम्बन्ध विच्छेद बाँकी नै थियो, उनी पनि निकै भावुक थिइन् । प्रचण्डको सम्बोधन भइरहँदा पत्रकारनजिकैको प्रेक्षालयमा डाँको छोडेर रुँदै थिइन् ।
नेपाली राजनीतिको शक्तिकेन्द्र खुमलटारस्थित प्रचण्ड निवासमा आगन्तुकहरु प्रकाशलाई श्रद्धाञ्जलि दिँदै बाहिरिरहेका थिए तर प्रचण्ड परिवारमा भने आँशु रोकिन सकिरहेको थिएन ।
एउटा अर्कोलाई सम्झाउँदै थिए तर आँशु रोकिन गाह्रो परिरहेको थियो । २०७४ मंसिर ३ गते बिहान हृदयाघात भएर प्रकाशको निधन भएको थियो ।https://www.youtube.com/watch?v=hgq7BnOsNhc&t=10s
https://www.youtube.com/watch?v=hgq7BnOsNhc&t=10s