–शशी थापा पण्डित
काँडाको घेरोभित्र सौंन्दर्य कैद छ युगौयुगदेखिदेखेको छौ नि तिमीले जुनकाँडाको घेरो तोड्न गुलाफ छट्पटाएको त्यो रातको कथाउसका कोमल अंग प्वाल–प्वाल पारिएर रगतपच्छे भईमुनामै निमोठिएकी अंग बोकेर अर्ध मुच्र्छित बाँचेकीछाउघरमै बलात्कृत लीलावतीको कथाजस्तै गुलाफको कथाएउटा सुन्दर पूmलको दर्दनाक कथा
बेरूपी हावा गन्हााएको यो जर्जर बस्तीमासौंन्दर्य नै लुटिने निर्मम युग बाँचेको यो समयमालुटिनै रहन्छन् हरेक पल यहाँ प्रेम फुलाइरहँदा गुलाफ
जीवनको सौदाबाजी गर्नैपर्छ यी कोमल गुलाफहरूले काँडासँगगर्नैपर्छ संघर्ष जीवनले सुगन्ध फैलाउँदार, पनि राख्नैपर्छ हिसाबकिताबको बहिखाता सौंन्दर्य दर्शनको
काँडाको सेना पालेरै फुल्नु पर्छ यी सौन्दर्यहरूलेभ्रममै सही, आहाको सम्मोहनमाके थाहा उसलाई ? काँडाहरूबाटै गुलाफ छियाछिया पारेरमुस्कुराउन नपाउँदै सकिन्छेजसरी सकिएकि थिई मैना सुनुवार ब्याारेकमा
लुटिइरहेछ गुलाफको सौन्दर्य एनकेन प्रकारेण गर्दैचुँडिदै अङ्ग–अङ्ग झर्दै पत्र–पत्रमा अस्तित्वहरूकहालीलाग्दो, अन्धकार भविष्य बोकेर
सौंन्दर्यको सुवास जति राम्रो उति नै छिटो झर्नुपर्नेउति नै भयावह निमोठिनु पर्नेसोध्दैछे सौन्दर्य, युगलाई....?के ऊ लुटिनैका लागि जन्मिने गर्छे हरेक युगमा ?
यो कस्तो बाध्यता हो गुलाफहरूको, गुलाफजस्तै नारीहरूकोगुलाफले जस्तै सौंन्दर्य बोकेरकाँढाको बीचमा फुल्नु परेको नारीहरूका व्यथाहरूजो भविष्यको मिठो कल्पना बोकेर पारी मुग्लान् छिर्छन्र दर्दनाक कथाहरूका शृङ्खला बोकेर फर्कन बाध्य पारिन्छन् ।
– बालाजु